Logo फाल्गुन २१, २०७७ शुक्रबार


सार्वजनिक खरिद ऐन निर्माणमैत्री बनाउन माग गर्दै धर्ना

काठमाडौं । सार्वजनिक खरिद ऐन निर्माणमैत्री बनाउन सरकारलाई दवाब दिँदै आएका निर्माण व्यवसायीहरु शुक्रबार सार्वजनिक खरिद अनुगमनको कार्यालयमा धर्ना बसेका छन् ।

नेपाल निर्माण व्यवसायी महासंघको नेतृत्वमा राजधानीको ताहाचालस्थित कार्यालयमा पुगेका निर्माण व्यवसायीहरुले सार्वजनिक खरिद ऐन निर्माणमैत्री बनाउन दवाब दिँदै शुक्रबार बिहान एक घण्टा धर्ना बसेका हुन् ।

सार्वजनिक खरिद नियमावली–२०७६ मा गरिएको निर्माण कम्पनीको म्याद थप र बैंक क्रेडिट लाइन सम्बन्धी व्यवस्था तत्काल संशोधन गर्न माग गर्दै उनीहरुले सरकारविरुद्ध आन्दोलन गर्दै आएका छन् । उनीहरुले त्यस अवसरमा अनुगमन कार्यालयका सचिव मोहन कृष्ण सापकोटालाई भेटेर आफूहरुको समस्या समाधानका लागि सरकारसँग सहजीकरणको भूमिका निर्वाह गर्न पनि आग्रह गरेका छन् ।

अवरुद्ध रहेको विकास, निर्माणको कामलाई सुचारु हुनेगरी आफूहरुको समस्या समाधानका लागि सहजीकरण गर्न अनुगमन कार्यालयका सचिव सापकोटालाई ज्ञापनपत्र बुझाइएको महासंघका अध्यक्ष रवि सिंहले जानकारी दिनुभयो ।

सचिव सापकोटाले पनि ऐन संशोधन गरेर निर्माण व्यवसायीहरुको माग सम्बोधन गर्न सहजीकरणको भूमिका निर्वाह गर्ने प्रतिवद्वता व्यक्त गर्नु भएको छ । उहाँले निर्माण व्यवसायीहरुको माग सम्बोधन गर्नका लागि आफूहरुले कानुनी परामर्शको काम शुरु गरिसकेको पनि बताउनुभयो ।

सचिव सापकोटाले निर्माण व्यवसायीहरुले राखेका माग सम्बोधन गर्न मुख्य सचिव नेतृत्वको उच्चस्तरीय समितिसँग पनि छलफल भइरहेको बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

ध्यानाकर्षण पत्रमा पार्टीको आधिकारिकता विवाद शीघ्र छिनोफानो गर्न आग्रह गरिएको छ ।

‘नेकपा अहिले संक्रमणको अवस्थामा छ, देशभरका नेता तथा कार्यकर्ताहरुको चाहनाबमोजिम पार्टी एकताका लागि अघि बढ्नुको विकल्प छैन ।’

फागुन २३ गते बस्ने प्रतिनिधि सभा बैठकमा कसरी प्रस्तुत हुने भन्ने सम्बन्धमा रणनीति बनाउनका लागि संसदीय दलको बैठक बोलाइएको हो।

उहाँले आगलागी पीडितहरूको पुनःस्थापना र सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन पहल गर्ने बताउनुभयो ।

संसदीय दलको कार्यालय सिंहदरबारमा आज (शुक्रवार) बसेको संसदीय दलको बैठकले उहाँलाई नेतामा सर्वसम्मत रुपमा चयन गरेको हो ।

हस्ताक्षर कार्यक्रममा उपप्रधान एंव रक्षामन्त्री ईश्वर पोखरेल लगायत सरकारका मन्त्रीहरुको उपस्थिति थियो ।