आयोजनालाई असर नपर्ने गरी मुआब्जा लिन आग्रह

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले ठूला आयोजनालाई असर नपर्ने गरी जग्गाको मुआब्जा लिन सम्बन्धित सबै पक्षलाई आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले नागरिकले अनुचित ढंगले जग्गाको मुआब्जा लिने गरेकाले हाम्रा ठूला आयोजनाहरु विलम्ब हुने र महंगो हुने भएकाले त्यसलाई सहज ढंगले अघि बढाउन सहयोग गर्न सबैलाई आग्रह गर्नुभएको हो ।

रसुवा र नुवाकोटमा निर्माण भएको ६० मेघावाटको माथिल्लो त्रिशुली थ्री ए जलविद्युत आयोजनाको सोमबार प्रधानमन्त्री कार्यालयको एक्सन रुमबाट स्विच अन गरेर उद्घाटन गर्दै उहाँले विकास निर्माणको कामलाई सहज ढंगले अघि बढाउन नागरिकहरुले ठूलो आयोजनाको जग्गाको मुआब्जाको मूल्य महंगो बनाउन नहुने स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री ओलीले सरकारले अघि बढाएको आयोजना देश र जनताको हितका लागि भएकाले पनि यसमा धेरै महंगो हुने गरी मुआब्जा लिने काम गर्न नहुने पनि बताउनुभयो । प्रधानमन्त्री ओलीले जनताले अनुचित ढंगले जग्गा मुआब्जाको मूल्य तोकेकै कारण मुलुकको समृद्धिका लागि योगदान पुर्याउने ठूलाठूला जलविद्युत आयोजनाहरुलाई अघि बढाउने काममा बिलम्व भइरहेको बताउनु भयो । उहाँले सो विद्युत आयोजनाले मुलुकमा विद्युत आयात न्यूनिकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेकाे बताउनुभयो ।

प्रधानमन्त्री ओलीले सरकारले उर्जा, कृषि, पर्यटन, उद्योगलगायतका क्षेत्रको विकास गरेर मुलुकलाई सामाजिक न्यायसहितको समृद्धिको दिशामा अघि बढाउन चाहेको  बताउनुभयो । प्रधानमन्त्री ओलीले उद्घाटन गर्नुभएको सो आयोजनाले दिनमा १४ लाख ४० हजार युनिट बिजुली उत्पादन गर्न सक्ने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

खासगरी काठमाडौं उपत्यकाको विद्युत आपूर्तिमा सन्तुलन ल्याउन र हिउँद महिनामा भारतसँग आयात हुने विद्युत न्यूनिकरण गर्न पनि यो आयोजनाले महत्वपूर्ण योगदान पुर्याउनेछ । त्यस अवसरमा प्रधानमन्त्री ओलीले विद्युत आयोजना निर्माण कार्यमा संलग्न सबैप्रति आभार पनि व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

जिल्लामा कोरोनाबाट १ सय ३९ जना निको भई घर फर्किएको गजेन्द्रनारायण सिंह अस्पतालका मेसु डा रञ्जित झाले बताउनुभयो ।

पार्टीको बहुमतले राजीनामा मागिसकेको अवस्था भनेको प्रधानमन्त्रीका लागि ज्यादै  खतरनाक अवस्था हो । यसको सहज अवतरण भनेको कि त राजीनामा…

मेष – सामाजिक काममा प्रशंसा मिल्नेछ । राजनीतिक लाभ हुनेछ ।  ठूलाबडाको साथले काम शुरू हुनेछ । रोजगारीमा अवसर पाइनेछ…

गुल्मी । मुसिकोट नगरपालिकामा मदिरा सेवन गरिरहेका बेला घरमा पहिराृम परेर १ जना बेपत्ता भएका छन् । नगरपालिकाकाको वडा नम्बर…

काठमाडौं । दुई समूहबीचको टकरावका कारण चरम विवाद र अविश्वास झेलिरहेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केही नेताहरु शीर्ष…

काठमाडौं । कोरोना भाइरस संक्रमण तीब्र रुपमा बढे मुलुकको सबै ठाउँ जुनसुकै बेला सिल गरिने भएको छ । सरकारले सिल…