गोपाल पाठक/विनोद लामिछाने/ अनिष्मा बस्नेत
काठमाडाैं । जनता टेलिभिजनमा आज (बुधबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत प्रतिशत समाचार हो । शत प्रतिशत समाचार जनता टेलिभिजनमा हरेक दिन राति १० बजे, पुनः प्रसारण राति १ बजे र बिहान ३ बजे हेर्न सकिन्छ । जनता समाचार डट कममा पनि आज घटेका विश्वभरका एक सय समाचार पढ्न सकिन्छ । आजका एक सय समाचार यसप्रकार छन् :
१. अर्घाखाँचीको सन्धीखर्क नगरपालिका वडा नम्बर ६, नरपानीमा बस दुर्घटना हुँदा १६ को मृत्यु, १३ जना घाइते ।
२. सन्धीखर्कबाट बुटवलतर्फ आउँदै गरेको लु २ ख २१४८ नम्बरको बस सडकबाट करिब चार सय मिटर तल खसेको प्रहरीद्वारा जानकारी ।
३. दुर्घटनामा पाँच पुरुष र तीन महिलाको मृत्यु भएको प्रहरीद्वारा पुष्टि ।
४. घाइते मध्ये १२ जनाको सन्धीखर्कमा र अन्यको बुटवलमा उपचार हुँदै ।
५. एपेन्डिसाटिस’ तथा ‘पेरिटोनाइटिस’को शल्यक्रिया गर्नु भएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार ।
६. प्रधानमन्त्री ओली राम्रोसँग कुरा गर्न सक्ने अवस्थामा रहनुभएको अस्पतालद्वारा जारी विज्ञप्तीमा उल्लेख ।
७. सघन उपचारकक्षमा निरन्तर निगरानीमा राखिएको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक प्रा. डा. उत्तमकृष्ण श्रेष्ठद्वारा जानकारी ।
८ प्रधानमन्त्री ओलीलाई अझै केहीदिन अस्पतालमै राखिने उपचारमा संलग्न चिकित्सकहरुको भनाइ ।
९. नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाद्वारा अस्पताल पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यअवस्थाबारे जानकारी ।
१०.चिकित्सक र प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमालसँग भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाद्वारा जानकारी ।
११. चिकित्सकको सुझावमा देउवाले प्रधानमन्त्री ओलीलाई भेट्न भने पाउनु भएन ।
१२. मंसिर १४ गते हुने उपनिर्वाचनका लागि प्रचार प्रसारको आज अन्तिम दिन ।
१३. राति १२ बजेपछि मौन समय सुरु हुने भएकाले दलहरु अन्तिम प्रचारमा व्यस्त ।
१४. ३७ जिल्लाहरुमा मंसिर १४ गते हुने उपनिर्वाचनको सम्पूर्ण तयार पूरा भएको निर्वाचन आयोगद्वारा जानाकारी ।
१५. निर्वाचन सामग्रीहरु जिल्ला हँुदै मतदान केन्द्रसम्म पुगिसकेको आयोगको भनाइ ।
१६. मतदान अधिकृतलगायत कर्मचारी र सुरक्षाकर्मी आवश्यक सामग्रीसहित मतदान केन्द्रका लागि प्रस्थान गरिसकेको प्रमुख निर्वाचन आयुक्तद्वारा जानकारी ।
१७. निर्वाचनलाई लक्षित गरेर गृह मन्त्रालयबाट सुरक्षाको मजबुत र भरपर्दो व्यवस्थाका लागि पर्याप्त मात्रमा सुरक्षाकर्मीको परिचालन भएको आयोगको भनाइ ।
१८. लिम्पियाधुराका बारेमा प्रमाण जुटाएर सरकार अघि बढ्ने भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्यालको भनाइ ।
१९. सीमा बचाऊ अभियानका तर्फबाट ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री अर्यालद्वारा लिपुलेक र कालापानीका बारेमा आवश्यक पहल भईरहेको जानकारी ।
२०. प्रमाण जुटाउने विषयमा सरकारलाई सहयोग गर्न नागरिक समाजलाई मन्त्री अर्यालको आग्रह ।
२१. सुगौली सन्धिको आधारमा लिम्पियाधुरासम्म सीमा रहेको ऐतिहासिक तथ्य प्रमाणसहितको नक्सा तत्काल जारी गर्न अभियन्ताहरुद्वारा मन्त्रीको ध्यानाकर्षण ।
२२. महानगरीय प्रहरी परिसर काठमाडौँद्वारा नक्कली हस्ताक्षर गरेर बैंक खाताबाट लाखौँ रुपैयाँ झिक्ने समूह पक्राउ ।
२३. १९ लाख भन्दा बढी रकमसहित ६ जनालाई पक्राउ गरिएको प्रहरीद्वारा जानकारी ।
२४. पक्राउ परेकाहरुले बैंकमा खाता रहेका विभिन्न व्यक्तिहरुको चेकमा रहेको कीर्ते हस्ताक्षर गरी लाखौँ रुपैयाँ झिकेको प्रहरीको भनाइ ।
२५. पक्राउ पर्नेमा पाँचखालका सुभाष श्रेष्ठ, कुमार तामाङ, मनिष घिमिरे, अन्जन बराल, बागलुङ गलकोटका सुमन पौडेल र सिन्धुपाल्चोक ज्यामिरेका गोविन्द घिमिरे ।
२६. पक्राउ परेकाहरुले हस्ताक्षर चोरी गर्ने र सोही व्यक्तिको नाममा नयाँ चेक बुक निकाल्ने र लाखौँ रुपैयाँ झिक्ने गरेको प्रहरीको दाबी ।
२७. १८ लाख ५० हजार नगद, विभिन्न बैंकहरुको ठूलो परिणाममा चेकबुक, खाता खोल्न तयार रहेका फरामहरु पनि बरामद ।
२८. घटनामा सम्बन्धित बैंकका कर्मचारीहरुको मिलोमतो तथा लापरवाही समेत देखिएकोले थप अनुसन्धान भइरहेको प्रहरीद्वारा जानकारी ।
२९. चिलिमे जलविद्युत कम्पनीको २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित ।
३०. चार अर्ब ७५ करोड ८१ लाख रुपैयाँ बराबरको पूँजी रहेको चिलिमेको बोनस शेयर वितरण पश्चात चुक्ता पूँजी ५ अर्ब ७० करोड रुपैयाँ पुग्ने ।
३१. चिलिमेले तुलनात्मक रुपमा विगतमा भन्दा लाभांश बढाउँदै गएको नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक तथा चिलिमे जलविद्युत कम्पनीका अध्यक्ष कुलमान घिसिङको भनाइ ।
३२. चिलिमे अन्तर्गतका निर्माणाधीन आयोजनाहरुको काम ५० देखि ८५ प्रतिशतसम्म सम्पन्न भएको घिसिङद्वारा जानकारी ।३३. भारतीय महिला संघ काठमाडौंद्वारा पशुपति क्षेत्र विकास कोषलाई दुई वटा विद्युतीय सवारी साधन हस्तान्तरण ।
३४. संघकी अध्यक्ष नम्रिता पुरीद्वारा उच्चगुणस्तरको लिथियम आयन ब्याट्री जडित आठ सिट क्षमताको सवारी साधन पशुपति क्षेत्र विकास कोषलाई प्रदान ।
३५. विद्युतीय सवारीसाधन पशुपतिनाथको दर्शन गर्न आउने तीर्थयात्री र महिला, वृद्धवृद्धा तथा अशक्त व्यक्तिहरुका लागि उपयोगी हुने विश्वास ।
३६. लमजुङमा असुरक्षित गर्भपतन गराउनेको संख्या वर्षेनी बढ्दै ।
३७. सुरक्षित गर्भपतन गराउनेहरुको संख्यामा बृद्धि भएको तथ्यांक पाइएपनि असुरक्षित गर्भपतन गराउनेको संख्या पनि उत्तिकै रहेको जिल्ला स्वास्थ्य कार्यालको भनाइ ।
३८. गर्भपतन गराउने सरकारी अनुमति पाएको बेसीशहरस्थित लमजुङ मोडल अस्पतालमा चार महिनामा मात्रै ३० जनाद्वारा गर्भपतन ।
३९. समग्र जिल्लामा अघिल्लो आर्थिक वर्षमा मात्रै एकसय भन्दा बढिले सुरक्षित गर्भपतन गराएको स्वास्थ्य कार्यालयको तथ्यांक ।
४०. प्रदेश १ मा यो वर्ष धानको उत्पादनमा अघिल्लो वर्षको तुलनामा ५ दशमलव २५ प्रतिशतले गिरावट ।
४१. १४ जिल्लाको ९३ प्रतिशत धान उत्पादनयोग्य जमिनमा धान खेती गरिएको कृषि विकास निर्देशनालयको भनाइ ।
४२. बोटमै सुन्तला कुहिएर झर्न थालेपछि ताप्लेजुङका किसान चिन्तित ।
४३. विगत वर्षहरुमा डेढदेखि दुई लाखसम्मको सुन्तला फल्ने बगानका आधाभन्दा धेरै सुन्तला यसवर्ष पाक्न नपाईं झरेको कृषकहरुको गुनासो ।
४४. हरेक बोटबाट दैनिक एक किलोभन्दा बढी सुन्तला पहेँलो भएर झर्ने गरेको कृषकको भनाइ ।
४५. तत्काल नियन्त्रण गर्न नसके आगामी वर्षमा जिल्लाका सबै स्थानमा प्रकोप फैलने जोखिम पनि बढ्दो ।
४६. रामेछापको दोरम्बा गाउँपालिका वडा नम्बर ४ गौश्वारमा पर्ने ऐतिहासिक धार्मिक एवं पर्यटकीयस्थल सानो शैलुङ्ग प्रचारप्रसारको अभावमा ओझेलमा ।
४७. स्थानीय तहले संरक्षणमा ध्यान नदिँदा शैलुङ्गको प्रचार हुन नसकेको स्थानीयको भनाइ ।
४८. मन्दिरमा पूजा लगाउन भक्तजन आउँदा पूजाका लागि आवश्यक पर्ने माना, पाथी, थाली जस्ता वस्तुहरु अगाडि आउने र पूजा सकिएपछि पुनः अलप हुने किंवदन्ती ।
४९. शेयर बजार निरन्तर घटेपछि धितोपत्र बोर्डद्धारा सुधारका लागि भइरहेको पहल बारे धारणा सार्बजनिक ।
५०. धितोपत्रको दोस्रो बजारमा माग पक्षलाई सम्बोधन गर्ने उद्देश्यले स्टक डिलरको प्रवेश गराउन नियमावली २०६४ संशोधन पारित ।
५१. धितोपत्रको माग बढाउने उद्देश्यले धितोपत्र खरीदमा मार्जिन कारोबारको व्यवस्था गरिएको उल्लेख ।
५२. लगानीकर्ताहरुलाई मार्जिन कारोवार सुविधा उपलब्ध गराउन हाल १६ वटा धितोपत्र व्यवसायीलाई अनुमति प्रदान ।
५३. बालिकालाई भारत पु¥याएर देहव्यापारमा लगाउने दुई जना प्रहरीद्वारा पक्राउ ।
५४. पक्राउ पर्नेमा धनुषा बेंगाडावर ६ घर भएकी जोस्ना भन्ने जुनाकुमारी खड्का र सीता लामा भन्ने सिम्रन तामाङ रहेको प्रहरीद्वारा जानकारी ।
५५. आरोपितहरुले तीन वर्षअघि कक्षा ९ मा अध्ययनरत १२ वर्षीय बालिकालाई ललाईफकाइ भारतमा विक्री गरेको आरोप ।
५६. उपनिर्वाचन बहिष्कारको घोषणा गरेको नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका चारजना नेता कार्यकर्ता सल्यानबाट पक्राउ ।
५७. पक्राउ पर्नेमा कर्णाली प्रदेश इन्चार्ज चक्रपाणि शर्मा, दिपक बहादुर शाही, जिल्ला सचिव चक्र बहादुर शाह र जिल्ला सदस्य हिरालाल गोसाई ।
५८. उदयपुरबाट बम बिस्फोटको घटनामा संलग्न भएको आरोपमा एक जना प्रहरीको नियत्रन्णमा ।
५९. पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–१० बस्ने ३६ वर्षीय सिद्धान्त राई ।
६०. लागुऔषधसहित सिरहा प्रहरीद्धारा दुई युवक पक्राउ ।
६१. पक्राउ पर्नेमा भगवानपुर गाउँपालिका–५ का २१ वर्षीय मुकेश कुमार र २५ वर्षीय सञ्जयकुमार यादव ।
६२. उनीहरुका साथबाट डाइलेक्स डिसी १५ बोतल, डाइजेल्याब १८ थान, प्रेमेथिन हाइड्राइड १८ थान, नोरफिन १९ थान र नाइट्रोभेट ३० थान बरामद भएको प्रहरीद्वारा जानकारी ।
६३. कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ८ मा १६ वर्षीया किशोरीलाई बलात्कारको आरोपमा एक जना प्रहरीको नियन्त्रणमा ।
६४. बेलौरी नगरपालिका ८ का २८ वर्षीय धनिराम चौधरीद्वारा १६ वर्षीया किशोरी बलत्कृत भएको इलाका प्रहरी कार्यालय बेलौरीद्वारा जानकारी ।
६५. बंगलादेशको एक अदालतद्वारा मुस्लिम अतिवादी समूहमाआबद्ध सात जनालाई मृत्युदण्डको फैसला ।
६६. राजधानी ढाकास्थित एक क्याफेमा सन् २०१६ मा भएको आक्रमणमा १८ जना विदेशी सहित २२ को हत्या गरेको आरोप ।
६७. इस्लामिक स्टेट समूहमा आबद्ध रहेर उनीहरुले बंगलादेशमा आतंक मच्चाउन खोजेको न्यायाधीशको भनाइ ।
६८. इराकमा भएको बम बिस्फोटमा ६ जनाको मृत्यु, राजधानी बगदादका तीन छुट्टाछुट्टै स्थानमा भएको बिस्फोटमा १५ जना घाइते ।
६९. उत्तरी बगदादमा मोटरसाइकलमा बिस्फोट हुँदा तीन जनाको मृत्यु भएको बीबीसीद्वारा जानकारी ।
७०. विष्फोटबाट दक्षिणपश्चिम बया जिल्लामा दुई जना र बलदियात जिल्लामा भएको बिस्फोटमा एक जनाको मृत्यु ।
७१. इराकमा पछिल्लो समय बढ्दै गएको हिंसाका कारण तीन सय भन्दा बढीको मृत्यु भइसकेको जानकारी ।
७२. अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि महाभियोग लगाउने विषयप्रति तल्लो सदनमा छलफल सुरु ।
७३. विपक्षी दल डेमोक्रेटिकको आग्रहमा ट्रम्पमाथि महाभियोग लगाउनेबारे छलफल सुरु ।
७४. अन्तर्राष्ट्रिय कुटनीतिक तथा मूल्य मान्यताविरुद्ध कार्य गरेको भन्दै ट्रम्पमाथि महाभियोगनै लगाउनु पर्ने डेमोक्रेटिक पार्टीका नेताहरुको दाबी ।
७५. ट्रम्पमाथिको महाभियोग सुनुवाई डिसेम्बर ४ तारिखका लागि तोकिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा उल्लेख ।
७६. विश्व कुटनीतिमा चीन शक्तिशाली बन्न सफल, अमेरिका र फ्रान्स दोस्रो र तेस्रो स्थानमा ।
७७. अस्ट्रेलियाको थिंक ट्यांक लोवी इन्स्टिच्युटका अनुसार चीन पहिलोपटक कुटनीतिक रुपमा सबैभन्दा शक्तिशाली राष्ट्र ।
७८. चीन सन् २०१९ सम्ममा विश्वभर सबैभन्दा बढी राजदूतावास र वाणिज्य दूतावास स्थापना गर्न सफल ।
७९. चीनद्धारा विश्वभर राजदूतावास र वाणिज्य दूतावास गरी २ सय ७६ वटा कुटनीतिक केन्द्र स्थापना गरेको जानकारी ।
८०. सामाजिक सञ्जाल तथा माइक्रो ब्लगिङ प्लेटफर्म ट्वीटरद्धारा निष्क्रिय अकाउन्टहरु बन्द गर्ने घोषणा ।
८१. ६ महिनायता निष्क्रिय रहेको अकाउन्टहरु बन्द हुने ट्वीटरद्वारा जानकारी ।
८२. ट्वीटरको निर्णयसगै विश्वभरका हजारौं ट्वीटर अकाउन्टहरु बन्द हुने अनुमान ।
८३. १३ औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत महिला भलिबलमा नेपालको सुखद सुरुवात ।
८४. काठमाडौंको त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा भएको उद्घाटन खेलमा बंगलादेश ३–० को सोझो सेटमा पराजित ।
८५. नेपाललाई सहज जित दिलाउन स्पाइकर प्रतिभा मालीको १९ अंकको योगदान ।
८६. जीतसँगै समूह ‘ए’ मा रहेको नेपालले २ अंक जोड्न सफल ।
८७. समूह चरणको अन्तिम खेलमा नेपालले बिहीबार भारतसँग खेल्न ।
८८. नेपालमा अर्को साताबाट सुरु हुने १३ औं साग खेलकुदमा कुल २ हजार ९ सय १० खेलाडीले प्रतिस्पर्धा गर्ने ।
८९. सागको २६ खेलमा २ हजार ९ सय १० खेलाडी र ७ सय ६९ अफिसियल सहभागी हुने राष्ट्रिय टिम तयारी समितिद्वारा जानकारी ।
९०. सागमा आयोजक नेपालबाट सर्वाधिक ५ सय ९४ खेलाडी र १ सय ८६ अफिसियल सहभागी हुने ।
९१. दक्षिण एसियाली खेलकुद (साग)का लागि नेपाली महिला क्रिकेट टोली पोखरा प्रस्थान ।
९२. झण्डै तीन महिना काठमाडौमा प्रशिक्षण गरेको महिला क्रिकेट टिम बुधबार प्रतियोगिताका लागि गएको हो पोखरा ।
९३. महिला क्रिकेट टिमले पहिलो खेल माल्दिभ्ससँग खेल्ने ।
९४. धनुषाको जनकपुरधाममा पहिलो पटक हुन लागेको दक्षिण एसियाली खेलकुद (साग) को सम्पूर्ण तयारी पुरा ।
९५. मंसिर १५ गतेदेखि नेपालमा हुन लागेको साग प्रतियोगिताका केही खेलहरु जनकपुरधाममा २० गतेदेखि २३ गतेसम्म हुने ।
९६. खेल हुने स्थलहरुमा भौतिक पूर्वाधार निर्माणलगायतका कार्यहरु पुरा भएको जिल्ला खेलकुद विकास समितिद्वारा जानकारी ।
९७. साग पुरुष क्रिकेटमा नेपाली टिमबाट सन्दीपले नखेल्ने भएपछि उनको स्थानमा रोहितकुमार पौडेल खेल्ने तय ।
९८. आँखाको शल्यक्रियासँगै सन्दीपको साग नखेल्ने जानकारी ।
९९. १७ गतेदेखि सुरु हुने पुरुष क्रिकेट खेलमा ५ टिमको सहभागिता रहने ।
१००. उद्घाटन खेलमा नेपालले मंसिर १७ गते श्रीलंकासँग प्रतिस्पर्धा गर्ने ।