लोक दोहोरी प्रतिष्ठानको अध्यक्षमा बीजी

पोखरा । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा रमेश बीजी निर्वाचित हुुनुभएको छ । पोखरामा ६ र ८ गते भएको सातौँ महाधिवेशनमा प्रतिस्पर्धी लोक गायक विष्णु खत्रीलाई पराजित गर्दै बीजी अध्यक्षमा निर्वाचित हुनुभएको हो । निर्वाचनमा बीजीले ५८४ मत र खत्रीले ५४५ मत प्राप्त गर्नुभएको थियोे ।

त्यसैगरि वरिष्ठ उपाध्यक्षमा रीता थापामगर, प्रथम उपाध्यक्षमा पशुपति शर्मा, द्धितीय उपाध्यक्षमा रामजी खाँड, महिला उपाध्यक्षमा राधिका हमाल निर्विरोध निर्वाचित हुनुभएको छ ।

कोषाध्यक्षमा राजु ढकाल ७३७ मत ल्याएर विजयी हनुभयो भने सहकोषाध्यक्षमा ईश्वरीप्रसाद भुसाल, प्रशासनिक सचिवमा कृष्ण रेउले, खुला सचिवमा जीवन दाहाल, रमेशराज भट्टराई, कुलेन्द्र विश्वकर्मा, हरि डाँगी, प्रचण्ड जिसी, वसन्त थापा र पुष्कल शर्मा विजयी हुुनुभएको छ ।

महासचिवमा सुवास केसी, उपमहासचिवमा शङ्कर विसी र शिव हमाल, साङ्गठनिक सचिवमा खुमन अधिकारी, महिला सचिवमा जमुना राना मगर र सहकोषाध्यक्ष महिलातर्फ पूर्णकला बिसी निर्विरोध चयन हुनुभएको छ ।

महाधिवेशन आयोजक समितिका सहसंयोजक सुरेन्द्र गुरुङकाअनुसार केन्द्रीय सदस्य महिलातर्फ सम्झना लामिछाने मगर, जानकी तरामी मगर, अञ्जली अधिकारी, जुना श्रीष मगर, अमृता लुङ्गेली मगर, सरला पाण्डे र सीता राना निर्वाचित हुुनभएको छ ।

केन्द्रीय सदस्य विदेश शाखामा रामकृष्ण बम मल्ल र दुर्गा पङ्गेनी विजयी हुनुभयो भने केन्द्रीय सदस्यमा गण्डकीतर्फ तारानाथ आचार्य तथा सुदूरपश्चिमतर्फ नवीन धामी विजयी हुनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष–अनावश्यक लाञ्छना लाग्नेछ । नयाँ काम बिग्रिन सक्नेछ । वृष– छोटो यात्राको सुख मिल्नेछ । वैवाहिक प्रेममा सुख मिल्नेछ ।…

काठमाडौं । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट कोरोनालाई पराजित गरेर ६ वर्षीया बालिका घर फर्केकी छन् । श्वासनलीमा मासु पलाएका…

सीमा जोडिएको चीनमा कोरोना महामारीले ताण्डव मच्चाएको बेलामा नै  यसबारे किन सतर्क हुन सकिएन ?

सरकारको काममा जनमासको विश्वास छाओस् । सरकारको जितमा नै जनताको खुशी र जित छ ।

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘स्वास्थ्य संकटकाल’ घोषणाको लागि मन्त्रिपरिषद्मा प्रस्ताव लग्ने भएको छ । मन्त्रालयको बुधबारको बैठकले ‘हेल्थ…

काठमाडौं । संघीयता खारेज गर्न माग गर्दै संसदमा प्रस्ताव दर्ता भएको छ । संघीयताको पहिल्यैदेखि विरोध गर्दै आएको राष्ट्रिय जनमोर्चाले…