Logo ८ श्रावण २०७८, शुक्रबार


बरगाछीमा दुग्ध चिस्यान केन्द्र स्थापना

सुखिलाल चौधरी
उदयपुर ।  उदयपुरमा एक सामुदायिक वन उपभोक्ता समूहले दुग्ध चिस्यान केन्द्र सञ्चालनमा ल्याएको छ । त्रियुगा नगरपालिका–१ स्थित रामजानकी सामुदायिक वन उपभोक्ता समूहले आफ्ना उपभोक्ता किसानहरुलाई लक्षित गरी बरगाछीमा दुग्ध चिस्यान केन्द्र स्थापना गरेको हो ।

गत कात्तिक २५ गतेबाट ६ लाख ५० हजारको लागतमा वनको आन्तरिक आम्दानीबाट निर्मित चिस्यान केन्द्र सञ्चालनमा ल्याएको रामजानकी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष युवराज खनालले जानकारी दिए । उनका अनुसार सामुदायिक वनको आन्तरिक स्रोतबाट दुग्ध चिस्यान केन्द्र स्थापना भएपछि ६० घरधुरी जंगलमा आश्रित परिवार लाभान्वित भएको बताए । चिस्यान केन्द्रमा दैनिक २ सय ५० लिटर दुध संकलन भएर गाईघाट पठाउने गरिएको अध्यक्ष खनालले जानकारी दिए ।

अध्यक्ष खनालका अनुसार वनमा आश्रित २५ घरधुरीले जीविकोपार्जन पद्धति परिवर्तन गरी दुग्ध व्यवसाय अपनाएको र जीवनस्तर सुधार हुने अपेक्षा गरिएको छ । हरित रोजगारी सिर्जना भई पशुपालक किसानहरु उत्साहित भएको अध्यक्ष खनालले बताए । उनले भने, ‘यसरी वैकल्पिक पेशाको अनुसरणले वन संरक्षणमा पनि सकारात्मक प्रभाव परेको छ ।’ चिस्यान केन्द्र भएपछि दिनरात वन मासेर दाउरा बेचेर गुजारा गर्नु पर्ने बाध्यता हटेको स्थानीय हरेराम चौधरीले जानकारी दिए ।

वनमा दाउरा लिन जाँदा कति खेर वन गस्तीले समाउने डर मात्रै होइन कहिले कहीँ दाउरा बेच्न जाँदा दाउरा बिक्री नहुँदा ज्याला भन्दा कममा बेच्नु पर्ने बाध्यता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडाैं । मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल…

मेष- स्वास्थ्यमा सुधार आउनेछ । शत्रुले आँखा लाउनेछन् । प्रतिष्पर्धाको सामना हुनेछ । वृष- सन्तानको सहयोग मिल्नेछ । यात्रामा बढी…

काठमाडौं । नेकपा एमालेका तेस्रो पुस्ताका नेताहरुले पुनः पार्टी एकता अभियान सुरु गरेका छन् । अध्यक्ष ओली र बरिष्ठ नेता…

काठमाडाैं ।  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । हाल मौसमको अवस्था देशभर…

मेष- पारिवारिक झमेलामा परिनेछ । कार्यमा ढिलापन रहनेछ । मानसिक चिन्ता बढ्नेछ । वृष- काममाजिम्मेवारी बढ्नेछ । नयाँ काममा व्यस्तता…

काठमाडौं । प्रहरीले रेडबुल बिक्रिवितरण गर्ने चार स्टोरमा छापा मारेको छ । काठमाडौंका चार ठाउँमा रहेका पेय पदार्थ रेडबुल स्टोरमा…