विद्यालयभित्रै गोली प्रहार, दुई विद्यार्थीको मृत्यु

काठमाडौं । विद्यालयभित्र गोली प्रहार हुँदा क्यालिफोर्नियामा दुई विद्यार्थीको मृत्यु भएको छ । विद्यालयमा अध्ययन १६ वर्षीय छात्रले बिहीबार विद्यालयभित्रै गोली चलाउँदा दुईजनाको मृत्यु भएको हो ।

मृत्यु हुनेहरुमा १६ वर्षकी एक किशोरी र १४ वर्षका बालक रहेका छन् । घाइते हुनेहरुमा एक जना १४ वर्षीय बालक र दुईजना १५ वर्षका बालिकाहरु रहेका छन् ।

गोली प्रहारबाट अरु तीनजना विद्यार्थी पनि घाइते भएको समाचारमा जनाइएको छ । गोली प्रहारबाट साथीको हत्या गरेपछि ती किशोर आफैमाथि गोली प्रहार गरी आत्महत्या गर्न खोजेका थिए । गम्भीर घाइते ती किशोरलाई प्रहरीले गिरफ्तार गरेको छ । उनको अवस्था नाजुक रहेको बताइएको छ ।

अमेरिकामा भएका यस्ता घटनाबाट तीन सयभन्दा बढीको मृत्यु भइसकेको छ । विद्यालयमा गोली चलाउनुका कारण भने अझै थाहा हुन सकेको छैन ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

रविन्द्र सिंह ठकुरी बाँके । पुस्तकालयमा युवा भन्दाबढी जागिरबाट रिटायर्ड भएकाहरु र बालबालिकाहरु देखिन थालेका छन् । पछिल्लो समय सामाजिक…

नारायण थापा भक्तपुर । उपत्यकाका विभिन्न महानगर र नगरपालिकाका मेयरहरुले पुर्वाधार विकासका लागि कार्य गर्दै आएको उपत्यका विकास प्राधिकरण खारेजीको…

मेष- धनको सहयोग आउनेछ, आफन्तले माया गर्नेछन् । वृष- साथीभाइ भेटघाट हुनेछ, यात्रामा सुख मिल्नेछ । मिथुन- रोगबाट तनाव मिल्नेछ,…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

समाजको औद्योगिक चेतना, संस्कार र संस्कृतिजस्ता विषयहरुलाई अग्रगामी बनाउँदै लैजानुपर्छ भन्ने हाम्रो स्पष्ट मान्यता छ । यसैका लागि हामीले सानो-सानो…

गोपाल पाठक/विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (मंगलबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार…