विपद् न्यूनिकरणकाे तयारी थाल्न गृहमन्त्रीकाे निर्देशन

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले चिसो तथा शीतलहरबाट जनता प्रभावित नहुने गरी पूर्वतयारी थाल्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ ।

गृहमन्त्रालयमा बिपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन कार्यकारी समितिको मंगलबारको बैठकमा मन्त्री थापाले विपदको समयमा सक्रिय हुने सबै निकायलाई पूर्वतयारीको लागि निर्देशन दिनुभएको हो ।

बैठकमा मन्त्री थापाले जिल्ला विपद् व्यवस्थापन समिति तथा स्थानीय विपद् व्यवस्थापन समितिहरुले शीतलहरको प्रभावबाट सुरक्षीत राख्ने उपायहरुको सम्बन्धमा विपद् व्यवस्थापन सम्बन्धी कार्य गर्ने सबै सरकारी तथा गैरसरकारी संघसंस्थाहरु समेतलाई आमन्त्रण गरी पूर्वतयारी र पूर्व प्रवन्ध गर्न निर्देशन दिनुभएको छ ।

विपद् व्यवस्थापनको क्षेत्रमा सम्वन्धित जिल्लामा रहेका गैरसरकारी संघसंस्थाहरुलाई समेत हिमपात, चिसो तथा शीतलहर सम्बन्धी पूर्वतयारीमा सहभागी गराउने गरी समन्वय गर्न जिल्ला प्रशासन कार्यालयलाई पनि निर्देशन दिइएको छ ।

बैठकले सम्बन्धित गाउँपालिका र नगरपालिका अन्तर्गत हिमपात, चिसो तथा शीतलहरबाट प्रभावित हुन सक्ने क्षेत्र र गाउँटोलका गरीब तथा विपन्न परिवारहरुको पहिचान गरी कार्यक्रम बनाउन आग्रह गरेको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

गोपाल पाठक/विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (साेमबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार…

काठमाडौं । सत्तरुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाले मंसिर २९ गते स्थायी कमिटी बैठक बोलाएको छ । सोमबार बसेको सचिवालय…

न्यूजिल्यान्ड । उत्तरपूर्वी भेगको ह्वकारी भनिने ह्वाईट आईल्यान्ड नामक टापुमा ज्वालामुखी विस्फोट हुँदा कम्तीमा पाँचको मृत्यु भएको छ । विस्फोटमा…

हामीले हाम्रा केटाकेटीलाई हिन्दीमै बानी पारिसेका छौं । सानो बच्चाले घरमा कार्टुन हेर्दै हिन्दी सिक्छ भने उता विद्यालयमा अंग्रजी ।

बिहान १० बजे शुरु भएको विद्यार्थी आन्दोलन नियन्त्रणमा नआएपछि अपरान्ह ३ बजेदेखि कोहलपुर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिएको जिल्ला…

मीन- आफन्त भेटघाट हुनेछ । धनको कारोबार बढ्नेछ ।