Logo आश्विन १५, २०७७ बिहीबार


शैली थियटरमा पुरुष विनाको ‘भुसको आगो’

-कमला हमाल

काठमाडौं । एक्काइसौं शताब्दीमा आज पनि नेपाली नारीले आफ्नो पढाइ,करियर र विवाहको फैसला आफै लिन सक्दैनन् ।

तर आजभन्दा करिव ६ दशक अघि एक जना शिक्षित नारीले श्रीमानबाट परित्याग गरेको अवस्थामा समेत माइतमा बसेर गरेको संघर्षको कथा हो ‘भुसको आगो’ ! राणाशासनको अन्त्यसँगै प्रजातन्त्रको स्थापनापछि नेपाली नारी वर्गमा पनि आएको चेतनाको उत्कृष्ट विम्व यस नाटकमा प्रस्तुत गरिएको छ । एउटी नारी शिक्षित भइसकेपछि समाज, परिवार तथा आफ्नो भविष्यको आफैंले एउटा कठिन मोडमा लिएको फैसलाको कथा नाटकमा बुनिएको छ । नारी संवेदना, माया, आक्रोश र प्रेमले भरिएको नाटकलाई शैली थियटरका कलाकारहरुको जीवन्त अभिनयले अझ प्राण भरिदिएको छ ।

गोविन्दबहादुर मल्ल गोठालेले लेख्नुभएको नाटक ‘भुसको आगो’ले अहिलेका नेपाली नारीलाई समेत अझ बढी शसक्त बन्न प्रेरित गरेको छ । पितृसत्तात्मक समाजमा महिलाहरूलाई घरपरिवार र समाजले कसरी हेर्छन् भन्ने

त्यसबेलाको समाजलाई नाटकमा प्रस्तुत गरिएको छ । नारी केन्द्रित कथा बस्तुमा आधारित मनो–विश्लेषणात्मक नाटकले नेपालमा प्रजातन्त्र,बहुदलीय व्यवस्था हुँदै गणतान्त्रिक शासन व्यवस्थाको स्थापना पछि पनि पितृसत्तात्मक समाजले जगडेको परिस्थितिमा सुधार नहुँदा अहिले पनि नाटकको सान्दर्भिकता बलियो देखिन्छ । श्रीमान र सासु–ससुराको दुव्र्यवहार पछि माइत फर्किनुपर्दा भित्रभित्रै जलेर भुसमा पुत्पुताएको आगो झैँ भएकी नारीलाई दर्शाउने यस नाटकले पुरुषका स्वेच्छाचारी वृत्तिको विरोध पनि गरेको छ । यसका साथै नाटकले नारी अस्मिता, स्वाभिमान एवं स्वतन्त्रताको समर्थन र सम्मानको भावलाई प्रस्तुत गरेको छ । नाटकको निर्देशन शैली थिएटरका अध्यक्ष नवराज बुढाथोकीले गर्नुभएको छ । निर्देशक बुढाथोकी नाटक भुसको आगो मार्फत नेपाली नारी संवेदनालाई कलात्मक ढङ्गले प्रस्तुत गर्न सफल हुनुभएको छ । नाटक ‘भुसको आगो’ २००७ को प्रजातन्त्रको स्थापनापछि र राजा महेन्द्रले ‘कु’ गर्नु अगाडिको पृष्ठभूमिमा तयार पारिएको छ ।

१ सय ४ वर्षसम्म राणाहरूको जहाँनिया शासन भोगेर भर्खरै जननिर्वाचित प्रजातान्त्रिक सरकारको अनुभव बटुलिरहेका तत्कालीन नेपाली समाजलाई बुझ्न यो नाटकले सहयोग गर्ने छ । यस्तै नेपाली रंगकर्ममा पुरुष रगंकर्मीको दबदबा रहेको आरोप लागिरहेको बेला महिला रंगकर्मीलाई मात्र प्रस्तुत गरिएको नाटक भुसको आगोको महत्व अझ बढेको छ । यस नाटकमा ६ जना महिला कलाकार सगुन पोखरेल, चाँदनी शाही, सरस्वती अधिकारी,अश्मिता खनाल,सृष्टि आचार्य र निमा पाण्डेको अभिनय रहेको छ ।

नाटक भुसको आगो काठमाडौंको रातोपुलमा भर्खरै सञ्चालनमा ल्याइएको शैली थियटरमा मञ्चन गरिदैछ । मंंसीर १५ देखि ३० सम्म हरेक दिन अपरान्ह ४ः५० बजे नाटक ‘भुसको आगो’ मञ्चन हुने थिएटर व्यवस्थापक भारती रिजालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मन्त्री ज्ञवालीले डा. केसीले उठाउनुभएका मागहरु पूरा भएर कार्यान्वयनमा गइसकेकाले सत्याग्रह बस्नुपर्ने अवस्था नरहेको बताउनुभयो ।

मैथिली भाषामा एकरुपता नरहेको र पाठयक्रमसँग सम्बन्धित भाषामा विज्ञहरु नरहेको हुनाले पनि यस्ता समस्या हुने गरेको केन्द्रको भनाइ छ ।

मलमासका कारण यस वर्षका अब आउने सबै चाडपर्व केही ढिला हुने समितिले जनाएकाे छ ।

सबै कम्पनीले बिक्री गर्ने वस्तुहरु सबै स्टलमा पाउने गरी व्यवस्था मिलाइएको सुवेदीले बताउनुभयो ।

धार्मिक तथा पर्यटन विकासमा पाँच लाख रुपैयाँ गरी जम्मा दश लाख रुपैयाँ रहेको छ ।

अस्पताला भर्ना भएका पाँच जना बिरामीहरुमा पनि कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।