राष्ट्र बैंकका गभर्नर नेपाललाई ‘कुरीकुरी’ (भिडियोसहित)

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा तेस्रो बैंकिङ एक्स्पो–२०१९ सकिएकाे छ । बैकिङ, बीमा र पूँजीबजार प्रदर्शनी नाम दिइएको एक्स्पोको नेपाल राष्ट्र बैंकका गभर्नर डाक्टर चिरञ्जिवी नेपालले उद्घाटन गर्नुभएकाे थियाे । एक्स्पो उद्घाटनका क्रममा डाक्टर नेपालले सहभागिता कम भएकोमा आक्रोश व्यक्त गर्नुभयो । एक्स्पोमा ४८ बैंक, वित्तीय संस्था एवं कम्पनीको मात्र सहभागिता रहेको थियो ।

नेपालीको संस्कारबारे कुरा उठान गर्दै डाक्टर नेपालले भन्नुभयो, ‘सिंगापुरमा खोकी लागेपनि नेपालीले रुमालमा थुक राखेर घरमा ल्याएर फाल्छन् तर त्यै नेपालीहरु यहाँ सबै ठाउँमा थुक्छन् । यो हाम्रो सोचमा परिवर्तन भएन भने जति राम्रो कुरा ल्याएपनि त्यसको असर पर्न धेरै गाह्रो यहिँबाट देखिएको छ ।’

नेपालले बैंकको उपयोग गर्न नजानेर नेपालीहरु विदेशिनु परेको गभर्नर नेपालको भनाइ थियो । गभर्नर नेपालले नाटक, चटक गर्नलाई एक्स्पो आयोजना नगरिएको स्पष्ट पार्दै भन्नुभयो, ‘एक्स्पोमा भाइ, भतिजा, नाती सबैलाई बैंक, वित्तीय संस्थाले सस्तोमा पैसा दिएका छन् भनौं । यसबारे बुझाउनु आवश्यक छ । बीमा, पूँजीबजारबारे जानकारी र आर्थिक क्रियाकलाप बढ्छ । बैंक वित्तीय संस्था ७ सय ५३ ठाउँमा पुग्नुपर्नेमा केही कारणले ७ सय ४१ मा पुगिसक्यो । त्यसो भन्नु त्यहाँ घरघरमा पैसा गएको हो । तर उपयोग गर्दैनन्, टाउकोले टेकेर अझैपनि मरुभूमिका देश जान्छन् ।’ बैंक तथा वित्तिय संस्थाका सबै जानकारीहरु एकैथलोमा पाउने भएकाले यसबाट उद्योगी व्यवसायीहरुले ठूलो लाभ लिन सक्ने उहाँको भनाइ थियो ।

हामीले आफैंबाट आफ्नो देश बनाउने सोच आफैंले बनाउनुपर्ने भन्दै गभर्नर नेपालले भन्नुभयो, ‘दुई वर्ष अगाडि कतारको दोहा बैंकले रिप्रिजेन्टेटिभ अफिसर नेपालमा खोल्यो । होटल हायातमा पूर्वप्रधानमन्त्री, मन्त्रीदेखि बैंकका सिइओ र सबै उच्च पदस्थ हुनुहुन्थ्यो । त्यहाँ दोहा बैंकका सीइओले भाषण गर्दा जतिपनि मुस्लिम देशले नाकाबन्दी गरेर डेढ वर्ष अगाडि देशलाई गाह्रो पारेको बताउनुभयो । हामीलाई नाकाबन्दी भयो त्यसबाट हामीले सिक्यौं । आज हामी कसैको भरमा बाँच्नुपर्ने स्थिति छैन । हामी आफ्नै क्षमताले अगाडि बढेका छौं ।’

दोहा बैंकका सीइओले भाषणका क्रममा उदृत गरेको कुरालाई उल्लेख गर्दै डाक्टर नेपालले भन्नुभयो, ‘त्यस्ता पूर्वाधारदेखि सबै तयार गरेका छौं । नेपाललाई चाहिन्छ भने हामी गाईको दूध बेच्न सक्दछौं । हामीले ४८ हजार गाई अष्ट्रेलियाबाट ल्याएर फार्म बनाएर दूधको उत्पादन शुरु गरिसक्यौं । पाउडर दूधको उत्पादन गरिसक्यौं ।’

उहाँले दोहा बैंकका सिइओको कुराले आफूलाई लज्जित बनाएको भन्दै भन्नुभयो, ‘अरुलाई के–के भयो थाहा छैन, मलाई चाहीँ कुरीकुरी लाग्यो ।’

नेपाललाई अगाडि बढाउन सबैले कम्मर कसेर लाग्नुपर्ने दिन आएको भन्ने डाक्टर नेपालले भन्नुभयो, ‘नेपाल जसमा आकाशमा हेरेर जे छरे पनि उम्रिने ठाउँ छ । यहाँ हरिया मैदान, पहाडसँगै अत्यन्तै उर्वर भूमि छ । जहाँ मरुभूमि केही नहुने देशले एक/डेढ वर्षमा नाकाबन्दीले त्यति विकास गर्यो ।’

कतारको पाठबाट सिकेर पैसाको सदुपयोग गर्दै उद्यमशिलताको विकासमा लागौं भन्दै डाक्टर नेपालले सबैलाई आग्रह गर्नुभएको छ ।

हेर्नुहोस् भिडियोः

प्रतिक्रिया दिनुहोस्
विशेष

उपत्यका भन्दा बाहिरबाट आएर होटलमा बसेका सबै खेलाडी बिहीबार घर फर्किएका छन् ।

बुक बिल्डिङ्ग विधि लागू भएसँगै नेपालमा तीनवटा विधिमार्फत सार्वजनिक निष्काशन हुने भएको छ ।

अहिले बैंकिङ प्रणालीमा यसै पनि निक्षेप बढी र कर्जाको माग कम हुँदा अधिक तरलता देखिएको छ ।

काठमाडौं । नेपाल प्रेस यूनियनले पत्रकार बलराम बानियाँको मृत्युबारे गहिरो अनुसन्धान गर्न माग गरेको छ । यूनियनले बुधबार शोक विज्ञप्ति…

तनहुँ ।  समुदायकामा कोरोना पुष्टि भएपछि देवघाट गाउँपालिका एक साताका लागि सिल गरिएको छ । कोरोनाको जोखिम न्यूनीकरणका लागि गाउँपालिकाले…

फाइल तस्बिर मुगु । छायाँनाथ रारा नगरपालिकामा जिप खस्दा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा १० जना घाइते भएका…