२०२० काे युराेकप फुटबल फिनल्याण्डमा

काठमाडौं । फिनल्याण्ड आउँदो वर्ष हुने युरोकप फुटबलका लागि छनोट भएको छ ।
समूह जे मा रहेको फिनल्याण्डले शुक्रबार राति भएको खेलमा लिचेस्टानइनलार्य ३–० ले पराजित गरेसँगै आउँदो वर्ष हुने युरोकपका लागि स्थान पक्का गरेको हो ।
कुनै पनि ठूलो प्रतिस्पर्धामा फिनल्याण्डले स्थान बनाएको यो पहिलो पटक हो । फिनल्याण्डका लागि जेस तुओमिनेनले २१औँ मिनेटमा गोल गरेर पहिलो हाफमा १–० को अग्रता दिलाए । उसका लागि दोस्रो हाफमा स्ट्राइकर तेमू पुक्कीले दुई गोल गरे । ६४औँ मिनेटमा पाएको पेनाल्टीमा व्यक्तिगत पहिलो गोल गरेका उनले ७५औँ मिनेटमा अर्को गोल गरेर टिमलाई ३–० को जित दिलाएका हुन् । यो जितले फिनल्याण्ड आफैले कम विश्वास गरेको युरोकप यात्रा तय भयो, त्यो पनि समूह जे को उप विजेताका रुपमा ।
यो समूहबाट इटालीले यसअघि नै स्थान पक्का गरेको थियो ।