अध्यक्ष चयनमा विवाद, विद्यालयमा लाग्यो ताला

बलबीर भुजेल
सिन्धुली । सिन्धुलीको गोलन्जार गाउँपालिका–४ तीनकन्या स्थित शारदा माध्यमिक विद्यालय वेखटाँडीमा अभिभावकहरुले ताला लगाएका छन् ।

गाउँपालिका अध्यक्षको स्वयं उपस्थितिमा भएको भेलाले गरेको व्यवस्थापन समितिको अध्यक्ष चयन नियम विपरित भएको भन्दै अभिभावकले प्रधानाध्यापक गुणराज राईको कार्यकक्षमा ताला लगाएका हुन् ।

अध्यक्षले निजी विद्यालयमा बालबालिका पढाउन पठाउने व्यक्तिलाई नै सामुदायिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा राजनीतिक आस्थाका आधारमा चयन गरेको भन्दै अभिभावकले विरोध गर्दै ताला लगाएको स्थानीय लालबहादुर श्रेष्ठको भनाइ छ ।अभिभावकहरुले नियम अनुसार अध्यक्ष चयन गर्न माग गरेपनि पालिका अध्यक्षले वेवास्ता गरेको अभिभावकको गुनासो रहेको छ ।

अध्यक्ष चयनमा विवाद भएपछि गाउँपालिकाले बनाएको नियम अनुसार वडाध्यक्ष बेगबहादुर मगरले वडा सदस्य तथा पूर्व विद्यालय व्यवस्थापन समितिको अध्यक्षसमेत रहनुभएका डोरबहादुर ठकुरीलाई अर्को व्यवस्थापन समिति गठन नभएसम्म कामकाज गर्न जिम्मेवारी दिएको वडाध्यक्ष मगरले जानकारी दिनुभयो ।

अध्यक्ष चयनमा अभिभावक नै हुनुपर्ने र पालिकाले विद्यालय व्यवस्थापन समिति विधि अनुसार जसलाई अध्यक्ष बनाएपनि मान्य हुने अभिभावकहरुले बताएका छन् ।

यता गोलन्जोर गाउँपालिकाका प्रवक्ता दौलत कार्कीले भने नेकपाका कार्यकर्ताहरुले ताला लगाएको बताउनुभयो । विद्यालयमा शिक्षा समन्वय इकाई सिन्धुलीबाटै प्रतिनिधि आएर अध्यक्ष चयन गर्नुपर्ने माग गर्दै ताला लगाएको उहाँले दाबी गर्नुभयो । विद्यालयमा लगाइएको तालाले पठन–पाठन ठप्प भएको भन्दै ताला खुलाउन प्रहरी पठाएकोमा प्रहरीले समेत ताला नखोलि गाउँपालिकालाई असहयोग गरेको उहाँकाे भनाइ छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

गोपाल पाठक/विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (साेमबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार…

काठमाडौं । सत्तरुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाले मंसिर २९ गते स्थायी कमिटी बैठक बोलाएको छ । सोमबार बसेको सचिवालय…

न्यूजिल्यान्ड । उत्तरपूर्वी भेगको ह्वकारी भनिने ह्वाईट आईल्यान्ड नामक टापुमा ज्वालामुखी विस्फोट हुँदा कम्तीमा पाँचको मृत्यु भएको छ । विस्फोटमा…

हामीले हाम्रा केटाकेटीलाई हिन्दीमै बानी पारिसेका छौं । सानो बच्चाले घरमा कार्टुन हेर्दै हिन्दी सिक्छ भने उता विद्यालयमा अंग्रजी ।

बिहान १० बजे शुरु भएको विद्यार्थी आन्दोलन नियन्त्रणमा नआएपछि अपरान्ह ३ बजेदेखि कोहलपुर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिएको जिल्ला…