रिसोर्ट जस्तै आश्रम

उमा अधिकारी
काठमाडौं । शंखरापुर नगरपालिकाको लप्सेफेदीमा विभिन्न सेवासुविधाका भौतिक पुर्वाधारसहित पुरातात्विक महत्व झल्कने गरी ‘मैंत्री सेवाश्रम’ सञ्चालन गरिएको छ ।

नेपालमा सरकारको सार्वजनिक निजी साझेदारी कोष र नेपाली सेना कल्याणकारी कोषको सहयोगमा काठमाडौंको शंखरापुर नगरपालिका –४ लप्सेफेदीमा रहेको मैंत्री सेवाश्रम ढुंगा र इँटा प्रयाेग गरी कलात्मक रुपमा निर्माण गरिएको छ ।

२०७३ फगुन ३ गते राष्ट्रपति विद्यादेवी भण्डारीले शिलान्यास गर्नुभएको आश्रम ५८ रोपनी जग्गामा अवस्थित छ ।  नेपाल सरकार महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयको सहयोगबाट साना ठूला गरी १० वटा भवन, नेपाली सेना कल्याणकारी कोषबाट १० वटा कुटी र जेपी प्रतिष्ठानबाट एउटा ठूलो भवनसहित ११ वटा गरी जम्मा ३० वटा भवन रहेका छन् ।

प्रदुषणमुक्त प्रकृतिमैंत्री हरित आवास, कुटी, प्राकृतिक आहारविहार तथा अर्गानिक शाकाहारी पोषण र बुढ्यौली चिकित्सा उपचारका लागि राम्रो व्यवस्था समेत मिलाइएको आश्रममा निशुल्क रुपमा हाल जम्मा २५ जना वृद्धवृद्धा बसोबास गरिरहेको आश्रमका प्रमुख मित्रसेन दाहालले जानकारी दिनुभयो । उँहाका अनुसार आश्रममा रामेछाप, सिन्धुली, काभ्रे, सिरहाका गरी आफ्नै छोराछोरी तथा परिवारबाट अपहेलित वृद्धवृद्धा तथा परिवार र आफन्तजन नभएका एक्ला व्यक्तिहरु रहेका छन् ।

फराकिलो ठाँउमा फैलिएको आश्रम, ठूला कलात्मक भवन, बगैंचा, प्रदुषणरहित शान्त वातावरणका कारण सबैको आकर्षण बनेको आश्रममा विभिन्न सम्मानित व्यक्तित्वहरूकाे सम्झनामा तस्बिर राखिएका छन् । समुदायका मानिसहरु अवलोकन गर्न जाने हुँदा आश्रम मात्र नभई घुम्ने स्थल तथा रिर्सोटको रुपमा समेत चिनिएको स्थानीयको भनाइ छ ।

बुढेसकाल लागेपछि हामीले कल्पना गरेजस्तै सुन्दर, मनोरम ठाँउको निर्माण गर्ने सोचका साथ सुविधायुक्त र सुन्दर आश्रमको निर्माण गरेको बताउने आश्रमका प्रमुख दाहालले सरकारद्वारा संचालित आश्रमहरुको चित्त नबुझ्दो अवस्थाले आफूलाई प्रेरणा मिलेको बताउनुभयो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष- नयाँ कामको सुरुवात हुनेछ, काममा रुचि बढ्नेछ । वृष- अनावस्यक विवाद पर्नेछ, यात्रामा कठीनाइ हुनेछ । मिथुन- नयाँ कामको…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

गोपाल पाठक/विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (साेमबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार…

काठमाडौं । सत्तरुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाले मंसिर २९ गते स्थायी कमिटी बैठक बोलाएको छ । सोमबार बसेको सचिवालय…

न्यूजिल्यान्ड । उत्तरपूर्वी भेगको ह्वकारी भनिने ह्वाईट आईल्यान्ड नामक टापुमा ज्वालामुखी विस्फोट हुँदा कम्तीमा पाँचको मृत्यु भएको छ । विस्फोटमा…

हामीले हाम्रा केटाकेटीलाई हिन्दीमै बानी पारिसेका छौं । सानो बच्चाले घरमा कार्टुन हेर्दै हिन्दी सिक्छ भने उता विद्यालयमा अंग्रजी ।