लैंगिक हिंसा अन्त्यका लागि सहअस्तित्व

लैंगिक आधारमा महिलामाथि हुने हिंसा विरुद्धको १६ दिने विश्वव्यापी अभियान यही मंसीर ९ गते देखि शुरु भएको छ । विभिन्न एजेण्डाहरू उठाउँदै  यो अभियान मंसीर २३ गतेसम्म चल्दैछ । संयुक्त राष्ट्र संघको आह्वानमा सन् १९९१ देखि महिला हिंसा विरुद्धको १६ दिने अभियान विश्वव्यापी चलाउन थालिएको हो । अभियान हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विभिन्न कार्यक्रम गरी मनाउने गरिन्छ । अभियानको नारा सम्बन्धित देशले नै तय गर्छन् । यस वर्ष अभियानको नेपाली नारा भने ‘समानताको पुस्ता, बलात्कार विरुद्ध ऐक्यबद्धता’ भन्ने तय गरिएको छ । अभियान अन्तर्गतको १६ दिनसम्म महिला मन्त्रालय र मन्त्रालय अन्तर्गतका विभिन्न निकाय, महिलाका क्षेत्रमा काम गर्ने संघ -संस्था तथा अभियन्ताहरुले हिंसा विरुद्धका विभिन्न कार्यक्रम गर्ने गर्दछन् ।

लैंगिक हिंसा विरूद्दकाे अभियान नेपालमा २०५४ सालदेखि सुरु भएको हो । अभियान चलाउनु ठूलो कुरा होइन । अभियान मनाउन थालेपछि के – के उपलब्धि भए भन्ने कुरा महत्वपूर्ण हो । उपलब्धि भएनन् भने यस्ता अभियान केवल कर्मकाण्ड मै सिमित हुन्छन् । नेपालले मनाउन थालेको अभियान पनि कर्मकाण्डमै सिमित त भएको छैन ? भन्ने आशंका गर्नुपर्ने आधार धेरै छन् । अभियान मनाउन थालिएको दुई दशकको अवधिमा महिला हिंसा नियन्त्रणका लागि नेपालले के-कति सफलता पायो त ?  तथ्यांक हेर्ने हो भने ज्यादै नै निराश हुनुपर्ने अवस्था छ । नेपाल प्रहरीको आँकडा अनुसार अभियान मनाउन थालेको दोस्रो वर्ष अर्थात २०५५ सालमा बलात्कार तथा बलात्कारका प्रयास विरुद्ध १ सय ८१ उजुरी परेका थिए भने २०७५ सालमा १ हजार ४ सय ८० वटा उजुरी परेका छन् ।

यसैगरी बेचबिखन विरुद्ध २०५५ सालमा ३४ वटा उजुरी परेका थिए भने यतिबेला ७ सय २७ वटा उजुरी परेका छन् । गर्भपतन विरुद्ध त्यतिबेला १ सय १ उजुरी परेका थिए भने यतिबेला ३ सय ८ उजुरी परेका छन् । बहुबिवाह विरुद्ध त्यतिबेला ८१ उजुरी परेका थिए भने यतिबेला १८ उजुरी परेका छन् । बालबिवाह विरुद्ध त्यतिबेला ९६ उजुरी परेका थिए भने यतिबेला ६ सय २ वटा उजुरी परेका छन् । घरेलु हिँसा विरुद्ध त्यतिबेला एउटा उजुरी परेको थियो भने यतिबेला ६२ वटा उजुरी परेका छन् ।

समग्रमा भन्नु पर्दा यो दुई दशकको अवधिमा ९ सय ७६ वटा बलात्कारका घटना भएको तथ्यांक छ भने बलात्कार प्रयासका घटना ३ हजार ८ सय ३७ वटा भएको तथ्यांक छ । यो अवधीमा महिला हिंसाका घटना ६३ हजार ४ सय ६९ वटा भएको प्रहरीको तथ्यांकले देखाउँछ । प्रहरीको तथ्यांक हेर्दा नेपालमा महिला हिंसाको अवस्था कहाली लाग्दो देखिन्छ । तर विश्लेषण गर्दा यो पाटोलाई मात्रै हेर्न मिल्दैन । दुई दशक अघिसम्म महिला हिंसाका घटना गुपचुप राखिन्थ्यो र अधिकांश घटना प्रहरी सम्म पुग्न नै पाउँदैनथे । तर पछिल्ला समयमा सामाजिक चेतना व्यापक रुपमा जाग्रृत भएका कारण यस्ता घटना थोरै मात्रै गुपचुप हुन्छन् धेरै बाहिर आउने गरेका छन् । आजभाेली अधिकांश घटना प्रहरीमा पुग्न थालेका छन् ।

एसिड आक्रमण, क्याम्पसमा यौन आक्रमण, गर्भवती महिलाको हत्या, घरेलु हिंसा , जबरजस्ती गर्भ, गर्भपतन, विवाह ,वेश्यावृत्ति, दाइजो प्रथा, दाइजोको कारण मृत्यु, बलात्कार, बलात्कारबाट गर्भवती, महिला यौनाङ्गमा कर्तुत, मानव तस्करी ,यौन दासत्व, यौन हिंसा, लैंगिक विभेदता, बैवाहिक बलात्कार, सती प्रथा, सामुहिक बलात्कार, मानसिक सन्तुलन गुमाएकी महिलामाथिको करणी लगायतका थुप्रै पाटाहरु महिला हिंसा विरुद्ध पर्छन् । यी पाटाहरुलाई सुक्ष्म रुपमा केलाउने हो भने अझै पनि नेपालमा महिला हिंसाको समस्या कहालीलाग्दो छ । पढेलेखेका सचेत तथा पहुँचवाला महिलासमेत आफ्नो कार्यकक्षमा सहकर्मी पुरुषबाट छेडखानीको शिकार हुनु नेपालको सन्दर्भमा कुनै नौलो कुरा होइन ।

महिलामाथि गरिने सबै प्रकारका हिंसा उन्मूलन गर्ने संयुक्त राष्ट्रसंघीय महासन्धि समितिको नवौं सत्रद्वारा पारित साधारण प्रस्ताव नं. १९ मा गरिएकाे परिभाषा अनुसार सामाजिक र सांस्कृतिक मान्यताबाट निर्देशित हुँदै कुनै पनि व्यक्ति वा समाजले जानी–जानी, अर्को व्यक्तिको शरीर र मनोविज्ञानमाथि नियन्त्रण गरेर, प्रभावमा पारेर गर्ने सबै कार्य जसले त्यसरी नियन्त्रित भएकाहरूको शरीर, मनोविज्ञान र मानवअधिकारमा गम्भीर असर पार्छ, जसलाई हानिकारक परम्परामा आधारित हिंसा भनिन्छ । विश्वमा महिला अधिकारकर्मीहरूले यस्ता खाले कुरीतिजन्य सोचबाट निस्केका परिणाम विरुद्ध संघर्ष गरेको लामो अवधि भइसकेको छ ।

नेपालमा महिला हिंसाविरूद्दकाे अभियान

नेपालको सन्दर्भमा पनि २०४६ सालको आन्दोलनपछि तयार भएको खुकुलो वातावरणमा यस्ता प्रकारका छलफल अघि बढ्दै गए । सरकारले पनि आफ्ना विभिन्न कार्यक्रमको माध्यमबाट आफ्ना प्रतिवद्धता बाहिर ल्याउन थाल्यो । अन्तर्राष्ट्रिय मानवअधिकार सम्बन्धी दस्तावेजमा सरकारले हस्ताक्षर गर्यो । महिला हिंसाविरुद्ध काम गर्ने भन्दै धेरै बाहिरी स्रोतसमेत भित्रिए । यो अवधिमा स्व:प्रतिनिधित्व गर्ने हिंसा प्रभावितहरूको संस्था निर्माण, समुदाय तहमा सुरक्षित बासको अवधारणाको विकास, केही कानुनमा संशोधनजस्ता महत्त्वपूर्ण काम भए । तर पनि महिलाका मुद्दा राजनीतिक मुद्दाका रूपमा स्थापित हुन सकेनन् । महिलामाथि हुने हिंसा महिला अधिकारका क्षेत्रमा काम गर्ने संघ–संस्था र परियोजनामुखी सरकारी कामका रूपमा स्थापित भएझैं देखियो ।

मानवअधिकारका रूपमा महिला हिंसाका मुद्दालाई आत्मसात गर्दै सम्बोधन गर्नुपर्छ भन्ने मान्यता नेपालले अवलम्वन गरेको २०६२–२०६३ को जनआन्दोलन पश्चात मात्रै हो । त्यतिबेला कञ्चनपुरकी महिला मानवअधिकार रक्षक लक्ष्मी बोहराको हत्या र न्यायका लागि भएको कठिनाइ केन्द्रित हुँदै महिला मानवअधिकार रक्षकहरूले २४ दिने रिले अनशनसहित कालो पेटिकोट आन्दोलन गरे । परिणामस्वरूप नेपालमा सन् २०१० लाई महिला हिंसा विरुद्धको वर्षको रूपमा घोषणा गरियो । प्रतिनिधिसभाबाट घरेलु हिंसा विरुद्धको कानुन बनाउन सरकारलाई दिएको सुझाव र त्यस अनुसारको कानुन निर्माणजस्ता कार्य भए । महिला हिंसाप्रति आवाज उठाउने वातावरण तयार भयो । तर पनि फितलो कानुन, परियोजनामुखी सहयोगी संयन्त्र, सबै ठाउँ र व्यक्तिमा रहेको पितृसत्तात्मक सोच, लामो र झन्झटिलो न्याय व्यवस्था तथा राजनीतिक प्रतिवद्धताको अभावले महिलाका लागि न्याय प्राप्त गर्नु एकादेशको कथाको रूपमै रहन पुग्याे। निर्मला पन्त बलात्कार तथा हत्या प्रकरणमा देखिएको सरकारको रवैया यसैको उदाहरण हो ।

नेपालको संविधान (२०७२) को धारा ३८ को उपधारा ९३० ले महिला विरुद्ध धार्मिक, सामाजिक, सांस्कृतिक, परम्परा, प्रचलन वा अन्य कुनै पनि आधारमा शारीरिक, मानसिक, यौनजन्य, मनोवैज्ञानिक वा अन्य कुनै किसिमको हिंसाजन्य कार्य वा शोषण गर्न नपाइने कुरा उल्लेख गरेको छ । त्यसैगरी महिला विरुद्ध भेदभाव उन्मूलन समितिले सन् २०११ मा महासन्धिको धारा २ (एफ) र ५ (ए) अनुरूप पितृसत्तात्मक सोच तथा महिला विरुद्ध हुने भेदभावको प्रचलन उन्मूलन गर्न ठोस लक्ष्य तथा समय–तालिकासहित व्यापक रणनीति यथाशीघ्र अवलम्बन गर्न भनेको छ ।

नेपालको संविधान (२०७२) को धारा ३८ को उपधारा ९३० ले महिला विरुद्ध धार्मिक, सामाजिक, सांस्कृतिक, परम्परा, प्रचलन वा अन्य कुनै पनि आधारमा शारीरिक, मानसिक, यौनजन्य, मनोवैज्ञानिक वा अन्य कुनै किसिमको हिंसाजन्य कार्य वा शोषण गर्न नपाइने कुरा उल्लेख गरेको छ । त्यसैगरी महिला विरुद्ध भेदभाव उन्मूलन समितिले सन् २०११ मा महासन्धिको धारा २ (एफ) र ५ (ए) अनुरूप पितृसत्तात्मक सोच तथा महिला विरुद्ध हुने भेदभावको प्रचलन उन्मूलन गर्न ठोस लक्ष्य तथा समय–तालिकासहित व्यापक रणनीति यथाशीघ्र अवलम्बन गर्न भनेको छ । नागरिक समाजका साथै समुदाय र धार्मिक नेताहरूलाई सामेल गरी महिला र पुरुष दुवै लक्षित गरी हानिकारक परम्परा अन्त्य गर्न सञ्चार माध्यमहरूसित सहकार्य गरी महिलाहरूको सकारात्मक, परम्परागतभन्दा भिन्न र भेदभावरहित चित्रण गर्न र जनचेतना अभिवृद्धि तथा शैक्षिक प्रयास सुदृढीकरणमा जोड दिन सुझाइएको छ । साथै यथाशीघ्र यस्तो कानुनको प्रभावकारी कार्यान्वयनको लागि अनुगमन गर्न  पनि सुझाइएको छ । सन् २०११ मा भएको नेपालको मानवअधिकारको विश्वव्यापी समीक्षाको समयमा धेरै देशले नेपाल सरकारलाई महिला हिंसा अन्त्यका लागि जिम्मेवार पहल गर्न सुझाव दिएका थिए । राज्यद्वारा त्यसलाई स्वीकार गरी पहल गर्ने अठोटसमेत गरिएको छ ।

हिंसा नियन्त्रण र रोकथाम गर्न राज्यले संविधान ऐन, कानुन निर्माण गरी लागू गरे पनि व्यवहारतः सोको प्रभावकारी र अर्थपूर्ण कार्यान्वयन अझै हुन सकेको छैन । संविधान र कानुन हेर्ने हो भने विश्वका अधिकांश देशका महिलाको तुलनामा नेपाली महिला अधिकार सम्पन्न छन् । तृणमुल तह देखि राष्ट्रपति, उपराष्ट्रपति सम्ममा महिलाको स्थान संविधानद्धारा नै सुनिश्चित गरिएको छ । छोरीलाई पनि छोरा सरह शिक्षा दिक्षा दिनु पर्छ भन्ने चेतना जाग्रित भइसकेको छ । बहुबिवाह दर्ता नै नहुने गरी कानुन ल्याइएको छ । निश्चयनै केही वर्ष भित्र यसको सकरात्मक नतिजा आउनेछ । तर बालबिवाह नियन्त्रण गर्ने कानून कार्यान्वयन हुन सकिरहेको छैन । विवाहको उमेर १६ वर्ष तोक्दा त कार्यान्वयन हुन नसकेको अवस्थामा नयाँ कानुन ल्याएर २० वर्ष तोकिएको छ । यो कानूनको ठाडो उल्लंघन गर्दै भएका बाल विवाह समारोहलाई प्रहरीले नै स्कटिङ गरेका समाचार आइरहेका छन् । बाँके जिल्लामा त बालविवाहको पक्षमा आन्दोलन नै भएको छ । महिला अधिकारको अर्को पाटो पनि समस्याका रुपमा देखिएको छ । कतै महिलालाई कानूनी रूपमा अधिकार सम्पन्न बनाउने नाममा पुरुषहरु त पिडित भइरहेका छैनन् ? भन्नेतर्फ पनि ध्यान जानु जरुरी छ । जसरी महिला पीडित हुँदा पुरुषलाई समेत असर पुग्छ त्यसरी नै पुरुष पीडित भए भने त्यसको असर महिलालाई समेत पर्छ भन्ने हेक्का राख्नु जरुरी छ ।

कतै महिलालाई कानूनी रूपमा अधिकार सम्पन्न बनाउने नाममा पुरुषहरु त पीडित भइरहेका छैनन् ? भन्नेतर्फ पनि ध्यान जानु जरुरी छ । जसरी महिला पीडित हुँदा पुरुषलाई समेत असर पुग्छ त्यसरी नै पुरुष पीडित भए भने त्यसको असर महिलालाई समेत पर्छ भन्ने हेक्का राख्नु जरुरी छ ।

उदाहरणका लागि स्वास्नी, छोराछोरीलगायतका परिवारलाई सुखमा राख्ने र भविष्य सुखमय बिताउने उद्देश्यले लोग्ने वैदेशिक रोजगारका लागि विदेशमा गई श्रम गर्ने र श्रीमतीको नाउँमा रकम पठाउने, घर घडेरी खरिद गरिदिने तर पछि लोग्ने घरमा आउँदा श्रीमतीले अकोर्सँग विवाह गरी पारिवारिक जीवन बिखण्डन गर्ने मात्रै नभएर विदेशी भूमिमा आर्जन गरेको सम्पत्ति हिनामिना गरी छोराछोरी र पतिलाई बिचल्ली पार्ने जस्ता घटना हाम्रो समाजमा दिनानुदिन बढ्दै गइरहेका छन् । कानुनलाई भन्दा पनि व्यवहारिक रुपमै महिला हिंसा नियन्त्रणको प्रयास गर्नुपर्छ । सोचाइमै परिवर्तन ल्याउन जरुरी छ । वास्तवमा हिंसा हाम्रो मानसिकता र पुरातन सोचाइ हो । यो हामीभित्रको प्रवृत्ति हो । हिंसा अन्त्य गर्ने सोचाइमा परिवर्तन पहिले आफूबाट र आफ्नै घरभित्रबाट सुरु गर्नुपर्दछ । एक महिलाले अर्को महिलालाई हेर्ने दृष्टिकोणबाट सकारात्मक परिवर्तन ल्याउनुपर्छ । घरभित्र सासूले बुहारीलाई, बुहारीले सासूलाई, नन्दले भाउजूलाई, भाउजूले नन्दलाई, बुहारीले ससुरालाई, ससुराले बुहारीलाई हेर्ने दृष्टिकोण र व्यवहार बदल्नु पर्दछ । महिलाले पुरुषप्रति र पुरुषले महिलालाई हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याउनुपर्दछ ।

यसरी एकले अर्काको सम्मान, इज्जत र सहअस्तित्वलाई स्वीकार्नसके मात्र हिंसामुक्त समाजको परिकल्पना गर्न सकिन्छ । राज्यले हिंसामुक्त समाजको लागि जति र जस्तो किसिमको प्रगतिशील कानुन निर्माण गरी लागू गरे पनि जबसम्म हाम्रो सोच र व्यवहारमा सकारात्मक परिवर्तन आउँदैन ती कानुनी व्यवस्था कानुनी ठेलीमा मात्र सिमीत रहन्छन् । त्यसैले आजैबाट हिंसामुक्त घर, समाज र राष्ट्र निर्माणका लागि आफूबाट सुरुवात गर्ने प्रण गरौं ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । पाकिस्तानमा डाक्टर र वकिलबिच झडप हुँदा १५ जनाको मृत्यु भएको छ । बुधबार पाकिस्तानको लाहोरस्थित पञ्जाब इन्सटिच्युट अफ…

काठमाडौं । बुधबार साँझदेखि पश्चिमी भू–भागबाट न्यून चापीय प्रणाली नेपालमा प्रवेश गरेका मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रणालीका कारण…

एकमहिने सुत्केरी ललिताका पति गोपीकुमारले रकम जोहो गर्न आफ्नो गाउँ र सदरमुकाममा भिख माग्न थालेका छन् ।

मेष- मित्रजन भेटघाट हुनेछ । धनको कारोबार बढ्नेछ । वृष- शंकाले बाधा गर्नेछ । रमाइलोमा दिन बित्नेछ मिथुन- अनावस्यक धन…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

काठमाडाैं । ‘समानताको पुस्ताः बलात्कार विरुद्ध ऐक्यवद्धता’ भन्ने मूल नाराका साथ गत २५ नोभेम्बरबाट शुरू भएको “लैङ्गिक हिंसा विरुद्धको १६…