गिठ्ठाको भरमा चेपाङ समुदाय

पुष्पराज अधिकारी
मकवानपुर । जङ्गल तथा खोरिया क्षेत्रमा पाइने गिठ्ठा अर्थात् लाक मकवानपुरको पश्चिमी विकट क्षेत्र राक्सिराङका चेपाङहरुको अन्नको विकल्प बन्दै गएको छ । बारीमा कोदो पाक्न अझै एक महिना लाग्ने र तत्कालका लागि खानेकुराको अभाव भएपछि चेपाङ समुदाय गिठ्ठाको भर पर्नुपरेको हो ।

राक्सिराङ–७ दामराङका रामबहादुर चेपाङले बारीमा कोदो पाक्न अझै एक महिना बाँकी रहेकाले आफूहरुले खानाको विकल्पको रुपमा गिठ्ठा रोज्नुपरेको बताएका छन् । घरमा खानेकुरा सकिँदै गएपछि रामबहादुर खानेकुराको जोहो गर्न गिठ्ठाको संकलनमा जुटिरहेका छन् । आजभोलि साँझपख मात्र खाना पकाउन रामबहादुरको घरमा चुलो बल्ने गरेको छ । रामबहादुर ‘परिवारले गिठ्ठा खाएर बिहानको छाक टार्न थालेको दुई साता बित्न लागिसकेको’ बताउनुहुन्छ ।

पुख्र्यौली मौलिकता तथा परम्परा अनुसारसमेत वर्षभरि खान पुग्ने चेपाङहरूले गिठ्ठा खान छाडेका छैनन् । प्रायः चेपाङको घरमा खाजाको रूपमा गिठ्ठा खाने गरिन्छ । गिठ्ठा स्वास्थ्यको हिसाबले पनि पौष्टिक खानेकुरामा पर्ने चेपाङ अगुवा तथा तत्कालीन संविधानसभा सदस्य गोविन्दराम चेपाङको भनाई छ ।

गाउँपालिकाको अगुवाइमा सामुदायिक वनभित्र गिठ्ठा, कोइरालोलगायत कन्दमुल संरक्षण भइरहेको छ । राक्सिराङ गाउँपालिकामा जनसंख्याको ७० प्रतिशतभन्दा बढी चेपाङ छन् । गाउँपालिकालाई सरकारले संरक्षित क्षेत्र घोषणा गरिदिए चेपाङ गाउँको विकास र आर्थिक अवस्थामा सुधार ल्याउने कार्यक्रम सञ्चालन गर्न सजिलो हुने राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताउनुभयो ।

चेपाङ बाहुल्य राक्सिराङ गाउँपालिकाले चेपाङ समुदायको मौलिक खानेकुरा संरक्षणका लागि अभियान सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

पार्टीका विधानमा लेखिएका कुरा पनि समकालीन अर्थराजनीतिका प्रतिविम्ब हुने गर्छ । यसैले राजनीतिक कुरा नै सर्वोपरी हो ।

देशले चारवटा संकट एकैपटक व्यहोर्नु परेकाले चुनौति बढी नै रहेको गृहमन्त्री थापाको भनाइ छ ।

काठमाडौं । भारतीय विभिन्न न्युज टेलिभिजनको नेपालमा प्रसारण रोकिएको छ। विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर(एमएसओं)ले भारतीय न्यूज च्यानलको प्रसारण…

पछिल्लो २४ घण्टामा थप ५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

सवारी साधनले क्षमताकाे पचास प्रतिशत मात्र यात्रु राख्न पाइने निर्णय पनि बैठकले गरेकाे छ ।

घटनामा संलग्न अन्य दुई जनाको खोजी कार्य भइरहेको र घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।