अर्थतन्त्रका सूचक सकारात्मकः मुद्रा भण्डारण १० खर्ब ८७ अर्ब

काठमाडौं । चालु आर्थिक वर्षको तीन महिनामा मूल्य वृृद्धि र रेमिट्यान्सको आय ओरालो लाग्नु बाहेक अर्थतन्त्रका सूचकहरु सकारात्मक देखिएका छन् । निर्यात वृद्धि र आयात कटौतीले व्यापार घाटामा १२ प्रतिशतले संकुचन आएको छ ।

नेपाल राष्ट्र बैंकद्धारा बिहीबार जारी चालु आर्थिक वर्षको पहिलो त्रैमासिक विवरण अनुसार असोजसम्ममा औसतमा ६ दशमलव दुई एक प्रतिशतको मूल्यवृद्धि रहेको छ । चालु वर्षको शुरूदेखि नै मूल्य वृद्धि दर निरन्तर बढ्दो क्रममा छ ।

गतवर्ष असोजमा मूल्य वृद्धि दर ४ दशमलव छ आठ प्रतिशत मात्र थियो । मूल्य वृद्धिमा चाप परिरहँदा बाह्य व्यापारमा भने सुधार देखिएको छ । राष्ट्र बैंकले तीन महिनामा निर्यात १४ दशमलव चार प्रतिशतले बढेको जनाएको छ । तीन महिनामा २७ अर्ब १७ करोडको निर्यात भएको छ । पाम तेल, पोलिस्टर तथा अन्य धागो, अलैंची, जुटका सामान लगायतको निर्यात बढेको छ । जस्तापाता, जुस, तयारी पोशाक, उनी गलैंचा, तार लगायतको निर्यात घटेको छ ।

आयात व्यापारमा पनि सुधार देखिएको छ । कुल बस्तु आयात १० दशमलव ३ प्रतिशतले घटेर ३ खर्ब ३४ अर्ब ९५ करोडमा सिमित भएको छ । अघिल्लो वर्ष वृद्धिदर ४३ दशमलव ६ प्रतिशत थियो । निर्यात वृद्धि र आयात कटौतीले व्यापार घाटा १२ प्रतिशतले संकुचन आएर ३ खर्ब ७ अर्ब ७८ करोडमा खुम्चिएको छ । गतवर्ष यतिबेला ८१ अर्ब ७४ करोडले घाटामा रहेको चालु खाता यसवर्ष २७ अर्ब १८ करोड घाटामा छ । शोधनान्तर बचत १४ अर्ब ४३ करोडमा पुगेको छ । अघिल्लो वर्ष ३५ अर्ब ४२ करोड घाटा थियो ।

रेमिटेन्स ४ दशमलव ९ प्रतिशतले घटेको छ । कुल २ खर्ब ३० अर्ब २४ करोड रेमिट्यान्स नेपाल भित्रिएको छ । गतवर्षको यही अवधिमा रेमिटेन्स ३७ दशमलव ३ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा विदेशी मुद्राको भण्डार पनि बढ्दै गएको छ । गत असार मसान्तमा १० खर्ब ३८ अर्ब ९२ करोडमा रहेको मुद्राको भण्डार अहिले १० खर्ब ८७ अर्ब ७३ करोड पुगेको छ । समग्रमा अर्थतन्त्रका सूचक सुधारको दिशामा छ ।

बैंकिङ क्षेत्रको कर्जा प्रवाहमा भने सुस्तता देखिएको छ । गतवर्ष यतिबेला ७ दशमलव २ प्रतिशतले बढेको कर्जा यसपाली ४ दशमलव ३ प्रतिशतले मात्र बढेको छ । निक्षेप संकलनमा भने केही सुधार देखिएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

नवलपरासी। नेपाली सेना चढेको बस दुर्घटना हुँदा तीसजना सेना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत कावासोती नगरपालिका–३ स्थित राजमार्गमा सुर्खेत…

धनुषा । बम विस्फोट हुँदा मृत्यु हुनेको संख्या तीन पुगेको छ । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगर बजारमा शुक्रबार मध्यराति…

मेष– साताको शुरुमा घरायसी समस्याले पिरोल्नेछ । निजी काममा चिन्ता थपिने एवं चिसोको बाधा रहनेछ । साताको मध्यमा भने आम्दानी…

मेष- साथीभाइ भेटघाट हुनेछ, धनको सुख मिल्नेछ । वृष- रोगबाट मुक्ति मिल्नेछ, रमाइलोमा खर्चको वृद्धि हुनेछ । मिथुन- शैक्षिक क्षेत्रमा…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

गोपाल पाठक/विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (शुक्रबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार…