Logo मंसिर १७, २०७७ बुधबार


अभि जिसीको ‘जाली माया’ सार्वजनिक (भिडियाेसहित)

काठमाडौं । अभि जिसीको स्वरमा रहेको गीत ‘जाली माया’ सार्वजनिक भएको छ । अभिकै शब्द/संगीत र योगेश काजीको संगीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

किशन अर्याल ‘कृष्ण’को निर्देशन रहेको गीतको भिडियोमा रोहित जिसी र रविना भण्डारीको अन स्क्रिन रोमान्स रहेको छ । मुकेश हुमागाईंको छायाँकन रहेको भिडियोलाई प्रकाश एसकेको सम्पादन गरेका छन् ।

गीत जति राम्रो छ गीतको भिडियो पनि उत्कृष्ट बनेको छ । केही चलचित्रमा सहायक निर्देशन र विभिन्न म्युजिक भिडियोमा निर्देशन गरेका किशनले यो म्युजिक भिडियोमा राम्रो बनाउने प्रयास गरेको बताउँछन् ।

मोफसल रुपन्देहीको मुर्गियामा रहेर गीत संगीतमा सक्रिय रहेका अभीको सार्वजनिक यो पहिलो गीत हो । ‘हामीले एउटा राम्रो गीत स्रोता/दर्शकमाझ पस्किने प्रयास गरेका छौ, सबैको माया पाउँनेमा आशावादी छौ’, अभीले भने ।

प्रतिक्रिया दिनुहोस्
विशेष

निर्णय प्रक्रियामा मत राख्ने स्वतन्त्रता र निर्णय कार्यान्वयनमा एकरूपता हुने विधानमा प्रष्ट उल्लेख छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार बस सडकबाट ३० मिटर तल खसेको छ ।

नेपाल प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालमा सावधानी अपनाउन अनुराेध गरेकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले कामको प्रकृति हेरी धेरै ऐनलाई एकीकृत गर्न छाता ऐन बनाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो…

रेमिट्यान्सलाई उत्पादन क्षेत्रमा लगाउन सरकारले प्रोत्साहित गर्नुपर्ने र निजी क्षेत्रलाई सरकारको पार्टनरको रुपमा हेर्नुपर्ने ढकालकाे सुझाव छ ।

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो पार्टीको सचिवालय बैठकमा जानुहुने भएको…