‘र्‍याफ्टिङ’ काे गन्तव्यः तमाेर नदीकाे दाेभान

बसन्त लिम्बू
ताप्लेजुङ । हावा भरेर चलाउन मिल्ने डुङ्गा (राफ्ट) प्रयोग गरेर नदी वा खोलामा पानीको बहावसँगै बग्दै जलयात्रा गरिने मनोरञ्जनात्मक साहसिक खेल हो र्‍याफ्टिङ । यही साहसिक खेलका लागि ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका र मेरिङदेन गाउँपालिकाको सिमाना रहेको तमोर दोभान राम्रो गन्तव्य बन्दै गएको छ ।

पछिल्लो समय जापान, स्पेन, फ्रान्स, ईटालीका नागरिकले तमोर दोभानबाट र्‍याफ्टिङ शुरु गरेका छन् । र्‍याफ्टिङको सिजन शुरु भएसँगै यस नदीमा विभिन्न कम्पनीले करिव ५० जना विदेशीलाई र्‍याफ्टिङ गराएका छन् । दोभानबाट शुरु भएको जलयात्रा कावेली दोभान, माझीटार, मूलघाट हुँदै ५ दिनमा चतारा पुगेर सकिन्छ । यस जलयात्रा रुटलाई निकै साहसिक रुट मानिन्छ ।

नेपालका र्‍याफ्टिङ गर्न मिल्ने १६ नदीमध्ये यो नदी निकै अप्ठ्यारो छ । नेपालमा रहेका करिब छ हजार नदी नालामध्ये तमोर, कर्णाली, कालीगण्डकी, त्रिशूली, भोटेकोशी, सुनकोशी, अरुणलगायतका १६ नदीमा साहसिक जलयात्राका लागि खुल्ला गरिएको छ ।

विदेशीहरू जोखिमपूर्ण क्षेत्रमा र्‍याफ्टिङ गर्न रुचाउने र्‍याफ्टिङ स्टार कम्पनीका र्‍याफ्टिङ गाईड सुरेश कुमार चौधरी बताउँछन् ।

र्‍याफ्टिङ कम्पनीहरुले प्रतिव्यक्ति १२ सय डलर (करिव १ लाख ३८ हजार रुपैयाँ) मा यस नदीमा र्‍याफ्टिङ गराउँछन् । र्‍याफ्टिङका लागि उत्कृष्ठ गन्तव्य बन्न सक्ने सम्भावना भएको यहाँ प्रचारको नै अभाव भएको उनको बुझाई छ ।

विदेशी पर्यटकहरु जलयात्राका लागि ताप्लेजुङ, तेह्रथुम र संखुवासभाको संगमस्थल तथा गुराँसको राजधानी तिनजुरे, मिल्के, जलजले हुँदै पदयात्रा मार्फत तमोर दोभान आउने गरेका छन् । पदयात्राका क्रममा विभिन्न हिमश्रृङ्खला, हिमाली घाँसे मैदान लगायतको समेत
दृश्यावलोकन गर्न सकिने भएकाले तमोरमा र्‍याफ्टिङका लागि विदेशी आउने गरेको पर्यटन व्यावसायी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

पार्टीका विधानमा लेखिएका कुरा पनि समकालीन अर्थराजनीतिका प्रतिविम्ब हुने गर्छ । यसैले राजनीतिक कुरा नै सर्वोपरी हो ।

देशले चारवटा संकट एकैपटक व्यहोर्नु परेकाले चुनौति बढी नै रहेको गृहमन्त्री थापाको भनाइ छ ।

काठमाडौं । भारतीय विभिन्न न्युज टेलिभिजनको नेपालमा प्रसारण रोकिएको छ। विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर(एमएसओं)ले भारतीय न्यूज च्यानलको प्रसारण…

पछिल्लो २४ घण्टामा थप ५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

सवारी साधनले क्षमताकाे पचास प्रतिशत मात्र यात्रु राख्न पाइने निर्णय पनि बैठकले गरेकाे छ ।

घटनामा संलग्न अन्य दुई जनाको खोजी कार्य भइरहेको र घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।