‘द सुल्तान अफ स्ट्रीङ अनिल शाही’ लाइभ कन्सर्ट हुँदै

काठमाडौं । ३ दशकभन्दा बढी समय संगीत क्षेत्रमा क्रियाशील फ्युजन गिटारिष्ट, संगीतकार तथा गायक अनिल शाहीको एकल सांगितिक साँझ ‘द सुल्तान अफ स्ट्रीङ अनिल शाही लाइभ ईन कन्सर्ट’को आयोजना हुने भएको छ ।

राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरका स्टेज कार्यक्रमहरुबाट समेत ख्याती कमाएका शाही केही समयको अन्तरालपश्चात काठमाडौंमा आयोजना हुने कन्सर्टमा प्रस्तुती दिंदैछन्।

राष्ट्रिय नाचघर जमलमा आगामी मंसीर १६ गते सोमबार साँझ ६ बजे आयोजना हुने उक्त कन्सर्ट विशेष रहने अनिल शाहीले बताए । शाहीका अनुसार कन्सर्टमा नेपाली मौलिकबाजा र मोर्डनबाजाहरुको संयोजन गरी केहि फ्युजन लाईभ म्यूजिक प्रस्तुत हुनेछन् भने केहि गीतहरुको प्रस्तुती समेत रहनेछन् ।

शाहीसंगै गायिका प्रविशा अधिकारी र गायिका सुनिता कार्कीले गीतहरु प्रस्तुत गर्नेछन् । कन्सर्टमा गिटार, तबला, बासुरी, क्याजन, नेपाली लोकबाजा सारंगी र अष्ट्रेलियन बाजा डिजरिडुको आकर्षक फ्युजन प्रस्तुतीहरु रहने शाहीले बताएका छन् ।

कन्सर्टमा शाहीलाई प्रसिद्ध सारंगीवादक श्याम नेपाली, बासुरीवादक बिनोद कटुवाल र बिनय महर्जन, पक्र्युसनिष्ट अभिजित शाही, तबलावादक दिलिप किपु, गिटारिष्ट सनिश महर्जन, गायिका प्रविशा अधिकारी र सुनिता कार्कीले प्रस्तुतीमा साथ दिनेछन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष–अनावश्यक लाञ्छना लाग्नेछ । नयाँ काम बिग्रिन सक्नेछ । वृष– छोटो यात्राको सुख मिल्नेछ । वैवाहिक प्रेममा सुख मिल्नेछ ।…

काठमाडौं । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट कोरोनालाई पराजित गरेर ६ वर्षीया बालिका घर फर्केकी छन् । श्वासनलीमा मासु पलाएका…

सीमा जोडिएको चीनमा कोरोना महामारीले ताण्डव मच्चाएको बेलामा नै  यसबारे किन सतर्क हुन सकिएन ?

सरकारको काममा जनमासको विश्वास छाओस् । सरकारको जितमा नै जनताको खुशी र जित छ ।

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘स्वास्थ्य संकटकाल’ घोषणाको लागि मन्त्रिपरिषद्मा प्रस्ताव लग्ने भएको छ । मन्त्रालयको बुधबारको बैठकले ‘हेल्थ…

काठमाडौं । संघीयता खारेज गर्न माग गर्दै संसदमा प्रस्ताव दर्ता भएको छ । संघीयताको पहिल्यैदेखि विरोध गर्दै आएको राष्ट्रिय जनमोर्चाले…