देउवाले निष्पक्ष मूल्यांकन गरेनन् :कांग्रेस नेता पौडेल

बसन्त लिम्बू
ताप्लेजुङ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा सभापति शेरबहादुर देउवासँगको विवाद निष्पक्ष मूल्यांकन नहुँदाको विषयमा मात्र भएको बताउनुभएको छ ।

नेपाली कांग्रेस ताप्लेजुङले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले आफू जहिले पनि कांग्रेस एक हुनुपर्छ भन्ने पक्षमा रहेको बताउनुभयो ।

फरक प्रसंगमा उहाँले वर्तमान कम्यूनिष्ट सरकारले बदनामी मात्र कमाएको आरोप लगाउनुभएको छ । चुनाव जितेर पनि विकासको एउटा पनि सिन्को नभाँचेको उहाँको दाबी थियो ।

कम्यूनिष्ट सरकारसँग जनता असन्तुष्ट भएपनि ति असन्तुष्ट जनतालाई कांग्रेसमा ल्याउनु  चुनौती रहेको नेता पौडेलले औँल्याउनुभएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

रविन्द्र सिंह ठकुरी बाँके । पुस्तकालयमा युवा भन्दाबढी जागिरबाट रिटायर्ड भएकाहरु र बालबालिकाहरु देखिन थालेका छन् । पछिल्लो समय सामाजिक…

नारायण थापा भक्तपुर । उपत्यकाका विभिन्न महानगर र नगरपालिकाका मेयरहरुले पुर्वाधार विकासका लागि कार्य गर्दै आएको उपत्यका विकास प्राधिकरण खारेजीको…

मेष- धनको सहयोग आउनेछ, आफन्तले माया गर्नेछन् । वृष- साथीभाइ भेटघाट हुनेछ, यात्रामा सुख मिल्नेछ । मिथुन- रोगबाट तनाव मिल्नेछ,…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

समाजको औद्योगिक चेतना, संस्कार र संस्कृतिजस्ता विषयहरुलाई अग्रगामी बनाउँदै लैजानुपर्छ भन्ने हाम्रो स्पष्ट मान्यता छ । यसैका लागि हामीले सानो-सानो…

गोपाल पाठक/विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (मंगलबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार…