पत्रकारका लागि पशु कल्याण सम्बन्धी कार्यशाला सम्पन्न

इच्छा गुरुङ
मकवानपुर । विश्वमै चर्चित गढिमाई मेला बारा जिल्लामा शुरु हुँदै गर्दा पशु कल्याणको संवेदनशिलतालाई ध्यान दिएर नेपाल प्रेस इन्स्टिच्यटले पत्रकारका लागि २ दिने प्रशिक्षण कार्यशाला सम्पन्न गरेको छ । कार्यशाला यही कार्तिक ३० र मंसिर १ गते प्रदेश ३ को राजधानी हेटौँडामा भएको हो ।

प्रेस इन्स्टिच्युटको आयोजना तथा ह्युमन सोसाइटी इन्टरनेसनल र पशु कल्याण संघको सहकार्यमा कार्यशाला अयोजना भएको हो । खोजपत्रकारिता केन्द्रका अध्यक्ष चन्द्रकिशोर, ह्युमन सोसाइटी इन्टरनेसनलका नेपाल निर्देशक तनुजा बस्नेत, नेपाल पशुु कल्याण संघकी अध्यक्ष स्नेहा श्रेष्ठ, भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ललितपुरका डा. नारायण श्रेष्ठ, मिडिया एक्सपर्ट चुन गुरुङ, नेपाल प्रेस इन्स्टिच्युटका कार्यकारी निर्देशक लक्ष्मण उप्रेती, नेपाल प्रेस इन्स्टिच्युटका उपाध्यक्ष मन्टेश्वरी राजभण्डारीले पशु कल्याण र त्यसमा भएका प्रयास, चुनौती, राज्य तथा सञ्चार माध्यमको भुमिका लगायतका विभिन्न शीर्षकमा प्रशिक्षण दिनुभएको थियो ।

नेपालमै पहिलो पटक आयोजना भएको पशु कल्याण सम्बन्धी कार्यशालामा नेपाली सञ्चार क्षेत्रमा क्रियाशील सातै प्रदेशका पत्रकारहरुको सहभागिता रहेको थियो । पशु कल्याण सम्बन्धी गहन विषय कतिपय अवस्थामा समाजिक सांस्कृतिक र धार्मिक संवेदनासँग जोडिएको र जनचेतनाको अभावका कारण पशुपंक्षीमाथि अमानवीय व्यवहार हुने गरेको विषयमा विभिन्न उदाहरण, तथ्यहरु कार्यशालामा प्रस्तुत गरिएको थियो । पशु कल्याणको हकमा नेपाली संविधानमा उल्लेखित ऐनहरुको कार्यान्वयन नभएको, कारबाही फितलो भएको र राज्य त्यसप्रती गम्भीर नहुदा पशुपंक्षीमाथि अमानवीय व्यवहार बढ्ने गरेको छलफलका क्रममा बताइएको थियो ।

सर्वोच्च अदालतले रोक्ने आदेश दिएको तथा विश्वब्यापी रुपमै विरोध हुँदै आइरहेको गढिमाई मेलामा हुने हजारौँ पशुबली, नेपालगञ्जबाट सुर्खेत लगिदै गरेका सयौँ गाई भीरबाट खसाएको घटना, दिक्तेलमा मेयरकै आदेशमा कुकुरहरुलाई कुटेर मारेको घटना सार्वजनिक भइसकेको अवस्थामा हरेक ५ वर्षमा हुने बाराको गढिमाई मेला यसवर्ष पनि मंसिर १ गतेबाट शुरु भएको छ । मेलामा बलि चढाइने प्रथाको विषयमा पशु अधिकारकर्मीहरुको संस्थाहरुले सम्बन्धित सरोकारवालसँगको पटक पटकको प्रयास, छलफल, जनचेतनामुलक कार्यक्रमहरु पश्चात केही सकारात्मक निर्णयहरु गरेको विषयमा पनि कार्यशालामा छलफल भएको थियो ।

सामाजिक मूल्य मान्यता, धर्म संस्कृति प्रतीको आस्थासँग जोडिएर सदियौँदेखि चल्दै आएको प्रथालाई तत्काल परिवर्तन गर्न नसके पनि निरन्तरको प्रयासले सोचमा परिवर्तन आउन सक्ने भन्दै यसमा देशकै चौथो अंग पत्रकारको भुमिका महत्वपूर्ण रहेको र त्यसका लागि आआफ्नो क्षेत्रबाट जिम्मेवार हुने कार्यशालामा सहभागी पत्रकारहरुले बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको सुरुङको ड्याम फुटेको छ । ड्याम मंगलबार दिउँसो फुटेको हो । ड्याम फुट्दा त्यहाँ कार्यरत…

सप्तरी । जिल्ला भूमिसुधार तथा मालपोत कार्यालय कर्मचारी घुससहित पक्राउ परेका छन् ।  मालपोत कार्यालय नायब सुब्बा कृष्णबल्लभ ठाकुर पक्राउ…

महोत्तरी । जलेश्वर कारागारमा कैदीबन्दी धमाधम बिरामी पर्न थालेका छन् । एकैदिन १ सय ५४ कैदीलाई ज्वरो आएको छ ।…

काठमाडौं । प्रत्येक नाईं श्रमिकलाई लकडाउन अवधिभर प्रतिमहिना २५ हजारका दरले रकम उपलब्ध गराउनु पर्ने मागसहित व्यवसायी आन्दोलित भएका छन्…

सप्तरी । भारतसँग सीमा जोडिएको तिलाठी गाउँ हरेक वर्षझैँ यो वर्ष पनि डुबानमा परेको छ । खाँडोखोलामा आएको बाढीले जिल्लाको…

काठमाडौं । ललिपुरमा एक युवकले युवतीलाई कोठामा पुर्याइदिने बहानामा बलात्कार गरेका छन् । इलाम घर भई ललिपुरको नख्खुमा बस्दै आएका…