“काव्य–अर्चना” कविता वाचन कार्यक्रम सम्पन्न

काठमाडौं । दियालो साहित्य सरगम र सांस्कृतिक संस्थानको संयुक्त आयोजनामा आयोजित कविता वाचनको विषेश कार्यक्रम “काव्य–अर्चना” सम्पन्न भएको छ । काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरको हलमा नेपाल प्रज्ञा प्रतिष्ठानका काव्य विभाग प्रमुख प्राडा हेमनाथ पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमको शुरुमा छन्द कवि रमेश खकुरेलले श्लोक वाचन गर्नु भएको थियो । तीनजना छन्दकवि र तीनजना गद्यकविको विषेश वाचन रहेको कार्यक्रममा कवि प्रभा भट्टराई तथा गजलकार बाबु त्रिपाठी समेत अतिथिका रुपमा उपस्थित हुनुभएको थियो ।

कार्यक्रममा छन्द कवितातर्फ ललितपुरका कवि रत्न विरही घिमिरे, सोलुखुम्बुका कवि गणेशप्रसाद खतिवडा तथा दाङकी कवि रितु खनालले आफ्ना विभिन्न छन्दका तीन/तीनवटा कविता सुनाउनुभएको थियो । त्यसैगरि कवितातर्फ नुवाकोटकी कवि लक्ष्मी रुम्बा, मकवानपुरकी कवि सानु खतिवडा तथा सुनसरीकी कवि लता कार्कीले पनि तीन/तीनवटा कविता सुनाउनुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि पौडेलले कार्यक्रमलाई नेपालकै उच्चस्तरको कार्यक्रम भएको भन्दै कार्यक्रमले नेपाल प्रज्ञा प्रतिष्ठानलाई समेत चुनौती दिएको उल्लेख गर्नुभएको थियो ।

कार्यक्रममा सांस्कृतिक संस्थानका प्रवन्धक प्रभाकर देव शर्माले दियालोका हरेक कार्यक्रम उत्कृष्ट हुने गरेकै कारण आफूले दियालो साहित्य सरगमसँग सहकार्य गरेको बताउनुभयो।

कार्यक्रमको सभापतित्व गर्नु भएकी दियालो साहित्य सरगमकी अध्यक्ष शान्ति शर्माले काव्यिक रुपमा आकर्षक मन्तव्य दिँदै मोफसलमा रहेका साहित्यकारलाई केन्द्रमा जोड्ने तथा राजधानीमा रहेका साहित्यकारलाई देशका कुना-कुनासम्म पुर्‍याउने उद्धेश्यका साथ आफ्नो संस्थाले कार्य गरिरहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा वरिष्ठ कविहरूको बाक्लो उपस्थिति थियो । कार्यक्रमको संयोजन तथा सञ्चालन शिवराम खड्काले गर्नुभएको थियो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । पाकिस्तानमा डाक्टर र वकिलबिच झडप हुँदा १५ जनाको मृत्यु भएको छ । बुधबार पाकिस्तानको लाहोरस्थित पञ्जाब इन्सटिच्युट अफ…

काठमाडौं । बुधबार साँझदेखि पश्चिमी भू–भागबाट न्यून चापीय प्रणाली नेपालमा प्रवेश गरेका मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रणालीका कारण…

एकमहिने सुत्केरी ललिताका पति गोपीकुमारले रकम जोहो गर्न आफ्नो गाउँ र सदरमुकाममा भिख माग्न थालेका छन् ।

मेष- मित्रजन भेटघाट हुनेछ । धनको कारोबार बढ्नेछ । वृष- शंकाले बाधा गर्नेछ । रमाइलोमा दिन बित्नेछ मिथुन- अनावस्यक धन…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

काठमाडाैं । ‘समानताको पुस्ताः बलात्कार विरुद्ध ऐक्यवद्धता’ भन्ने मूल नाराका साथ गत २५ नोभेम्बरबाट शुरू भएको “लैङ्गिक हिंसा विरुद्धको १६…