काठमाडौं । सरकारले २० सहसचिवको दरबन्दी प्रस्ताव स्वीकृत गरेको छ । विभिन्न पहाडी जिल्लामा सहसचिवस्तरको प्रमुख जिल्ला अधिकारी (सिडिओ) राख्ने प्रस्तावसहित दरबन्दी थपको निर्णय मन्त्रिपरिषद्ले पारित गरेको हो ।
यससँग संसदीय संरचना अनुरुप पाँचथर, भोजपुर, खोटाङ, संखुवासभा, ओखलढुंगा, रामेछाप, दोलखा, लमजुङ, पर्वत, अर्घाखाँची, प्युठान, सल्यान, डोल्पा, बैतडी, जुम्ला, दैलेख, अछाम र डडेल्धुरालगायतका जिल्लामा सहसचिव स्तरको सिडिओ राख्ने प्रकृया शुरु भएको छ ।
स्रोतका अनुसार मन्त्रिपरिषद्बाट स्वीकृत भए पनि निजामति किताबखानामा किताबखाना दर्ता हुन बाँकी रहेकाले प्रकृयामै छ । यसअघि विभिन्न समय मन्त्रिपरिषद्बाट पारित दरबन्दी थप प्रस्ताव निजामति किताबखानाबाट अस्वीकृत भएको थियो । राजधानी दैनिकले समाचार छपेको छ ।