लालपुर्जा नेपालीसँग जग्गामा भारतीय हैकम

काठमाडौं । राजधानीबाट मंगलबार प्रकाशित विभिन्न पत्रपत्रिकाले फरक फरक विषयमा समाचार प्रकाशन गरेका छन् । नागरिक दैनिकले लालपुर्जा नेपालीसँग जग्गामा भारतीय हैकम शीर्षकमा प्रमुख समाचार बनाएको छ भने हटाइने मन्त्रीहरुको लगभग टुंगो शीर्षकको समाचारलाई प्राथमिकताका साथ छापेको छ ।

सोमबार जनता समाचार डट कम मा सबै दल घरदैलोमा व्यस्त, कसले मार्ला बाजी ?, प्रदेश १ ले चुम्यो दोस्रो गाउँपालिका अध्यक्ष कप राष्ट्रिय कराँते प्रतियोगिताको उपाधि, किन पर्दैन राज्यको नजरमा हरिहरपुरगढी ? (फोटोफिचर), सवारी दुर्घटनामा ११ को मृत्यु, २० गम्भीर घाइते, देउवाले निष्पक्ष मूल्यांकन गरेनन् स्कांग्रेस नेता पौडेल, गुगल म्यापमा समावेश गरी भारतद्वारा १७ सय हेक्टर नेपाली भूमि कब्जा र मुख्यमन्त्री राईद्वारा रंगशाला र पक्की पुलको शिलान्यास लगायतका समाचार प्रकाशन गरिए ।

नागरिक दैनिकमा ‘लालपुर्जा नेपालीसँग जग्गामा भारतीय हैकम’ शीर्षकमा प्रमुख समाचार छ । समाचारमा लेखिए अनुसार नवलपरासीस्थित सुस्तावासीले भारतीय अतिक्रमणको पीडा भोग्न थालेको चार दशक भएको र भारतीयले अतिक्रमण गरी बस्ती नै बसाल्न थालेपछि फराकिलो सुस्ता साँघुरिएको छ । हडप्न नसकेको कयौं बिघा जमिन विवादित भन्दै भारतीय सीमा सुरक्षा बल एसएसबीले जोतभोग गर्न नदिएकोले लालपुर्जा बाकसमा थन्किएको समाचारमा लेखिएको छ ।

नागरिकका अनुसार नारायणी नदीपारी रहेको सूस्ता गाउँपालिका -५ मा पर्ने सुस्ताको कुल क्षेत्रफल ४० हजार ९ सय ८० हेक्टर हो तर अहिले सात हजार हेक्टर जमिनमात्रै नेपालीले उपभोग गर्दै आएका छन् । १४ हजार हेक्टरमा भारतीयले अतिक्रमण गरी बस्ती बसालेका छन् । तर १९ हजार हेक्टर जमिन विवादित भन्दै कुनै पक्षले उपभोग नगर्ने सर्तमा त्यसै छाडिएको छ र जुन जमिन अहिले झाडिमा परिणत भएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

गोपाल पाठक/विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (साेमबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार…

काठमाडौं । सत्तरुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाले मंसिर २९ गते स्थायी कमिटी बैठक बोलाएको छ । सोमबार बसेको सचिवालय…

न्यूजिल्यान्ड । उत्तरपूर्वी भेगको ह्वकारी भनिने ह्वाईट आईल्यान्ड नामक टापुमा ज्वालामुखी विस्फोट हुँदा कम्तीमा पाँचको मृत्यु भएको छ । विस्फोटमा…

हामीले हाम्रा केटाकेटीलाई हिन्दीमै बानी पारिसेका छौं । सानो बच्चाले घरमा कार्टुन हेर्दै हिन्दी सिक्छ भने उता विद्यालयमा अंग्रजी ।

बिहान १० बजे शुरु भएको विद्यार्थी आन्दोलन नियन्त्रणमा नआएपछि अपरान्ह ३ बजेदेखि कोहलपुर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिएको जिल्ला…

मीन- आफन्त भेटघाट हुनेछ । धनको कारोबार बढ्नेछ ।