विश्लेषक सेअन स्टार्स पश्चिमको पतन र एसियन शताब्दीको मतलाई गलत मान्दै तत्कालै एसियाली उदयले अमेरिकी नेतृत्वलाई ठूलो चुनौति नदिएको दाबी गर्छन् । उनको तर्क छ, कुनै देशको शक्तिलाई त्यसको कुल ग्राहस्थ उत्पादनमा नाप्न सकिन्न । किनकी हालको विश्व पूँजीवादी व्यवस्थाभित्र देशहरू छुट्टै राजनीतिक अर्थव्यवस्था होइनन् । उनका अनुसार राष्ट्रशक्तिको मापन राष्ट्रिय खातामा होइन कम्पनीहरूको स्वामित्वका आधारमा गरिनुपर्छ । यसरी हेर्दा चीनको राष्ट्रिय खातामा उत्पादन बढेको देखिए पनि उद्योगको स्वामित्व र नियन्त्रण विदेशीको हातमा भएकाले चीनको राष्ट्रिय खाताले चीनको शक्तिको ठिक चित्र दिदैन ।
मार्क्स भन्छन्: मान्छेले आफ्नो इतिहास आफै बनाँंछन् । तर उनीहरुले आफूले चाहे जसरी आफैले छानेका अवस्थामा होइन, अतितबाट आएको र आफैले जम्काभेट गरेको अवस्थामा मात्र इतिहास बनाउँछन । अर्को ठांउमा मार्क्स भन्छन् : आफू भित्र उत्पादक शक्तिको विकासको ठाउँ रहुन्जेल कुनैपनि सामाजिक व्यवस्था ढल्दैन र पुरानो व्यवस्थाको गर्भमा नयाँ व्यवस्थाको भौतिक परिस्थीति परिपक्क नभई नयाँ व्यवस्थाको विकास हुन सक्दैन । मार्क्सले यो प्रस्थापनालाई आफ्नाे विधिको मुलभूत शुत्र मध्यको एक मानेका छन् ।
नेपाली समाजको अबको दिशा समाजवाद उन्मुख हुनुपर्ने कुरा संवैधानिक र राजनीतिक रुपले स्थापित भइसकेको छ । तर सहज प्रश्न उठ्छ : के हालको विश्वको र नेपालको पुंजीवादी व्यवस्थामा थप विकासको ठाउँ समाप्त भइसकेको छ ? के नेपाली समाज र विश्व समाजको वर्तमान भौतिक परिस्थितिको गर्भमा नेपाली समाजवादको भौतिक परिस्थिति तयार भएको छ ? के नेपालमा समाजवाद हामीले चाहे जसरी निर्मार्ण गर्न सकिन्छ ?
यो लेख आधारभुत रुपले यिनै प्रश्नहरुका वरिपरि घुमेको छ । पहिलो खण्डमा वर्तमान विश्व व्यवस्थाको चरित्र र यसको विकासको दिशा र नेपालको समाजवादी यात्रामा त्यसको अर्थको चर्चा गरिने छ । दोस्रो खण्डमा चीनको अन्तराष्ट्रिय परियोजना र नेपालको समाजवादी आन्दोलनसँग त्यसका सम्बन्धको छलफल गरिने छ । र चौथो खण्डमा नेपालको समाजवादी आन्दोलनको सम्भावनासँग सम्बन्धित केही महत्वपूर्ण पक्षलाई राखिने छ ।
वर्तमान विश्व व्यवस्था र त्यसको दिशायसबारे चर्चा गर्न विश्व व्यवस्था सम्बन्धी केही विश्लेषणवाट शुरु गरौं । बहुप्रचारित मतका विपरित इमानुयल वालस्टाइनले आजको युगलाई र प्रकृयालाई भुमण्डलीकरणको युग मान्दैनन्, किनकि भुमण्डलीकरण वर्तमानमा होइन पाँच सय वर्ष अघि नै सुरु भईसकको प्रकृया हो । आजको युग त विश्व पुँजीवादी व्यवस्थाको संक्रमणको युग हो । आधुनिक विश्व व्यवस्था संरचनागत संकटमा छ र यो बेग्लै व्यवस्थामा रुपान्तरण हुनेछ । तर, रुपान्तरण्को दिशा कस्तोे हुन्छ रु भन्ने कुरा विकल्पहिन रूपले अवश्यम्भावी नभई अत्यन्तै अनिश्चित छ । त्यसकारण, विश्व व्यवस्था जब भत्कन्छ, त्यसबेला के गर्ने भन्ने प्रश्न रुपान्तरणको अहम प्रश्न बन्छ ।
वालस्टाइनको विश्लेषणमा सन् १९६० देखि यो विश्व व्यवस्थाको विकास अवरुद्ध भएकोे हो । यसका तीन वटा प्रकृया या मापन छन् : मुनाफा उत्पादन क्षेत्रबाट वित्तक्षेत्र तर्फ सर्न, विश्वस्तरमा बेरोजगारी बढ्नु र उच्च ज्याला क्षेत्रबाट न्यून ज्याला क्षेत्रमा उत्पादन कृयाकलाप सर्नु । पुराना पूँजीवादी संकटहरु भन्दा आजको संकटको भिन्नता चाँहि के हो त ? उनी भन्छन्, – “पूँजीवादले आफ्नो जीवनकालमा आफ्नो सन्तुलन पुन : स्थापित गर्दै आफूलाई बचाइराख्छ । तर यस्तो सन्तुलन पुन : स्थापित गर्न सधै सम्भव हुन्न । आधारभूत रूपले पूँजी संग्रहको उन्नत प्रकृया सधैं निरन्तरता दिन सम्भव नहुने बिन्दुमा पुगेकोले आजको पूँजीवादी प्रणाली अन्तिम संकटमा प्रवेश गर्दछ, गरेको छ । त्यसो भए यो प्रकृयामा कस्तो राजनीतिक हस्तक्षेप या कार्य आवश्यक र सम्भव हुन्छ भन्ने प्रश्नमा उनी भन्छन्, ‘संकटको परिणाम अत्यन्तै अनिश्चित र अनियन्त्रित हुने हुनाले साना-साना हस्तक्षेप र सृजनात्मकताको पनि ठूलो ठाउँ हुन्छ । एक अर्काे रचनामा उनी आजको विश्व व्यवस्थामा वालस्टाइन औपचारिक रूपले दुई संभावना रहेको औंल्याउछन् । पहिलो विश्व प्रणाली विविध तरीकाले भिन्न हुन्छ तर यो आधारभूत रूपले पूँजीवादी नै रहन्छ । दोस्रो प्रणालीगत संकट चुलिंदै जान्छ र प्रणालीमा अनिश्चितता र अन्योलता हाबी हुन्छ । तर दोस्रो सम्भावनाको पक्षमा तर्क र प्रमाण पेस गर्दैै उनी प्रणालीगत संकटपछि नयाँ ढाँचामा या ढाँचाहरू आउने धारणा राख्छन् । कस्तो ढाँचा आउँछ भन्ने अनुमान गर्न नसकिने तर हामीले इच्छाइएको ढाँचाका लागि भने संघर्ष गर्नुपर्ने मत राख्छन ।
तर, लियो पेनिच रसाम गिन्डिन पूँजीवादको पछिल्लो संकटका आधारमा अमेरिकी प्रभुत्व तत्काल पतनतर्फ गएको नभई संकटका समयकोे विश्व वित्तीयकरणले पूँजीवादी प्रणालीलाई विश्वव्यापी बनाएको हो भन्ने तर्क गर्छन् । चीनको विश्व व्यवस्थामा सफलतापूर्वक प्रवेशलाई विश्व व्यवस्थाको पुन–अभिमुखीकरण भएको भन्ने कतिपयको मतलाई खण्डन गर्दै उनीहरू के दाबी गर्छन् भने विश्व व्यवस्थामा चीनको प्रवेशले पूँजीवादलाई पूर्ण विश्वव्यापी बनाएको छ र चीनले अमेरिकालाई पूँजीवादी केन्द्रको रूपमा विस्थापित गर्नुको सट्टा विश्व पूँजीवादी व्यवस्थामा अमेरिकाको प्राथमिक भूमिकालाई पूँजीको निरन्तर प्रभावमार्फत टिकाइरहने जापानको जस्तो सहायक भूमिकालाई अनुकरण गरिरहेको छ ।
उनीहरुका अनुसार चीनको यो भूमिकालाई बदल्ने हो भने चीनमा झन गहिरो र थप उदारवादी वित्त बजार आवश्यक हुन्छ । जस अन्तर्गत चिनीयाँ राज्यको पूँजी नियन्त्रणको अवस्थालाई भत्काउनु पर्छ । साथै चीनियाँ लगानी र उत्पादनलाई निर्यातबाट घरेलु खपततर्फ अभिमुख गर्नुपर्छ । तर यस प्रकृयाले चीनको द्रुत विकास र विश्व व्यवस्थामा प्रवेशलाई धानिरहेका सामाजिक सम्बन्धहरूमा असाधारण प्रभाव पार्दछ । यसो गर्न चीनका समुन्द्र–तटिय उद्योगहरूको पूर्नसंरचना, कल्याणकारी व्यवस्थाको कार्यान्वयन, वेतन वृद्ध, आय पुर्नवितरण आदि आवश्यक छन् र यसलाई आजका शक्तिशाली चीनियाँ पूँजीपति वर्गले प्रतिरोध गर्नेछन् । यि माथिका शर्तहरू प्रभावकारी कार्यान्वयन हुन शक्तिशाली मजदुर वर्ग र त्यसको युनियन आवश्यक छ । लामो कालमा यो सम्भव देखिएपनि हालको अवस्थामा कमजोर ट्रेड यूनियनका कारण यो संभव देखिन्न । थप, चीनीयाँ मजदुरवर्गले पश्चिममा जस्तै व्यक्तिवादी उपभोक्तावाद अँगाल्छ या सामुहिकतावाद अँगाल्छ अनुमान गर्न सकिन्न । यो कुरा अन्य देशका मजदुर आन्दोलनबाट महत्वपूर्ण रूपले प्रभावित हुन्छ । यसको अर्थ यो हुन्छ कि, मजदुरवर्गको संगठन र त्यसको आन्दोलन चीनको विश्व बजारमा भूमिकालाई तत्काल बदल्ने अवस्थाको छैन ।
चीन केन्द्रीत पूर्व एसियाको विकास र नयाँ अमेरिकी शताब्दी परियोजनाको असफलताले विश्वका सम्भ्यताहरूका बीच समानताको सम्बन्ध स्थापित भई बजार आधारित विश्व समाजको स्थापना हुने एडम स्मीथको सपना पूरा हुने सम्भावना बढेको तर्क गर्छन् आरिघी । अर्थात् अमेरिकी प्रभुत्वकोे मरणासन्न संकटले सभ्यताहरूको 'कमन वेल्थ' निर्माणलाई उपयुक्त वातावरण तयार गरेको छ । तर, उनी सचेत गर्छन कि पश्चिमी प्रभुत्वको पुन:स्थापित हुने प्रकृयाले लामो हिंसा या अन्तहिन अन्योल र अराजकता पनि ल्याउन सक्छ ।
अर्का विश्लेषक गियोमानी आरिघीले मा बिसौं शताब्दीको पछिल्लो आधाभागलाई पूर्व एसियाको आर्थिक पुन: जागरणको रूपमा बुझ्दछन् । ९० को दशकपछिको चीनको उदय यति उल्लेख्य र प्रभावकारी छ कि, यसले अमेरिकालाई पूर्व एसियामा व्यापारिक र आर्थिक विस्तारको मुख्य शक्तिको रूपमा विस्थापित गरिरहेको छ । चीन केन्द्रीत पूर्व एसियाको विकास र नयाँ अमेरिकी शताब्दी परियोजनाको असफलताले विश्वका सम्भ्यताहरूका बीच समानताको सम्बन्ध स्थापित भई बजार आधारित विश्व समाजको स्थापना हुने एडम स्मीथको सपना पूरा हुने सम्भावना बढेको तर्क गर्छन् आरिघी । अर्थात् अमेरिकी प्रभुत्वकोे मरणासन्न संकटले सभ्यताहरूको 'कमन वेल्थ' निर्माणलाई उपयुक्त वातावरण तयार गरेको छ । तर, उनी सचेत गर्छन कि पश्चिमी प्रभुत्वको पुन:स्थापित हुने प्रकृयाले लामो हिंसा या अन्तहिन अन्योल र अराजकता पनि ल्याउन सक्छ ।
आरीघीका अनुसार चीनको उदयले पूँजी संचयलाई अमेरिकाबाट दक्षिणी भेगमा अभिमुख गरेको छ । जसका कारण यी भेगका राष्ट्रहरूलाई व्यापार र लगानीको आकर्षक विकल्प प्रदान भएको छ र अमेिरकाले नियन्त्रित विश्व वित्तिय संस्थाहरूको लगामलाई कमजोर पार्दै लगेको छ । तर अर्कोतर्फ भने चीनले पूँजी संकलन र विकासमा चमत्कारीक विकास गरेसँगै आन्तरिक रूपमा असन्तुलित विकासले ठूलै समस्या पैदा गरेको छ । जसले गाउँ र शहरबीच, क्षेत्रहरूबीच, अर्थतन्त्र र समाजबीच सन्तुलित विकासकाे जबरजस्त माग गरेको छ । उनी थप्छन्- चीनको अर्थतन्त्रको पुन:अभिमुखीकरण चीनीयाँ समाजको मात्र होइन, विश्व समाजको भविष्यका लागि महत्वपूर्ण हुनेछ । उनको अनुमान छ -यदी चीनको स्व-केन्द्रीत र बजार-आधारित विकास, जनसहभागीतामा आधारित शासन आदिमा आधारित पुन:अभिमुखीकरणमा चीन सफल भए चीनले सभ्यताहरूको 'कमन वेल्थ' निर्माणमा निर्णायक योगदान गर्न सक्छ । यदि चीन पुन: अभिमुखीकरणमा असफल भए अन्योल र अराजकताको केन्द्र बन्दै गरेको विश्व नियन्त्रणको पश्चिमा प्रयत्नलाई पुन:स्थापित गर्न सहायक हुन्छ ।
विश्लेषक सेअन स्टार्स पश्चिमको पतन र एसियन शताब्दीको मतलाई गलत मान्दै तत्कालै एसियाली उदयले अमेरिकी नेतृत्वलाई ठूलो चुनौति नदिएको दाबी गर्छन् । उनको तर्क छ, कुनै देशको शक्तिलाई त्यसको कुल ग्राहस्थ उत्पादनमा नाप्न सकिन्न । किनकि हालको विश्व पूँजीवादी व्यवस्थाभित्र देशहरू छुट्टै राजनीतिक अर्थव्यवस्था होइनन् । उनका अनुसार राष्ट्रशक्तिको मापन राष्ट्रिय खातामा होइन कम्पनीहरूको स्वामित्वका आधारमा गरिनुपर्छ । यसरी हेर्दा चीनको राष्ट्रिय खातामा उत्पादन बढेको देखिए पनि उद्योगको स्वामित्व र नियन्त्रण विदेशीको हातमा भएकाले चीनको राष्ट्रिय खाताले चीनको शक्तिको ठिक चित्र दिदैन । उपभोग्य वस्तु तथा सेवामा अमेरिकी कम्पनीहरूको उपस्थितिलाई हेरेर स्टार्स के तर्क गर्छन् भने, यदि चिनियाँहरूले विकासको मोडेललाई राष्ट्रिय उपभोगतर्फ फेरि निर्देशित गर्न सफल भए भने पनि अमेरिकी कम्पनीहरू नै लाभान्वित हुनेछन् । यसको अर्थ हो, वर्तमान हालको चििनयाँ आर्थिक नीतिको निरन्तरतामा फेरि अभिमुखीकरणले विश्व व्यवस्थालाई असर पार्दैन । आजको विश्व व्यवस्थामा अमेरिका प्रभुत्वको निरन्तरता र चीनको असाधारण उदयको अवस्था हो । साथै अमेरिकी प्रभुत्व केहि लामो समयसम्म निरन्तर रहने छ ।
हुन्फूङ्ग हुङ्ग चीन तथा पूर्व एसियाको विकासका लागि पश्चिमा उपभोक्ता बजारमा निर्भरता तथा र आफ्नो बचतको मूल्यको संग्रहका लागि अमेरिकी वित्तीय प्रणालीमा निर्भरताका कारण विश्व व्यवस्थाले कुनै फड्को नमारेको दाबी गर्छन् । उनी भन्छन्: चीन आज पनि अमेरिकालाई सस्तो ऋण उपलब्ध गराउने र न्यून लगानीका वस्तुको निर्यात् गर्ने बन्धनबाट युक्त हुन सकेको छैन । त्यो भन्दा खराब त के भने निर्यातमुखी र घरेलु उपभोग–निषेधित विकासले चीनको अमेरीका माथिको वित्त निर्भरतालाई अरु एसियाली देशको भन्दा बढी गाढा बनाएको छ । उनी भन्छन्: चीनको गाउँ विरोधी र शहर पक्षधर नीति नै चीनको हालकोे विकासको निरन्तरताकोे श्रोत हो । थपमा, चीनले अमेरिकाका लागि सस्तो निर्यात गर्ने र आफूले गरेको बचत अमेरिकीहरूले आफ्नो निर्यात खरीद गर्न लगानी गर्ने हुनाले चीन अमेरिकी सहयोगीहरू मध्ये मुख्य सहयोगी बन्न पुगेको छ ।
उनकाे विश्लेषणमा यो अवस्थाबाट बाहिर आउन चीनले पुन:सन्तुलनको नीतिमा जानुपर्छ, जसअन्तर्गत निर्यात र घरेलु उपभोगको सन्तुलन प्राप्त गर्नुपर्छ । तर शहरकेन्द्रीत तटिय पूँजीपति वर्गले यो प्रकृयामा सहजै जान दिदैन । साथै अमेरिकी शासकवर्ग सँगको चिनियाँ पूँजीपति वर्गको पारस्परिक हितको सम्बन्ध पनि यसका लागि बाधक हुनेछन् ।
अमेरिका माथिको निर्भरतालाई तोड्ने गरी र यहि क्षेत्र भित्रको व्यापारलाई सघन बनाउने गरी गरिएको पुन:अभिमुखीकरणले मात्र पूर्वको स्वतन्त्र र समतापूर्ण विकासको नयाँ युगको सम्भावना दिन्छन् । यो नहुँदा संकटपछि विश्व पूँजीवादी व्यवस्थाको पश्चिमबाट पूर्वमा पुर्नस्थानान्तरण एउटा काल्पनिक आग्रह मात्र हो । यसको अर्थ हो: विश्व पूँजीवादी व्यवस्थाको वाञ्छनिय परिवर्तनले चीनको पक्षबाट निकै ठूला र चूनौतिपूर्ण कदमको माग गर्दछ ।
उता बुर्जुवा कित्ताका राजकिय लेखक र विश्लेषकहरूले पनि चीनको उदयमा उत्पात चिन्ता गरेका छन् । हन्टिङ्गटनले पश्चिमको प्रभूत्व असाधारण रूपले बलियो भएको र एक्काइसौं शताब्दीसम्म यो प्रभाव रहने दाबी गर्दागर्दै अन्य सभ्यताका तुलनामा पश्चिमी सभ्यताको प्रभाव खस्केको र खस्किरहने मत राख्दछन् । तर उनी पश्चिमको प्रधानतामा क्षय हुँदा विश्व शक्ति क्षेत्रीय रूपमा फैलने मत राख्दै यस बिचमा एसिया रआधारभूत रूपले चीन विश्व प्रभूत्व र प्रभावका लागि अमेरिकालाई चुनौति हुने प्रबल सम्भावना देख्छन् । त्यस्तै फुकुयामाले त चीनको अन्तर्राष्ट्रिय विकास रणनीति सफल भए चिनियाँ मोडेलको विस्तार हुने र संसारभरी उदारवादी लोकतन्त्रलाई प्रतिकुल असर पर्ने चिन्ता व्यक्त गरेका छन् । सँगसँगै चीनको उदयलाई उदारवादी अन्तर्राष्ट्रिय व्यवस्थाको सर्वसत्तावादी चुनौतिको रूपमा पनि बुझ्ने गरिन्छ । त्यस्तै चीनको उदयलाई क्षेत्रीय तथा अन्तर्राष्ट्रिय स्थायित्व, साथसाथै अमेरिकी स्वार्थ र सुरक्षामाथिको खतराको रूपमा पनि प्रचारवाजी गरिएको छ ।
माथिका छलफल र आजको विश्वलाई नियाल्दा विश्व पुँजीवादी व्यवस्थामा अमेरिकी प्रभुत्व खस्किंदै गरेको र चीनको द्रुत उदय हुँदै गरेको कुरालाई इन्कार गर्न सकिंदैन । नेपाली समाजको भविष्यको बाटो पनि भोलिको विश्व व्यवस्था कता जान्छ भन्ने कुरासँगै गहिरोसँग सम्बन्धित हुन्छ ।
यो स्मरण रहोस कि, विश्वव्यवस्था आक्रामक रुपले पूँजीवादी भए हाम्रा लागि समाजवादको यात्रा निकै कठिन र कतिपय अवस्थामा असम्भव हुन जान्छ । समाजवादी मुलुकले बितेको ३० वर्षमा भोगेका कठिनाई र गर्नुपरेका सम्झौता हेर्ने हो भने यो कुरा प्रष्ट हुन्छ । बदलिंदै गरेको विश्वव्यवस्थामा चीन मुख्य केन्द्र भयो र त्यसले विश्व व्यवस्थाको चरित्र नै बदल्दै आफ्नो यात्रा समाजवादतर्फ तय गर्यो भने नेपालका लागि समाजवाद उन्मुखताको अनुकुल वातावरण बन्ने छ ।
यदि कतिपयले अनुमान गरेजस्तो चीन विश्व व्यवस्थाको केन्द्र हुने दिशा तर्फ बढीरहेको छ भने नेपाली समाजवादी आन्दोलनमा यसको असर के हुन्छ ?
यदि विश्व व्यवस्था पूँजीवादी नै रहयोे र चीन त्यो व्यवस्थाको केन्द्र बन्यो भने त्यसले नेपालमा पूँजीवादी व्यवस्थाको लागि वातारण बनाउने छ । यो प्रकृयामा हिजो शीत प्रतिस्पर्धामा दक्षिण कोरिया, ताइवान, जापान आदि देशहरु विकासमा लाभान्वित भएजस्तै चीनको आफ्नाे वर्चश्व बनाउने र बढाउने रणनीति अन्तरगत नेपालले शौभिध्यता प्राप्त गरि लाभान्वित हुने सम्भावना रहन्छ । यसो हुँदा नेपाली समाजमा पूँजीवादी व्यवस्था अन्तरगत उत्पादक शक्तिको बिकासको आधार बन्ने छ । यो स्मरण रहोस कि, विश्वव्यवस्था आक्रामक रुपले पूँजीवादी भए हाम्रा लागि समाजवादको यात्रा निकै कठिन र कतिपय अवस्थामा असम्भव हुन जान्छ । समाजवादी मुलुकले बितेको ३० वर्षमा भोगेका कठिनाई र गर्नुपरेका सम्झौता हेर्ने हो भने यो कुरा प्रष्ट हुन्छ । बदलिंदै गरेको विश्वव्यवस्थामा चीन मुख्य केन्द्र भयो र त्यसले विश्व व्यवस्थाको चरित्र नै बदल्दै आफ्नो यात्रा समाजवादतर्फ तय गर्यो भने नेपालका लागि समाजवाद उन्मुखताको अनुकुल वातावरण बन्ने छ ।
यदि चीन र अन्य राष्ट्रको उदय र पश्चिमको प्रभुत्वको कमजोर हुंदै जाँदा विश्व प्रभुत्वको एकल केन्द्र बनेन भने एडम स्मिथले कल्पना गरेजस्तो क्षेत्रिय र देशिय रुपले बढि समतामुलक विश्व बन्दै जाला जसको असर अन्तराष्ट्रिय सम्बन्धमा मात्र होइन राष्ट्रका आन्तरिक, सामाजिक र आर्थिक सम्बन्धमा पनि अनिवार्य रुपले पर्नेछ । यो प्रभाव नेपालका लागि समतामुलक निर्माणका लागि अनुकुल हुनेछ । तर प्रभूत्वको प्रतिस्पर्धाले संसारलाई युद्धतर्फ धकेल्यो भने त्यसको परिणाम विश्व या नेपालका लागि अनुमान बाहिरका कुरा भए । पूँजीवादी विश्वव्यवस्था भित्रको युद्धले बेग्लै चरित्रको विश्वव्यवस्थाको आधार दिन्छ भनिहाल्न सकिन्न किनकि त्यसले पुरानै चरित्रको व्यवस्थालाई जिबित राखेर हारजितको परिणामस्वरुप केन्द्रहरु मात्र फेरबदल गर्न पनि सक्छ ।
के कुरामा खास विमति छैन भने चीनको विकासको दिशाले विश्व व्यवस्था र नेपालको विकासको दिशालाई प्रभावित गर्छ । त्यसकारण, चीन स्वयं कता जाँदैछ ? र कता जाने तयारी गरिरहेको छ ? भन्ने कुराले ठूलो महत्व राख्छ ।
चीन हाल आधारभूत र चारित्रिक हिसाबले पूँजीवादी व्यवस्था नै हो चीनियाँ विशेषता सहितको पूँजीवाद । यो विश्व पूँजीवादी व्यवस्थाको विकल्पको रुपमा होइन त्यसका आधारभूत नियम अन्तर्गत त्यसभित्र प्रवेश गरेको छ र यसले हासिल गरेको चामत्कारीक विकास यस प्रक्रियासँग सम्बन्धित छ । यो कुनै वैकल्पिक नियम र गतिशीलता अन्तर्गत अगाडि बढेको होइन । त्यस्तै, उत्पादनका साधनको स्वामित्व र सम्पत्ति वितरणलाई हेर्दा पनि यो निसन्देह पूँजीवादी नै छ । क्षेत्रीय असमानता, ग्रामीण शहरी असमानता, व्यक्तिगत तहका आर्थिक असमानता यसका चारित्रिक र अकाट्य प्रमाण हुन् । चिनियाँ कम्युनिष्ट पार्टीका दस्तावेज र नेताहरुका औपचारिक अभिव्यक्तिहरुमा नै चीनको विकाशलाई अस्थिर, असन्तुलित, समन्वय नभएको र धान्नै नसकिने मानिएको छ ।
चिनियाँ कम्यूनिष्ट पार्टीको १९औँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत प्रतिवदेनमा सी चिनफिङ स्वयंले चीनमा असन्तुलित र अपर्याप्त विकास समस्या भएको, विकासको परिणाम र गुण जे हुनुपर्ने हो त्यसको निवारण भयानक चुनौति रहेको, गाउँ र शहरबीच, क्षेत्रबीच, आय वितरणमा ठूलो असमानताहरु रहेको बताएका छन् । सीले चिनियाँ समाजको प्रधान अन्तरविरोध एकातर्फ असन्तुष्टि र अपर्याप्त विकास र अर्कोतर्फ उन्नत जीवनका लागि जनताको निरन्तर बढिरहेका चाहना भएको सिद्धान्तकृत गरेका छन् । सोही प्रतिवेदनमा समाजवादको विकासका चरणहरुमा चीन प्राथमिक चरणमा रहेको कुराको पनि जिकिर गरिएको छ । समाजवाद निर्माणको आगामी कार्यभारलाई दुई चरणमा शुत्रवद्ध गरिएको छ । पहिलो चरण २०२०–२०३५ जसमा मध्यम स्तरको समृद्द समाज बनाउने, मध्यम वर्गको आकार उल्लेख्य वृद्धि गर्ने र क्षेत्रीय, गाउँ शहर र जीवनस्तर भएका असमान्ता ठूलै हदमा घटाउने जस्ता लक्ष्यहरु पर्दछन् । त्यसपछि दोस्रो चरण २०३५–५० मा चीनको आधुनिकीकरण, चीन एउटा विश्व नेताको रुपमा स्थापित गर्ने, सबैका लागि साझा समृद्धि प्राप्त गर्ने, र चीनलाई एउटा महान आधुनिक समूह समाजवादी देश बनाउने लक्ष्य पर्दछन् ।
समाजवाद निर्माणको यो लक्ष्य र चरणमा चीनमा उत्पादन सम्बन्ध र स्वामित्व कसरी बदलिन्छन् भन्ने कुराले ऊ सँग अर्थतन्त्र जोडिएका मुलुकका समाजवादी आन्दोलनलाई प्रभावित गर्छ । उत्पादन सम्बन्ध कसरी फेरिन्छन् या चिनियाँ राज्य कुन वर्गको पक्षधर रहन्छ भन्ने कुरो स्वयं त्यहाँ विकसित हुने मजदुर वर्ग र त्यसका संगठन तथा त्यसले लिने आन्दोलनको दिशाले निर्धारण गर्दछ । सफल मजदुर आन्दोलनको परिणामका दुई सम्भावना रहन्छन् । यदि ज्याला तथा सुविधा वृद्धि र व्यक्तिवादी उपभोक्तावादलाई मजदुर वर्गले आफ्नाे आन्दोलनको लक्ष्य माने चीन एक कल्याणकारी राज्य बन्ला । मजदुर वर्ग र चीनीयाँ कम्युनिष्ट पार्टीले उत्पादन तथा वितरणकोे सामूहिक नियन्त्रण व्यवस्थापनको बाटो लिए चीन समाजवाद उन्मुख बाटोमा जानेछ । तर, हालको विकासको प्रकिृयामा, जुन मुलभूत रुपले पूँजी पुनर्उत्पादनको प्रकिया हो, बुर्जुवा वर्गको भूमिकाको ठाउँ रहिरहेसम्म समाजवाद उन्मूख सुधार या परिवर्तन कमजोर नै रहने छ । हाम्रो अर्थतन्त्र चीनसँग जति सघनरुपले जोडिएको हुनेछ, चिनियाँ समाजमा आएका संकट समस्या आन्दोलन र त्यसका उपलब्धिहरुले हामीलाई यही अनुपातमा प्रभावित गर्नेछन् ।
चीनको अन्तर्राष्ट्रिय योजना र नेपालविश्व व्यवस्थामा एउटा उदयमान राष्ट्रका हिसाबले चीनको निकै भिमकाये अन्तर्राष्ट्रिय योजना पनि छ । बी आर आई प्रश्न छन्ः हाम्रो आम विकास ‘बी आर आई’ को सम्बन्ध कस्तो हुन्छ रु ‘केबी आर आई’ नेपालको समाजवाद उन्मूख विकासको लागि सहायक या अनुकुल हुन्छ रु थप प्रश्न छन् स् ‘बी आर आई’ मार्फत चीन नयाँ साम्राज्य या प्रभूत्वको रुपमा त उदय हुँदैन रु
निःसन्देह ‘बी आर आई’ एउटा विशाल महत्वकांक्षी योजना हो । पुरानो उपनिवेशवाद र आजको अमेरिकी प्रभूत्वको सिद्धान्त र नियतसँग तुलना गर्ने हो भने, ‘बी आर आई’ अतुलनिय रुपले नरम र मानवीय छ । उपनिवेशवादले अन्य देश र सभ्यतालाई असभ्य र तल्लोस्तरको आफूलाई उच्च र सभ्य संस्कृति या जातिको मान्थ्यो र सभ्यकरणलाई आफ्नाे लक्ष्य बताउँथ्यो । यसमार्फत प्रयोग गरिएको सैनिक बल र हिंसाको त कुरै नगरौं । १९९० पछि आक्रामक रुपले अघि सारिएको र केही हदसम्म अभ्यास गरिएको नयाँ अमेरिकी शताब्दी परियोजना त सैनिक शक्तिमार्फत अमेरिकी स्वार्थका लागि अमेरिकी प्रभूत्वलाई विश्वस्तरमा स्थापना गर्ने खुला आकांक्षा राख्दछ । विश्व व्यापारको नियम अमेरिकाले लेख्नुपर्छ भन्ने ओबामा स्वयंकाे अभिव्यक्तिमा त्यसको प्रभूत्वको चाहना हो भन्ने कुरा प्रष्ट हुन्छ ।
यता चीनको पनि २०५० सम्ममा अन्तर्राष्ट्रिय हैसियत र राष्ट्रिय शक्तिका हिसाबले ‘विश्व नेता’ हुने योजनामा छ । तर सँगसँगै चीनले ‘बी आर आई’ शान्ति, सहकार्य खुल्लापन, समावेशीता, पारस्परिक सिकाइ र पारस्परिक लाभको भावनामा आधारित हुने आग्रह राख्दछ । पश्चिमी सभ्यतालाई श्रेष्ठ ठान्ने र ‘सभ्यताको झडप’ विश्वको भविष्य देख्ने प्रवृत्ति विपरित चीनले अन्य सभ्यताका उपलब्धिबाट सिक्ने, मानवजातिको लागि साझा भविष्यको समूदायको निर्माण गर्ने अभिलासा राख्दछ । यसमा सैनिक शक्तिको दम्भ र प्रभूत्व कतै छैन । चीन भन्छः ‘अरु देशहरुका आन्तरिक मामिलामा हस्तक्षेप गर्ने, हाम्रो सामाजिक व्यवस्था र विकासको मोडल अरुलाई निर्यात गर्ने चाहना र अरुमाथि लाद्ने हाम्रो नियत छैन ।’ यो परियोजनामा चीनले आफू भूराजनैतिक दाउपेच नगर्ने, स्थायित्व प्रतिकुल हुनेगरी साना समूह नबनाउने बरु ‘सुमधुर सह–अस्तित्वको लागि ठूलो परिवार’ निर्माण गर्ने चाहना रहेको बताउछ ।
तर, चीनका आलोचक ‘बी आर आई द्वारा विभिन्न देशमा निर्माण भएका परियोजनामार्फत चीनले ती देशमा प्रभूत्व जमाउँन सक्ने अनुमान गर्छन् । यी विषयमा अहिले नै प्रतिक्रिया दिँदा छिटो हुन सक्छ तर, सार्वभौमसत्ताको अभ्यासलाई नै प्रतिकुल असर पर्नेगरी चीनले प्रभाव पारेको भने देखिएको छैन । तर भविष्यमा के हुन्छ ? अनिश्चित छ र किटानका साथ केही भन्न सकिन्न । यद्दपी ऐतिहासिक भौतिकवादी दृष्टिकोणबाट हेर्दा के प्रष्ट छ भने, चिनियाँ समाजको हालको वर्ग संरचना अन्तर्गतको वर्गसंघर्ष कसरी अगाडि बढ्छ भन्ने कुराले चिनियाँ राज्य र कम्युनिष्ट पार्टीको दृष्टिकोण र नीतिलाई निर्माण गर्छ । तर यो स्वयं नै अरु धेरै कुरामा भर पर्दछ । हालको वर्ग संघर्षमा समाजवादको चाहना राख्ने वर्ग प्रभावशाली भए त्यसले चीनलाई समाजवादतर्फ लान्छ र आजको ‘बी आर आई’ मा व्यक्त गरेको भाव सोही अनुसार कार्यान्वयन हुन सक्ने वातावरण बन्छ ।
तर यो संघर्षमा पूँजीपति वर्ग बलियो र प्रभावशाली भयो भने त्यो वर्गको स्वार्थअनुसार चीनको वैदेशिक नीति र देशहरुसँगको सम्बन्ध निर्धारण हुनेछ । जसअन्तर्गत अरु देशहरुबाट अधिकतम लाभ प्राप्त गर्नु नै त्यसको मुख्य लक्ष्य हुनेछ र त्यसका लागि आवश्यक सबै विधि चिनियाँ राज्यले अवलम्बन गर्नेछ । नेपालको हकमा पनि त्यही लागू हुनेछ । तर यो पनि सम्भव छ कि, सामरिक वा सुरक्षाका हिसाबले नेपालको महत्वलाई चीनले विशेष स्थान दिए नेपाल– चीन सम्बन्ध नेपालका लागि अनुकुल नै हुनेछ ।
तर चीनमा मजदुर वर्ग बलियो हुँदै जाने, पश्चिमा पूँजीवादी केन्द्रहरुको आर्थिक शक्ति कमजोर हुँदै जाने, त्यहाँ पनि समाजवादी आधारहरु बलिया हुँदै जाने, र नवउदारवादले सिर्जना गरेका तमाम समस्या र सामाजिक आर्थिक अन्तरविरोध पूँजीवादी प्रणाली भित्र हल नहुने वस्तुतः परिस्थिति बनेपछि त्यसले समाजवाद अनुकुलको भौतिक आधार तयार गर्नेछ । स्मरण रहोस् पूँजीवादमा पूँजी विस्तारको या पूँजी सञ्चालनको ठाउँ रहुँन्जेल पूँजीवाद चोला फेरेर बाँचिरहने छ । तर पूँजीवाद भूमण्डलिकृत भएपछि पूँजीवाद बाँचिरहने ठाउँ लगभग हुँदैन होला । ऐतिहासिक भौतिकवादका हिसाबले त्यो बेला समाजवादको वस्तुगत परिस्थिति बनेको हुनेछ ।
नेपालमा समाजवादका मुलभूत शर्तविश्व व्यवस्थाको यो प्रकृति र चलायमानतासँगको सम्बन्धका अतिरिक्त नेपालमा समाजवादमा समाजवाद उन्मुखताका लागि आधारभूत रुपले केही कुराले महत्व राख्छन् ।
१. नेपालमा प्रभूत्वमा रहेको हालको अनुत्पादक पूँजीलाई उत्पादक पूँजीमा रुपान्तरण गर्ने प्रकिृया शुरु हुनुपर्छ । तर यो प्रकिृया त्यति सजिलै शुरु हुँदैन । वर्तमानमा वित्तीय पूँजी (अनुत्पादक पूँजी) प्रभावशाली छ र यो निरन्तर पुनर्उत्पादित भइरहेको छ । यस पूँजीको पुनर्उत्पादनमा रोकावट या संकट नआएसम्म रुपान्तरण निक्कै जटिल या वस्तुतः असम्भव नै हुन्छ । रुपान्तरणका लागि ठूलो योजना र राजनीतिक प्रतिवद्धता आवश्यक हुन्छ तर यो पूँजीले राजनीतिक र समाजका अन्य संस्थाहरुमा प्रभाव र कब्जा जमाएको हुँदा रुपान्तरणलाई रोक्ने जवर्जस्त प्रयत्न गर्दछ । यस पूँजीमा संकट या प्रभावकारी प्रतिकुलता आएपछि मात्र रुपान्तरणको बाटो वस्तुतः खुल्ला हुन्छ । त्यसकारण हाल शासन गरिरहेको पूँजीको क्षमता, आकार, गतिशीलता, विकास, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जालो, त्यसको संकटको नियम र दिशा बुझ्नु संकटकाबाट रुपान्तणको विधि र दिशाको खाका बनाउनु नेपालको समाजवादी आन्दालनको एक महत्वपुर्ण कार्यभार हो ।
२. समाजवादतर्फ जानलाई समाजवादमा मात्र आफ्नाे स्थायी हित र स्वार्थ देख्ने अर्थात् समाजवाद चाहने वर्ग या वर्गहरु हुनैपर्छ । साथै तिनको बहुमत, संगठन र समाजवादी चेतना पनि आवश्यक हुन्छ । हाल नेपालमा त्यस्तो वर्ग छ छैन निर्क्याेल गर्नुपर्छ । नेताका आदर्श र प्रवुद्ध चाहनाले समाजवाद आउँदैन । वर्ग र त्यसको भौतिक परिस्थिति विनाको समाजवादको चाहनाको सैद्दान्तिक आधार काल्पनिक समाजवाद हो वैज्ञानिक समाजवाद होइन ।
३. हाललाई कल्याणकारी प्रावधान या केही महत्वपूर्ण सामाजिक सुरक्षा र सुविधामा सबैको समान पहुँचलाई समाजवादको थालनीको बिन्दु मान्ने हो भने पनि त्यसका कम्तीमा दुईवटा प्रमुख शर्तहरु छन्:
(क) राजकीय तथा सार्वजनिक क्षेत्रको आर्थिक क्षमता । यो कुरा स्वयं सार्वजनिक क्षेत्रको भूमिका र सबलताको पक्षधर वर्गको प्रभावशाली उपस्थिति, भूमिका या हस्तक्षेप विना असम्भव हुन्छ ।
(ख) सामाजिक सुविधाबाट वञ्चित भएमा वर्गहरुद्वारा कल्याणकारी प्रावधानको माग र त्यो मागलाई निर्णायक बनाउन सक्ने सांगठनिक या वैचारिक क्षमता।
सारमा, नेपाली समाजवादी आन्दोलनले विश्व व्यवस्थाको चरित्र, दिशा, त्यसको संकट, चीनको भूमिका र दिशा र त्यस प्रक्रियामा विकसित हुने वर्गहरु र तीनका संघर्ष आदिको अध्ययन नगरी आफ्नाे सम्भावना र दिशा तय गर्न सक्दैन ।
नेपालमा प्रभूत्वमा रहेको हालको अनुत्पादक पूँजीलाई उत्पादक पूँजीमा रुपान्तरण गर्ने प्रकिृया शुरु हुनुपर्छ । तर यो प्रकिृया त्यति सजिलै शुरु हुँदैन । वर्तमानमा वित्तीय पूँजी (अनुत्पादक पूँजी) प्रभावशाली छ र यो निरन्तर पुनर्उत्पादित भइरहेको छ । यस पूँजीको पुनर्उत्पादनमा रोकावट या संकट नआएसम्म रुपान्तरण निक्कै जटिल या वस्तुतः असम्भव नै हुन्छ । रुपान्तरणका लागि ठूलो योजना र राजनीतिक प्रतिवद्धता आवश्यक हुन्छ तर यो पूँजीले राजनीतिक र समाजका अन्य संस्थाहरुमा प्रभाव र कब्जा जमाएको हुँदा रुपान्तरणलाई रोक्ने जवर्जस्त प्रयत्न गर्दछ । यस पूँजीमा संकट या प्रभावकारी प्रतिकुलता आएपछि मात्र रुपान्तरणको बाटो वस्तुतः खुल्ला हुन्छ । त्यसकारण हाल शासन गरिरहेको पूँजीको क्षमता, आकार, गतिशीलता, विकास, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जालो, त्यसको संकटको नियम र दिशा बुझ्नु संकटकाबाट रुपान्तणको विधि र दिशाको खाका बनाउनु नेपालको समाजवादी आन्दालनको एक महत्वपुर्ण कार्यभार हो ।