सीमा सुरक्षाको जिम्मेवारी सरकारले पूरा गर्छ

नारायण थापा
भक्तपुर । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेकपाको सरकारले सीमा सुरक्षित गर्ने ऐतिहासिक जिम्मेवारी पुरा गर्ने बताउनुभएको छ ।

आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि नेकपाले सोमबार चाँगुनारायणमा आयोजना गरेको घरदैलो कार्यक्रममा बोल्दै खनालले जनताले सीमा सुरक्षित गर्ने ऐतिहासिक जिम्मेवारी नेकपालाई दिएकाले त्यो जिम्मेवारी ऐतिहासिक रुपमा पूरा गर्ने बताउनुभएको हो ।

उहाँले २१औँ शताब्दीको दोश्रो दशक पार गरिरहँदा पनि हाम्रो देशको सिमाना अंकित हुन नसक्नु विगतका सरकारले यसमा ध्यान दिन नसकेको प्रस्ट भएको भनाइ राख्नुभयो । उहाँले हामी कालापानी, लिपुलेक, लिम्पियाधुराका लागि लडिरहेका छाैँ, सुगौली सन्धिबाट हामीले प्राप्त गरेको भूमि विगतका सरकारले सुरक्षित गर्न सकेनन् अब नेकपाको सरकारले सीमा सुरक्षित गर्ने ऐतिहासिक जिम्मेवारी लिएको र नेकपा सरकार सीमा सुरक्षाको काम ऐतिहासिक रुपमा पुरा गर्न दृढ रुपमा अगाडि बढेको बताउनुभएको छ ।

देशमा प्रशस्त बिजुली र पानी भएर पनि देश अन्धकारमा बस्नु पर्ने अवस्थाको अन्त्य गरी लोडसेडिङ्ग मुक्त देश बनाउँदै सरकारले राष्ट्रव्यापी रुपमा बिजुलीकरण गर्ने योजना अगाडि बढाएको उहाँले बताउनुभयो । सुखी नेपाली, समृद्ध नेपाल बनाउन र हरिशरण लामिछानेको सपना साकार पार्न नेकपाले डिपी ढकाललाई उम्मेदवार बनाएको उहाँले बताउनुभयो । नेकपाले राष्ट्रिय सहमति निर्माण गरेर अगाडि बढेको बताउँदै उहाँले नेकपा नभएको भए राष्ट्रिय सहमति कायम हुनै नसक्ने दाबीसमेत गर्नुभयो ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य एवं पूर्व पर्यटनमन्त्री आनन्द पोखरेलले नेपालको राष्ट्रियताको सुदृढिकरण गर्ने, पार्टी एकिकरणलाई तल्लो तहसम्म पूरा गर्ने र देशलाई आर्थिक समृद्धितर्फ लैजाने जिम्मेवारी नेकपाको सरकारले पूरा गर्ने बताउनुभयो । कार्यक्रममा सांसद एवं पूर्व उद्योगमन्त्री महेश बस्नेतले नेकपाको सरकार र नेकपाको स्थानीय तह आएपछि चाँगुनारायण नगरपालिकाले विकासमा फड्को मारेको बताउनुभयो । नेकपाका केन्द्रीय सदस्य, युवा संघका केन्द्रीय इन्चार्ज समेत रहनुभएका सांसद बस्नेतले नेकपाकै पहलमा चाँगुनारायणमा बीर अस्पताल आएको, २० औँ करोड रुपैयाँ सडक र खानेपानीको क्षेत्रमा आएको, नगरपालिकाले पनि प्रत्येक वडामा करोडाैँको योजना विस्तार गरेको बताउँदै अबको तीन वर्षमा समृद्ध चाँगुनारायण बन्ने बताउनुभयो ।

कार्यक्रममा नेकपाका ३ नम्बर प्रदेश सचिव एवं सांसद रामेश्वर फूँयाल, केन्द्रीय सदस्य एवं चाँगुनारायणका नगरप्रमुख सोम मिश्र, नेकपा भक्तपुर इन्चार्ज एवं केन्द्रीय सदस्य दीलिप प्रजापति, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, नेकपा जिल्ला अध्यक्ष बचन देउजा लगायत नेताहरु समेत जनताको घरघरमा पुगेर नेकपालाई मतदान गर्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

जिल्लामा कोरोनाबाट १ सय ३९ जना निको भई घर फर्किएको गजेन्द्रनारायण सिंह अस्पतालका मेसु डा रञ्जित झाले बताउनुभयो ।

पार्टीको बहुमतले राजीनामा मागिसकेको अवस्था भनेको प्रधानमन्त्रीका लागि ज्यादै  खतरनाक अवस्था हो । यसको सहज अवतरण भनेको कि त राजीनामा…

मेष – सामाजिक काममा प्रशंसा मिल्नेछ । राजनीतिक लाभ हुनेछ ।  ठूलाबडाको साथले काम शुरू हुनेछ । रोजगारीमा अवसर पाइनेछ…

गुल्मी । मुसिकोट नगरपालिकामा मदिरा सेवन गरिरहेका बेला घरमा पहिराृम परेर १ जना बेपत्ता भएका छन् । नगरपालिकाकाको वडा नम्बर…

काठमाडौं । दुई समूहबीचको टकरावका कारण चरम विवाद र अविश्वास झेलिरहेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केही नेताहरु शीर्ष…

काठमाडौं । कोरोना भाइरस संक्रमण तीब्र रुपमा बढे मुलुकको सबै ठाउँ जुनसुकै बेला सिल गरिने भएको छ । सरकारले सिल…