आफ्नो पार्टीमा मतदान गर्न कांग्रेसको आह्वान

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उपनिर्वाचनमा आफ्नो पार्टीलाई मतदान गर्न सबै मतदातालाई आह्वान गरेको छ ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले मंगलबार पत्रकार सम्मेलन गरी सरकारका जनविरोधी गतिविधिलाई सच्याउन पनि आम मतदातालाई आगामी मंसीर १४ गते हुने उपनिर्वाचनमा आफ्नो पार्टीमा मतदान गर्न आह्वान गर्नुभएको हो ।

प्रवक्ता शर्माले कम्यूनिष्ट नेतृत्वको वर्तमान सरकार पूर्णतः असफल भएकाले पनि आम जनताले उपनिर्वाचनमा आफ्नो पार्टीको पक्षमा मतदान गर्नुपर्ने तर्क पनि पटकपटक दोहोर्याउनु भयो।

कांग्रेसले २१ महिनाको अवधिमा आफ्नो पार्टीले भने जिम्मेवार र शालिन प्रतिपक्षको भूमिका निर्वाह गरेको दाबी पनि गरेको छ।

भारतसँग सीमा समस्या समाधान गर्न पनि सरकारले ठोस कदम चाल्न नसकको कांग्रेसको आरोप छ । प्रवक्ता शर्माले उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक पहलकदमी लिएर भारतसँगको सीमा समस्या समाधान गर्न सरकार सफल हुने नदेखिएको दाबी पनि गर्नुभयो । प्रधानमन्त्री ओलीका पछिल्ला आवेगपूर्ण अभिव्यक्तिले समस्या समाधान गर्न सरकार गम्भीर नभएको देखिएको पनि उहाँको भनाइ छ ।

प्रवक्ता शर्माले आन्तारिक द्वन्द्व कारण कालापानीमा राखिएको भारतीय सेना आफ्नो पार्टी नेतृत्वको सरकारले विगतमा हटाउन नसकेको  बताउनुभयो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

गोपाल पाठक/विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (साेमबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार…

काठमाडौं । सत्तरुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाले मंसिर २९ गते स्थायी कमिटी बैठक बोलाएको छ । सोमबार बसेको सचिवालय…

न्यूजिल्यान्ड । उत्तरपूर्वी भेगको ह्वकारी भनिने ह्वाईट आईल्यान्ड नामक टापुमा ज्वालामुखी विस्फोट हुँदा कम्तीमा पाँचको मृत्यु भएको छ । विस्फोटमा…

हामीले हाम्रा केटाकेटीलाई हिन्दीमै बानी पारिसेका छौं । सानो बच्चाले घरमा कार्टुन हेर्दै हिन्दी सिक्छ भने उता विद्यालयमा अंग्रजी ।

बिहान १० बजे शुरु भएको विद्यार्थी आन्दोलन नियन्त्रणमा नआएपछि अपरान्ह ३ बजेदेखि कोहलपुर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिएको जिल्ला…

मीन- आफन्त भेटघाट हुनेछ । धनको कारोबार बढ्नेछ ।