लोपोन्मुख खैँजडी भजन संरक्षणका लागि तालिम

बलविर भुजेल
सिन्धुली । सिन्धुलीमा पहिलोपटक लोपन्मुख खैँजडी भजन संरक्षणका लागि तालिम शुरु गरिएको छ । कमलामाई नगरपालिका–४ को आर्थिक सहयोगमा सिन्धुली कलाघरको आयोजनामा साेमबारदेखि तीनदिने खैँजडी भजन तालिम शुरु गरिएको हो ।

पहिलेपहिले धार्मिक कार्यमा गाइने निकै प्रचलित खैँजडी भजन पछिल्लो. समय लोप हुँदै गएको छ । हिन्दू धर्ममा निकै प्रचलित खैँजडीको तालमा रातभरी नाचिने खैँजडी भजन केही समयदेखि गाउँघरमा अपवादको रुपमा देख्न पाइन्छ । युवा पुस्ताहरुमा विकसित पश्चिमा संस्कृतिको आकर्षण र प्रविधिले गर्दा नेपाली संस्कृति लाेप हुँदै गएको छ ।

प्रदेशसभा सदस्य विनोद खड्काले खैँजडी बजाएर नाच्दै तालिमको शुभारम्भ गरेका थिए । प्रदेशसभा सदस्य खड्काले कला संस्कृति नै हाम्रो देशको सम्पत्ति भएको र संरक्षणमा कामभन्दा कुरा बढी भए तापनि संस्कृति जगेर्नामा राज्यबाट नै नीति अवलम्बन गरी चासो राखिनु पर्ने धारणा व्यक्त गरे ।

तालिमको सहजिकरण धनबहादुर विश्वकर्मा र पोष्टबहादुर गौतमले गर्ने बताइएको छ भने भजन तालिमकाे पहिलाे दिन तालिममा २४ जना सहभागी भएको आयोजककाे भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

पार्टीका विधानमा लेखिएका कुरा पनि समकालीन अर्थराजनीतिका प्रतिविम्ब हुने गर्छ । यसैले राजनीतिक कुरा नै सर्वोपरी हो ।

देशले चारवटा संकट एकैपटक व्यहोर्नु परेकाले चुनौति बढी नै रहेको गृहमन्त्री थापाको भनाइ छ ।

काठमाडौं । भारतीय विभिन्न न्युज टेलिभिजनको नेपालमा प्रसारण रोकिएको छ। विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर(एमएसओं)ले भारतीय न्यूज च्यानलको प्रसारण…

पछिल्लो २४ घण्टामा थप ५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

सवारी साधनले क्षमताकाे पचास प्रतिशत मात्र यात्रु राख्न पाइने निर्णय पनि बैठकले गरेकाे छ ।

घटनामा संलग्न अन्य दुई जनाको खोजी कार्य भइरहेको र घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।