Logo मंसिर ९, २०७७ मंगलबार


‘गलबन्दी’ पछि प्रकाश सपुतको सबैलाई रुवाउने ‘हुन्छ भन न’

काठमाडौं । चर्चित गीत ‘गलबन्दी’ का गायक एवं मोडल प्रकाश सपुतको फेरि अर्को सबैलाई रुवाउने भिडियो सार्वजनिक भएको छ। गायिका पूजा सुनुवारको ‘रहर’ एल्बममा समाबेश ‘हुन्छ भनन’ बोलको म्युजिक भिडियोमा प्रकाश सपुत र नायिका वर्षा राउत अभिनय रहेको छ ।

गायिका पूजा सुनुवारको ‘रहर’ एल्बममा समाबेश ‘हुन्छ भनन’ बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । डस म्युजिक प्रालिको प्रस्तुति रहेको एल्बम ‘रहरु’ लाई शुक्रबार प्रमुख अतिथि, वरिष्ठ संगीतकार एवं संगीतकार संघ नेपालका प्रथम (पूर्व) अध्यक्ष लक्ष्मण शेषले सार्वजनिक गरेका हुन् । सार्वजनिक एल्बममा पाँच गीत समावेश भएका छन्।

अनुप चापागाईँको निर्देशनमा बनेको म्युजिक भिडियो उत्सव दाहालले छायाँकन र विकाश दाहालले सम्पादन गरेका हुन् ।

दीपक शर्माको शब्द र संगीत रहेको गीत ‘हुन्छ भनन’ मा डेबिड शंकरको मेल भोकल रहेको छ । ‘रहर’ एल्बममा गायिका पूजाको अलवा राजेश पायल राई, डेबिड शंकरको स्वर सुन्न सकिन्छ भने चर्चित गीतकार डिपी खनाल, दिपक शर्मा, राम गोपाल ‘आशुतोष’ कृष्ण सुनुवार र खलनको मान्छेको शब्द रहेको छ । युवा सङ्गीतकार शंकर थापा ‘स्माइलु’ दिपक शर्मा,शिव साम्पोङ्ग,अनिश श्रेष्ठ र पुस्कर सुनुवारको संगीत छ ।

नेपालीबाहेक, नेपालभाषा, सुनुवार, थारू, तामाङ, कुमाउनी, रंगित तथा देउडालगायत विभिन्न भाषाभाषिकाका दुई सय गीतमा आफ्नो आवाज दिईसकेकी गायिका सुनुवारको यस अघि २०७३ सालमा ‘नजर’ एल्बम सार्वजनीक भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । कोरोना महामारीका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा आजबाट सुरु भएको छ । देशभरका ४…

चुनावको नतिजा अस्वीकार गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः राष्ट्रपतिमा निर्वाचित जो बाइडेनका लागि सत्ता सञ्चालनको बाटो खोल्ने भएका…

भारतीय विदेश मन्त्रालयले विदेश सचिवस्तरीय वार्ता उच्च स्तरीय कूटनीतिक भ्रमणको निरन्तरता रहेको जनाएको छ ।

घरपायक परीक्षा केन्द्र र परीक्षाको ३५ दिनअघि नै परीक्षा केन्द्र छनोट गरिसक्नुपर्नेछ ।

हाल देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ। देशका अन्य भूभागमा मौसम सामान्यता सफा रहेको छ।

सामुहिक काममा अलमल हुनेछ । विरोधीसँग विवाद हुनेछ । स्वास्थ्यमा समस्या आउनेछ ।