Logo आश्विन १५, २०७७ बिहीबार


अब सरकार ओलीले र पार्टी दाहालले चलाउने

मन्त्रिपरिषद् पुनर्गठन भाेलि मात्रै !

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ( नेकपा)मा शक्ति बाँडफाँडमा सहमती जुटेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले दुई अध्यक्ष मध्ये केपी शर्मा ओलीले सरकार र पुष्पकमल दाहालले पार्टी सञ्चालन गर्ने सहमती जुटेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभएको छ ।

सचिवालय बैठकमा शक्ति बाँडफाँडमा नेताहरु सहमत भएसँगै आज हुने भनिएको मन्त्रिपरिषदको पुनर्गठन भोलिलाई सरेको छ ।

सचिवालय बैठकको निर्णय अनुसार मन्त्रिपरिषद् पुनर्गठन गर्दा नयाँ अनुहार छान्ने अख्तियारी समेत प्रधानमन्त्री केपी शर्मा ओलीले पाउनुभएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले आन्तरिक गृहकार्य नपुगेको कारण आज मन्त्रिपरिषद् विस्तार हुन नसकेको जनतासमाचारलाई जानकारी दिनुभयो ।

आजै मन्त्रिपरिषद् पुनर्गठन गर्न पूर्व तयारी गरिएको थियो, तर मन्त्रिपरिषद् पुनर्गठन गर्नुअघि प्याकेजमै सहमती खोज्नु पर्ने अडान अध्यक्ष दाहालले राखेपछि सचिवालय बैठकले सरकारको नेतृत्व ओलीले लिने र पार्टी सञ्चालनको नेतृत्व दाहालले गर्ने सहमती गरेको थियो ।

याे सहमती हुनअघि दुवै अध्यक्षले राष्ट्रपति विद्यादेवी भण्डारीसँग सयुक्त भेटवार्ता गरेका थिए । यो सहमती कार्यान्वयन भएमा यो प्रतिनिधिसभाको यो कार्यकाल ओली प्रधानमन्त्री रहनु हुनेछ भने ओलीलाई मानर्थ अध्यक्ष मान्दै दाहालले पार्टीमा कार्यकारी भूमिका निभाउनु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मन्त्री ज्ञवालीले डा. केसीले उठाउनुभएका मागहरु पूरा भएर कार्यान्वयनमा गइसकेकाले सत्याग्रह बस्नुपर्ने अवस्था नरहेको बताउनुभयो ।

मैथिली भाषामा एकरुपता नरहेको र पाठयक्रमसँग सम्बन्धित भाषामा विज्ञहरु नरहेको हुनाले पनि यस्ता समस्या हुने गरेको केन्द्रको भनाइ छ ।

मलमासका कारण यस वर्षका अब आउने सबै चाडपर्व केही ढिला हुने समितिले जनाएकाे छ ।

सबै कम्पनीले बिक्री गर्ने वस्तुहरु सबै स्टलमा पाउने गरी व्यवस्था मिलाइएको सुवेदीले बताउनुभयो ।

धार्मिक तथा पर्यटन विकासमा पाँच लाख रुपैयाँ गरी जम्मा दश लाख रुपैयाँ रहेको छ ।

अस्पताला भर्ना भएका पाँच जना बिरामीहरुमा पनि कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।