सनराइज बैंकको १ सय २४औँ शाखा इनरुवामा

सप्तरी । सनराइज बैंकले आफ्नो १ सय २४औँ शाखा सप्तरीको इनरुवामा स्थापना गरी सञ्चालनमा ल्याएको छ ।

देशभरका आफ्ना ग्राहकलाई सुलभ सेवा प्रदान गर्ने उद्देश्यका साथ देशभर शाखा विस्तार गरिरहेको बैंकले जानकारी दिएकाे हाे ।

इनरुवा नगरपालिकाका नगर प्रमुख राजन मेहेता र बैंकका प्रमुख कर्यकारी अधिकृत जनक शर्मा पौड्यालले आइतबार संयुक्त रुपमा उद्घाटन गरिएकाे शाखाले एटिएम सेवा पनि सञ्चालनमा ल्याइसकेकाे छ ।

बैंकले कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै आएको बताउँदै आगामी दिनमा पनि कृषि क्षेत्र प्राथमिकतामा रहने प्रमुख कर्यकारी अधिकृत जनक शर्माले बताउनुभयोे ।

हालसम्म सनराइज बैंकले १ सय २४ वटा शाखा, ३८ वटा शाखारहित बैंकिङ सेवा, ८ वटा एक्सटेन्सन काउन्टर र १ सय ४५ वटा एटिएममार्फत करिब ६ लाख ग्राहकलाई सेवा प्रदान गर्दै आएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

पार्टीका विधानमा लेखिएका कुरा पनि समकालीन अर्थराजनीतिका प्रतिविम्ब हुने गर्छ । यसैले राजनीतिक कुरा नै सर्वोपरी हो ।

देशले चारवटा संकट एकैपटक व्यहोर्नु परेकाले चुनौति बढी नै रहेको गृहमन्त्री थापाको भनाइ छ ।

काठमाडौं । भारतीय विभिन्न न्युज टेलिभिजनको नेपालमा प्रसारण रोकिएको छ। विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर(एमएसओं)ले भारतीय न्यूज च्यानलको प्रसारण…

पछिल्लो २४ घण्टामा थप ५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

सवारी साधनले क्षमताकाे पचास प्रतिशत मात्र यात्रु राख्न पाइने निर्णय पनि बैठकले गरेकाे छ ।

घटनामा संलग्न अन्य दुई जनाको खोजी कार्य भइरहेको र घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।