गोपाल पाठकर विनोद लामिछानेर अनिष्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (मंगलबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार हो । शत् प्रतिशत समाचार जनता टेलिभिजनमा हरेक दिन राति १० बजे र पुनः प्रसारण राति १ बजे र बिहान ३ बजे हेर्न सकिन्छ । जनता समाचार डट्कममा पनि आज घटेका विश्वभरका एक सय समाचार पढ्न सकिन्छ ।
शिक्षा, स्वास्थ्य, सामाजिक, आर्थिक, राजनीति, अपराध, प्रदेश, मनोरञ्जन, अन्तर्राष्ट्रिय, खेलकुद, लगायतका सम्पूर्ण समाचारको एकमुष्ट समाचार संगालो शत % समाचार।
आजका एक सय समाचार यसप्रकार छन् :
१. प्रधानमन्त्री केपी शर्मा ओलीले एपेन्डिक्सको अप्रेसन सम्पन्न ।
२. पेट दुख्ने समस्या बढेपछि प्रधानमन्त्री ओलीलाई मंगलबार बिहान मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर गरिएको थियो भर्ना ।
३. सघन उपचार कक्षमा रहनुभएका प्रधानमन्त्री चिकित्सकको निरन्तर निगरानीमा रहेको अस्पतालद्वारा जानकारी ।
४. प्रधानमन्त्रीको अवस्था अहिले स्थिर रहेको अस्पतालका कार्यकारी निर्देशन प्राडा उत्तमकृष्ण श्रेष्ठद्वारा जारी विज्ञप्तीमा उल्लेख ।
५. मंसिर १४ गते हुने उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगद्वारा जानकारी ।
६. मतदान सामग्री मतदान केन्द्रमा पुर्याउनेदेखि स्वयंम्सेवी खटाउनेसम्मको काम सम्पन्न भइसकेको आयोगको भनाइ ।
७. उपनिर्वाचनलाई सभ्य, धाँधलीरहित र मत बदर नहुने गरी सम्पन्न गर्न सबै किसिमका व्यवस्था गरिएको आयोगको दाबी ।
८. केही ऐन, कानुन संशोधन गरेको र उपनिर्वाचन प्रयोजनाका लागि आर्थिक निर्देशिका समेत तयार पारेको जानकारी ।
९. धरानमा चन्दा आतंक मच्चाउने नेत्रबिक्रम चन्द विप्लवका ९ जना कार्यकर्ता प्रहरीद्वारा पक्राउ ।
१०. जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको विशेष टोलीद्वारा विप्लव कार्यकर्ता पक्राउ ।
११. पक्राउ परेकाहरुको साथबाट प्रेसर कुकर एक थानसहित आर्थिक सहयोगको रसीद २ थान, मोवाइल सेट १० थान र सिम १२ थान वरामद भएको प्रहरीद्वारा जानकारी ।
१२. पक्राउ पर्नेमा रमेश ढकाल, दिपेन्द्र राई, उदिप रसाइली, संजेश राई, प्रवीण राई, उमेश राई, पदम राई, महेन्द्र राई र सुवास राई ।
१३. नेपाल–भारत पारवहन सन्धि पुनरावलोकन बैठक काठमाडौंमा शुरू ।
१४. दुई देशबीचको व्यापारमा सहजीकरणमा सहयोग पुर्याउने उद्देश्यले बैठक आयोजना गरिएको जानकारी ।
१५. दुई दिनसम्म हुने बैठकले जलमार्ग र थप नयाँ बन्दरगाह प्रयोगबारे सन्धिमा समावेश हुने विषयलाई अन्तिम रुप दिने ।
१६. पारवहन सन्धिका विविध विषयलगायत हल्दिया–साहिवगञ्ज–कालुघाट जलमार्ग तथा गुजरातको मुन्द्रा र उडिसाको धाम्रा बन्दरगाह प्रयोगको विषयमा पनि विस्तृत छलफल हुने ।
१७. सार्वजनिक खरिद नियमावली–२०७६ तत्काल सच्याउन नेपाल निर्माण व्यवसायी महासंघको सरकारलाई दबाब ।
१८. निर्माणमैत्री हुने गरी नियमावली तत्काल सच्याएर विकास निर्माणको कामलाई सञ्चालन गराउने वातावरण बनाउन पनि सरकारसँग माग ।
१९. नियमावली सच्याउन माग गर्दै महासंघद्वारा प्रधानमन्त्री निवास बालुवाटारमा एक घण्टा धर्ना ।
२०. स्थानीय तहमा बीउबिजनको दर्ता गर्ने कामलाई अनुमति दिन नसकिने सरकारको स्पष्टोक्ति ।
२१. स्थानीय तहहरुमा बीउको विषयलाई लिएर विवाद हुने भएकाले संघीय सरकारले बीउबीजन दर्ताका लागि अनुमति दिन नसक्ने कृषि मन्त्रालयको प्रष्टोक्ति ।
२२. नेपाली जनजिब्रोले मन पराएको बीउलाई संरक्षण गर्न कृषक समूहको नाममा दर्ता हुने गरी नयाँ कानुन निर्माण गर्न लागेको कृषि सचिवद्वारा जानकारी ।
२३. मापदण्डविपरीत शुल्क उठाइरहेका मेडिकल कलेजमाथि कारवाही गर्न सरकार असफल ।
२४. शुल्क फिर्ता गर्न पटकपटक अल्टिमेटम दिए पनि मेडिकल कलेज सञ्चालकहरुले नटेर्दा सरकार मिति थप्न बाध्य ।
२५. शूल्क फिर्ता गराउन र अतिरिक्त शूल्क तीर्न विद्यार्थीहरुलाई बाध्य नबनाइयोस् भनेर लामो समय देखि विभिन्न मेडिकल कलेजका विद्यार्थीहरु पढाई नै छोडेर आन्दोलनमा ।
२६. मेडिकल कलेजहरुले शूल्क बाहेक ६ देखि १५ लाखसम्म अतिरिक्त शूल्क लिने गरेको विद्यार्थीको गुनासो ।
२७. सम्बन्धित विश्वविद्यालयको स्वीकृतिमै अतिरिक्त शुल्क लिएको नेपालगञ्ज मेडिकल कलेजका सञ्चालक डा.सुशील कनोडियाको दाबी ।
२८. शैक्षिक सत्र २०७५÷०७६ को शुल्क समायोजन गर्न तयार रहेको कनोडियाको प्रतिबद्धता ।
२९. टुटल, पठाओ र सररले भोलि काठमाडौंको माइतीघरमा गर्न लागेको प्रदर्शनविरुद्ध भौतिकरुपमा प्रतिकार गर्ने ट्याक्सी चालक तथा व्यवसायीको चेतावनी ।
३०. रोजगारीका नाममा कानुन हातमा लिनेविरुद्ध प्रतिकार गर्ने उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजको भनाइ ।
३१. प्रदर्शनका विरुद्धमा हुने प्रदर्शनले गम्भिर परिस्थिति नआओस भन्दै सरकारको समेत ध्यानाकर्षण ।
३२. अबको तीन वर्षभित्रमा चीनबाट पाइपलाइनमार्फत पेट्रोलियम पदार्थ ल्याउने उद्योग, वणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टको दाबी ।
३३. खुल्ला बजार अर्थतन्त्रको नियन्त्रण र बजारमा कालाबजारी नियन्त्रण गर्न पनि सबै संयन्त्रमार्फत अगाडि बढ्ने सरकारको तयारी ।
३४. आवश्यक प्रक्रिया अगाडि बढेकोले आफ्नो तीन वर्षे कार्यकालमा प्रधानमन्त्रीको चीनबाट तेल ल्याउने सपना पूरा गरिने मन्त्री भट्टको भनाइ ।
३५. बजारमा आपूर्तिको सहज व्यवस्था मिलाउने र कालाबजारी नियन्त्रण समेत गर्ने मन्त्री भट्टको दाबी ।
३६. महिनावारीलाई पाप वा धर्मको रुपमा लिन नहुने खानेपानीमन्त्री बिना मगरको भनाइ ।
३७. महिनावारीलाई धर्मसँग जोड्ने दृष्टिकोणलाई परिवर्तन गर्न महिलासँग सम्बन्धित सबै सामाजिक संघ, संस्था र स्थानीय तहले अभियान नै सञ्चालन गर्नुपर्नेमा जोड ।
३८. महिनावारीलाई पाप र अछुतो भन्दा पनि सम्मानसँग जोडेर हेर्नुपर्ने मन्त्री मगरको तर्क ।
३९. महिनावारी बार्ने चलन सामाजिक कूरीतिको रुपमा रहेकाले त्यसमा परिवर्तन ल्याउन जनचेतना जगाउनुपर्नेमा जोड ।
४०. नेपाल राष्ट्र बैंकले रियल टाइम ग्रस पेमेन्ट सिस्टम (आरटीजीएस) सुरु गरेसँगै ठूलो भुक्तानीमा सहजता ।
४१. आफ्नो बैंक खाताबाट ठूलो परिमाणमा पैसा निकाल्नुपर्दा चेक काट्नु पर्ने र बैंकसम्म पुग्नुपर्ने बाध्यताको पनि अन्त्य ।
४२. आरटीजीएस प्रणाली लागू भएपछि २ लाख रुपैयाँभन्दा माथिको भुक्तानी दिँदा चेक नचाहिने व्यवस्था ।
४३. तत्काललाई २० लाखसम्मको भुक्तानी स्वेच्छाले र २० लाखभन्दा माथि अनिवार्य आरटीजीएस प्रणालीबाटै गर्नुपर्ने व्यवस्था ।
४४. विश्व बैंकले नेपाललाई १६ अर्ब रुपैयाँभन्दा बढी सहायता रकम दिने ।
४५. विद्यालय क्षेत्र विकास कार्याक्रम कार्यान्वयन र युवा रोजगारीका लागि रुपान्तरण पहल परियोजनाको लागि सहायता उपलब्ध गराउने बैकको भनाई ।
४६. अर्थमन्त्री डाक्टर युवराज खतिवडा र विश्व बैंकका प्रतिनिधिबीच बुधबार अर्थ मन्त्रालयमा सम्झौतामा हस्ताक्षर हुने ।
४७. राष्ट्रियस्तरको लघुवित्तको लागी ५० करोड र प्रादेशिक लघुबित्तको लागी २० करोड पूँजी पुर्याउने नेपाल राष्ट्र बैंकको तयारी ।
४८. आगामी मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा अथवा त्यस अगाडि नै लघुवित्तको पुँजि वृद्धि र मर्जरको लागि ठोस कदम चालिने ।
४९. पूँजि वृद्धि गर्दा मर्जर तथा प्राप्तिलाई प्राथमिकतामा राख्ने राष्ट्र बैंकको दाबी ।
५०. ६१ प्रतिशत जनसंख्यामा वित्तीय पहुँच विस्तार भएको नेपाल राष्ट्र बैंकको तथ्याङ्क ।
५१. बैंकको अनुसन्धान विभागद्वारा २०७६ असोजमा सार्वजनिक गरिएको अध्ययन अनुसार, निक्षेप खाताको संख्या एक करोड ८० लाख ।
५२. लघुवित्त वित्तीय संस्था र बचत तथा ऋण सहकारी संस्थाबाट वित्तीय सेवा प्राप्त गर्ने जनसंख्यालाई समावेश गर्ने हो भने अभैm बढ्नसक्ने निष्कर्ष ।
५३. साताको तेस्रो दिन सेयर कारोबार मापन गर्ने नेप्से परिसूचकमा झिनो अंकको गिरावट ।
५४. नेप्से शून्य दशमलव ९, शुन्य अंकले घटेर एक हजार एक सय नौं दशमलव एक छ अंकमा ।
५५. सेन्सिटिभ इन्डेक्स भने शून्य दशमलव ११ अंकले बढेर २ सय ४५ दशमलव चार नौ अंकमा ।
५६. १ सय ६५ कम्पनीका ११ लाख ३४ हजार १५ कित्ता सेयर २९ करोड ५८ लाख ६९ हजार १ सय ८० रुपैयाँमा कारोबार ।
५७. मंगलबार सुनको भाउ तोलामा चार सय रुपैयाँले घटेर छापावाला सुन प्रतितोला ७१ हजार २ सय रुपैयाँमा कारोबार ।
५८. चाँदीको भाउ पनि तोलामा पाँच रुपैयाँले घटेर प्रतितोला आठ सय पचास रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघको भनाई ।
५९. लमजुङमा चालु आर्थिक वर्षको चार महिनामा जबरजस्तीकरणीका पाँच घटना ।
६०. गत आर्थिक वर्षमा जवरजस्ती करणी आठ र अन्य करणी आठ गरी १६ वटा मुद्धा दर्ता भएको प्रहरीको तथ्यांक ।
६१. जिल्ला कारागारमा रहेका ८४ कैदीबन्दी मध्ये सबैभन्दा धेरै २६ जना जबरजस्ती करणीका आरोपित ।
६२. लमजुङ जिल्ला कारागारमा रहेका कैदीबन्दीहरुमा भाईरल ज्वरोको संक्रमण ।
६३. क्षमता भन्दा तीनगुणा बढि कैदी बन्दी रहेको कारागारमा भाइरल ज्वरोसँगै रुघाखोकीको संक्रमण पनि बढेपछि समस्या ।
६४. करिव एकतिहाई कैदीबन्दी बिरामी भएपछि कारागार भित्रै शिविरको व्यवस्था गरी उपचार सुरु ।
६५. १० महिलासहित ३५ जना क्षमताको जिल्ला कारागार लमजुङमा हाल ८४ कैदीबन्दी रहेको कारागार प्रशासनद्वारा जानकारी ।
६६. म्याग्दीको अन्नपूर्ण र मालिका गाउँपालिकामा लेखापाल नहुँदा आर्थिक कारोबार ठप्प ।
६७. दुई वटै गाउँपालिकाको कार्यालय गत साउन महिनादेखि लेखापाल विहीन भएपछि विभिन्न योजनाको दिनुपर्ने भुक्तानी समेत रोकियो ।
६८. गाउँपालिकाका शिक्षक, कर्मचारी र स्वास्थ्यकर्मीहरुको तलब समेत निकासा भएन ।
६९. रुपन्देहीको भैरहवामा लुम्बिनी महोत्सव जारी ।
७०. महोत्सवमा हिमाल, पहाड र तराई गरी तीनै क्षेत्रका उत्पादन प्रदर्शनीमा ।
७१. जुम्लाको मार्सी चामलदेखि अल्लोका कपडा मेलाको मुख्य आकर्षण ।
७२. १ किलो २ सय ग्राम चरेश सहित ओखलढुङगाका शिव प्रसाद ढुङगेल काठमाडौंको जडिबुटीबाट पक्राउ ।
७३. ललितपुरको सानेपाबाट लागूऔषध पोल्याण्ड, गाँजा र गाँजाको हरियो बोटसहित ३ जना प्रहरीको नियन्त्रणमा ।
७४. पक्राउ पर्नेमा सानेपाका साइमन श्रेष्ठ, रुपक तुलाधर र आकाश तामाङ ।
७५. २ किलो ५ सय ग्राम चरेश सहित रुकुम (पूर्व), भुमे गाउँपालिका ४ बाट तारा रोका र तिलक पुनमगर पक्राउ ।
७६. पर्साको वीरगंज महानगरपालिका १६ रजतजयन्ती चौकबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ४५ ट्याब्लेट सहित ३ जना पक्राउ ।
७७. १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ललितपुर २४ धापाखेल बस्ने २४ वर्षीय श्यामलाल तामाङ पक्राउ ।
७८. पाल्पा, उदयपुर, चितवन र रामेछापको विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु ।
७९. काठमाडौंको मैजुवहाल लाहुरेटोल डेरा गरी बस्ने साजन पराजुलीको कोठाबाट करिब १ लाख ६५ हजार रुपैयाँ बराबरको धनमाल चोरी ।
८०. धनुषा, शहीदनगर नगरपालिका–३ यदुकुवाका कालिचन्द्र मण्डलको घरमा आगलागी हुँदा मण्डलकी छोरी २५ वर्षीया सीमा देवी मण्डलको मृत्यु ।
८१. अल्बानीयामा मंगलबार बिहान आएको भूकम्पमा परी कम्तीमा चार जनाको मृत्यु, १ सय ५० भन्दा बढी घाइते ।
८२. भूकम्प ६ दशमलव ४ म्याग्नीच्युडको भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा उल्लेख ।
घटनास्थलमा खोजी तथा उद्धारको काम भइरहेकाले मृतक र घाइतेको संख्या बढ्न सक्ने अनुमान ।
८३. शिक्षकको तलब बढाउन माग गर्दै क्रोएसियामा हजारौ शिक्षकद्वारा प्रदर्शन ।
८४. राजधानीस्थित मुख्य क्षेत्रमा सोमबार भएको प्रदर्शनमा शिक्षक र समर्थक गरी २० हजार भन्दा बढी सहभागी ।
८५. तलब बृद्धिसँगै काम गर्ने वातारणमा पनि सुधार हुनु पर्ने माग, सेवामुलक अन्य काममा भन्दा शिक्षण क्षेत्रमा कम तलब भएको भन्दै शिक्षकहरु आन्दोलित ।
८६.बोलिभियामा भएको पछिल्लो राजनीतिक विकासक्रमलाई सकारात्मक भन्दै संयुक्त राष्ट्रसंघद्धारा स्वागत ।
८७. राजनीतिका संकटको समाधानका लागि शान्तिपूर्ण तथा प्रजातान्त्रिक बाटो खोजिरहेकोमा संयुक्त राष्ट्रसंघका महासचिव गुटेर्रेसद्धारा खुशी व्यक्त ।
८८. अफगानिस्तानमा भएको पछिल्लो सुरक्षा कारबाहीमा ४० भन्दा बढी लडाकूको मृत्यु ।
८९. सरकारी सुरक्षाकर्मी र नेटो गठबन्धन सेनाको कारबाहीमा परी लडाकू मारिएको सरकारी अधिकारीको भनाइ ।
९०. दक्षिणी हेलमन्ड प्रान्तमा पर्ने मार्जा जिल्लामा भएको कारबाहीमा ६ तालिबान लडाकू मारिनुका साथै दुई सवारी साधन जलेको सुरक्षाकर्मीद्वारा जानकारी ।
९१. सपथ लिएको ८० घण्टा बित्न नपाउँदै भारतको महाराष्ट्र राज्य सरकार ढल्यो ।
९२. मुख्यमन्त्री देवेन्द्र फडणवीसले संसदमा बहुमतको परीक्षण हुनुअघि नै मंगलबार दिए पदबाट राजीनामा ।
९३. सरकारद्धारा राष्ट्रिय महिला भलिबल टिमका खेलाडीलाई जनही ३ लाख नगदसहित सम्मान ।
९४. बंगलादेशमा सम्पन्न एभिसी सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको उपाधि विजेता टिमलाई एक कार्यक्रमका बीच सम्मान ।
९५. कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाद्वारा जनही ३ लाख र खेलकुद मन्त्री जगत विश्वकर्माद्वारा सम्मानपत्र प्रदान ।
९६. १३औं दक्षिण एशियाली खेलकूद (साग)का लागि पोखरामा ८ सय ४० खेलाडी सहभागी हुने ।
९७. आर्चरीमा भारत सहभागी नहुने जनाउँदै आए पनि पुनः भारत खेलमा सहभागी हुने भएपछि खेलाडी संख्या बढेको प्राविधिक समितिको भनाई ।
९८. १३ औँ दक्षिण एशियाली खेलकुद (साग) का लागि ओलम्पिक टर्च बाकेको टोली नेपालगञ्जमा ।
९९. नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले खेल्ने ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक ।
१००. इंग्ल्याण्ड र वेल्समा आयोजना हुने प्रतियोगितामा सन्दीपले ओभल इन्भेन्सीबल्सबाट खेल्ने ।