आगलागीबाट १ लाख बराबरको क्षती

जुद्ध चौधरी,
कञ्चनपुर । लालझाडी गाउँपालिका-४ डाँगा जाईँमा भज्जु रानाको पराल र गोठमा आगलागी हुँदा १ लाख बराबरको क्षती भएको छ ।शनिबार दिउँसो करिब साढे १२ बजेतिर परालबाट शुरु भएको आगो नजिकैको गोठमासमेत सल्किएपछि करिब १ लाख बराबरको क्षती भएको हो ।

लालझाडी गाउँपालिकामा दमकल नभएकाले आगो नियन्त्रण गर्न समय लागेको स्थानियले बताए। आगलागी पछि पराल र गोठ पूर्ण रूपमा जलेको भज्जु रानाले जनाएका छन् । आगलागी भएको करिब डेढ घण्टापछि शुक्लाफाँटा नगरपालिकाबाट दमकल आएपछि दमकल, स्थानियवासी र नेपाल प्रहरीको प्रयासमा आगोलाई नियन्त्रणमा लिइएको थियो ।

आगलागीको कारण भने खुल्न सकेको छैन तर साना बालबालिकाहरू खेल्दा परालमा आगो लगाएको हुन सक्ने वडाध्यक्ष बहादुर रानाले बताउनुभयो

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । जिल्ला प्रहरी कार्यालय सिन्धुलीअन्तर्गतका कार्यालयमा कार्यरत पाँच प्रहरी निलम्बनमा परेका छन् । सेवाग्राहीसंँग रकम लिँंदै गरेको अभियोगमा उनीहरुलाई…

सप्तरी । कोरोना संक्रमणबाट सप्तरीमा थप एक जनाको मृत्यु भएको छ । मंगलबार राति जिल्लाको डाक्नेश्वरी नगरपालिका ८ घर भई…

मेष– धन वृद्धि हुनेछ । कुटुम्ब सहयोग बढ्नेछ । भोजनको सुख  मिल्नेछ । वृष– विचारले वाधा दिनेछ । शंकाले चिन्ता…

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख कोरोना भाइरस संक्रमित हुनुभएको छ । अख्तियार प्रमुख नवीनकुमार घिमिरे संक्रमित हुनुभएको प्रवक्ता…

काठमाडौं । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीमा उपचारका लागि आउने सेवाग्राहीले अब त्यही अस्पतालबाट पीसीआर परीक्षणको सेवा प्राप्त गर्ने…

कञ्चनपुर । बेलौरी नगरपालिका वडा नम्बर ७ भगतपुरमा भएको खाती दम्पतीको हत्या प्रकरणमा संलग्नलाई प्रहरीले सार्वजनिक गरेको छ । बेलौरी…