काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त ६ मन्त्रीलाई शपथ गराउनु भएको छ । राष्ट्रपति कार्यालय शीतलनिवासमा नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका हुन्।
राष्ट्रपति कार्यालयमा आयोजित एक समारोहबीच राष्ट्रपति भण्डारीले ६ मन्त्रीलाई शपथ गराउँदा ३ राज्य मन्त्रीहरूलाई भने प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ गराउनुभयो ।
शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सीना लगायत उपस्थित हुनुहुन्थ्याे । बिहीबार बिहान सपथ लिने नवनियुक्त मन्त्रीहरूमा घनश्याम भुसाल, वसन्त नेम्वाङ, हृदयेश त्रिपाठी, पार्वत गुरुङ, लेखराज भट्ट र रामेश्वर राय यादव हुनुहुन्छ ।
नयाँ मन्त्रीहरुमा भूसालले कृषि तथा पशुपंक्षी, त्रिपाठीले संघीय मामिला तथा सामान्य प्रशासन, भट्टले उद्योग तथा बाणिज्य, यादवले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीको सपथ लिनुभएको हो ।
यसैगरी भानुभक्त ढकालले स्वास्थ्य तथा जनसंख्या, वसन्तकुमार नेम्वाङले भौतिक पूर्वाधार तथा यातायात र पार्वत गुरुङले महिला तथा बालबालिका मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ भने उपेन्द्र यादवले उपप्रधानमन्त्रीसहित कानुनमन्त्रीको जिम्मेवारी पाउनुभएको छ ।
नवनियुक्त तीन जना राज्यमन्त्रीमध्ये दुगड, रावत र मानन्धरले क्रमशः उद्योग बाणिज्य तथा आपूर्ति, स्वास्थ्य तथा जनसंख्या र सहरी विकास राज्यमन्त्रीको शपथ लिनुभएको छ ।
यस्ताे छ नयाँ मन्त्रिपरिषद्ः