Logo ८ असार २०७८, मंगलवार


किन पर्दैन राज्यको नजरमा हरिहरपुरगढी ? (फाेटाेफिचर)

बलवीर भुजेल
सिन्धुली । आधुनिक नेपालको निर्माण गर्न हाम्रा पुर्खाहरुले युद्ध लड्नको लागी स्थापना  गरिएका गढी तथा किल्लाहरुमा राज्यको नजर कमै पुगेको देखिन्छ । पछिल्लो समय त्यस्ता कयौं किल्ला तथा गढीहरु कतै भत्किएका देखिन्छन् त कतै अस्तित्व नै नामेट हुने अवस्थामा छन् ।

देशका विभिन्न भूभागमा पूर्खाहरुले जोडेका त्यस्ता अनुपम ऐतिहासिक धरोहरहरु पछिल्लो पूस्ताले सम्हाल्न सकिरहेको देखिँदैन । सिन्धुली जिल्लामा रहेका ऐतिहासिक गढी तथा किल्लाहरुको अवस्था पनि करिब करिब त्यस्तै छ । त्यसको एउटा उदारहण हो, यहाँको ऐतहासिक हरिहरपुरगढी ।

सदमुकाम र राजमार्गको नजिकै रहेका कारण सिन्धुलीगढीमा २५२ औँ  बिजय उत्सव निकै तामझामका साथ मनाइएपनि हरिहरपुरगढीको संरक्षणमा सरोकारवालाहरु चुप छन् । जिल्लाको सुदुरपश्चिमका नामले चिनिने र मकवानपुर र काभ्रे जिल्लाको सिमानामा रहेको ऐतिहासिक हरिहरपुरगढी विकास र प्रसार–प्रचारको अभावका कारण छायामा परेको छ ।

पुरातात्विक एवं ऐतिहासिक महत्व र पर्यटनको अथाह सम्भावना बोकेको हरिहरपुरगढी ६ सय ९५ वर्ष पुरानो भएपनि समयमै सम्भार नहुँदा र प्रचार प्रसारको अभावमा छायामा पर्दै गएको स्थानीयको गुनासो छ ।

‘हरिहरपुरगढी संरक्षण र प्रर्वद्दन गर्न आफु गाविस अध्यक्ष हुँदा झार उखेलेर सरसफाइमा लागेको र अहिले पनि स्थानीय र प्रदेश सरकार लगायतले चासो दिनुपर्ने र राज्यले चासोका साथ संरक्षण गर्नुपर्ने’ स्थानीय रामबहादुर भोलन बताउँछन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा गढीको ऐतिहासिक महत्व भएपनि संरक्षण अभावले भत्किएर भग्नावशेष मात्र बाँकी रहेको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमको भनाइ छ ।

हरिहरपुरगढी १० औ शताब्दीदेखि नै सिम्नाैनगढ राज्य (हालको बारा जिल्ला केन्द्र) कला, संस्कृति तथा अन्य भौतिक सम्पन्नताले निक्कै महत्वपूर्ण रहेको पाइन्छ । विक्रम संवत १३८१ मा सिम्रौनगढका राजा हरिसिंहदेव रहेको दिल्लीका मुसलमान गयासुद्दीन तुगलकले सिम्रौनगढ राज्यमा भीषण आक्रमण गरेर राज्य ध्वस्त बनाइदिए पछि राजा हरिसिंह देव आफ्नी रानी देवल देवी, राजकुमार र विद्धान मन्त्री चण्डेश्वर सहित उत्तरको पहाडी जंगलमा भागेर आफ्नो ज्यान जोगाउने क्रममा हरिहरपुरगढी आईपुगेका थिए । त्यहि समयमा अहिलेको हरिहरपुरगढीमा सानो किल्लाको निर्माण गरी बस्न थालेकाले उनै हरिसिंह देवको नामबाट हरिहरपुरगढी नाम रहन गएको इतिहासमा उल्लेख छ ।

इतिहास अनुसार हरिहरपुरगढी पनि विक्रम संवत १३८१ ताका निर्माण गरिएको अनुमान गरिन्छ । नेपाल एकीकरणको महाअभियानमा राजा पृथ्वीनारायण शाहले सिन्धुलीगढी सँगसँगै हरिहरपुरगढीमा तीन सय गोर्खा फौंजलाई तैनाथ गरेको किवंदन्ती छ । गढीको सुरक्षाका लागी तत्कालीन माओवादीले सञ्चालन गरेको दशवर्षे सशस्त्र द्वन्द्व तत्कालीन नेपाली सेनाको टुकडी तैनाथ गरेर राखिएको थियो । तत्कालीन सिम्रौनगढका राजा हरिसिंहदेवकै पालामा निर्माण भएको दरवार, किल्ला र त्यहाँ रहेको ऐतिहासिक सामग्रीहरु समेत सबै लोप भएकाले त्यसको पुनः संरचना गरी ऐतिहासिक र पुरातात्विक स्थलको रुपमा विकास गर्नुपर्ने आवश्यकता छ ।

स्थानीय निकाय र राज्य स्वयंले हरिहरपुरगढीको विकासका लागि गुरुयोजना बनाएको सुन्नमा त आएको छ, तर यसको विकासमा अझैसम्म काम हुन नसकेकाे स्थानिय ज्ञानबहादुर राईको गुनासो छ ।

हरिहरपुरगढीको संरक्षण गर्दै यातायातको विकास र यसको ऐतिहासिकता प्रचार गरी पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नसके जिल्लामा आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने देखिन्छ । हाल हरिहरपुरगढीका सबै संरचनाहरु भत्किएकाले त्यहाँ रहेका सामाग्री समेत मासिएका छन् ।

यतिबेला पुनर्निर्माण लागि गाउँपालिकाले डिपीआर तयार गरेको छ र नेपाली सेनाले स्थानीय सरकारसँग मिलेर दरबारको संरक्षण र पुनः निर्माण गर्दा राम्रो हुने सेनाको बर्दबहादुर गणका गणपति राजिव थापाले बताउनुभयो । थापाले सेनाले दरबारमा बसेर अधिकांश युद्ध समाग्रीको प्रयोग गरेकाले त्यसको संरक्षण गर्ने ज्ञान अन्य साधारण मानिसमा भन्दा सेनामा नै बढी हुने उल्लेख गर्नुभयो ।

ऐतिहासिक स्थलको संरक्षण गर्दा त्यसको पहिचान मेटिने खालको वस्तुको प्रयोग नगर्न र ऐतिहासिक हरिहरपुरगढीबाट सिन्धुलीगढी जोड्ने एकिकरण पदमार्गको रुपमा पनि विकास गर्नुपर्ने गणपति थापाको राय छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

कम्पनीकी प्रवक्ता शर्मिला सुवेदीका अनुसार निषेघाज्ञामा गरिएकाे खुकुलाे व्यवस्थाबाट सर्वसाधारणकाे दैनिक जीवनयापनमा सहज भएकाले खाद्यान्नमा गरिएकाे छुटकाे व्यवस्था हटाइएकाे हाे…

यसअघि बागलुङको बडिगाड गाउँपालिका–४ मा विवाह भोज खाएका अधिकांशमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सोही विवाहमा सहभागि एकै परिवारका…

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…

खानपिनको सुख मिल्नेछ । बोलीको प्रभावले काम बन्नेछ । धन सञ्चय हुनेछ ।

काठमाडाैं । वैज्ञानिकहरूले गरेकाे अनुसन्धानबाट दिनमा निद्रा लाग्नुकाे कारण पत्ता लागेकाे छ । यदि दिनको समयका विना कारण धेरै थकाइ…

काठमाडाैं । नेपाल सरकारले संवैधानिक निकायमा गरेको नियुक्ति पुनः बहसको विषय बनेको छ । नियुक्ति गर्दाको समयमा देखिएको विवाद सँगै…