तिम्रो भगवानले हेरेको पनि देखियो

जा बजिया मलेसिया, कन्डोमा बोसो लागेकै छ क्यारे ।’ थप्छन् भद्रभलाद्मीहरू, ‘मरे परिवारले १० लाख पाउँछन् बाँचे संसार हेर्छस्, जिभ्रोको स्वाद फेर्छस् ।’ सयकडा बयालीससम्म ऋण काढेर पराङहरू विदेश जानुको विकल्प छैन । किनभने, ‘जो ढुंगामा देवता हुन्छ भनेर धोती फेरेर ढोँगीहरूसँग हिँड्न सक्दैन, उसलाई नै बात लाग्नेछ, ‘यो धर्मविरोधी हो, गतिछाडा हो, उस्तै परे यसले मन्दिरमा आगो झोस्छ, मूर्ति पनि चोर्छ–चोर्न नपाए फोर्छ ।’ गाउँमा विद्रोहको ज्वाला दन्किन कुनै व्यवस्थाविरूद्ध राजनीतिक प्रशिक्षण र भूमिगत बनेका गतिला नेता चाहिँदैन अचेल ।

चैते सालका पातझैँ कक्रक्क ज्यान । खेताला नपाइएपछि बिहानदेखि साँझसम्म गहुँ काट्दाकाट्दै सबैको ज्यान बारीमा मन खोला पारिमा भएका छन् । गाउँका राइनासे बोसो लागेकाहरु विदेश गइहाले । मलामी पनि पाइन छाड्यो, कहाँ पाइने खेताला । मधेस आन्दोलनपछि मधेसका कामदार पनि आउन छाडे गाउँ । नत्र हूलका हूल आएर अलि सस्तोमा काम गरिदिन्थे ।

काप्राको बोटमुनि टुक्रुक्क बसेर, मुन्टो दुई घुँडाबीच छिराएर पराङ ज्यानलाई आरामको घान हालिरहेछ, शितलता दिन खोज्दैछ । गहुँ काट्दा हातका पञ्जा दुखेका छन् । तीनवटा औँला झुम्रोले बाँधिएको छ । टाउका माथिबाट घामले केश खरानी बनाउने गरी ताप छाडिरहेको छ । तन पसिनाले निथ्रुक्क । पसिना बगेर गालाका डिलसम्म आइपुगेका छन् र गहुँ काट्दा उडेको धूलो पसिनासँग मिल्दा गालामै मयलको डोरो । माथिपट्टि मोरङे चेपाङको खोल्मामा रेडियो घन्किरहेको छ । आज के भयो कुन्नि ? रेडियो निकैबेरदेखि राष्ट्रवादी गीत सुनाइरहेको छ, ‘जहाँ ढुंगा–ढुंगामा देवताको बास छ, यो देश मेरो हो–यो देश मेरो हो ।’ पराङलाई ढुंगा झटारो हानेर रेडियो फुटाउँझैँ लागिरहेको छ । सम्हालिँदै मनमनै भन्छ, ‘इस् हुन्छ….ढुंगामा देवताको बास, कुकुरको खप्पर, त्यही ढुंगामा बजारिदिन्छु अनि थाहा पाउँछस्, ढुंगामा देवताको बास हुन्छ कि काल !’

घाम डाँडामा आइसक्यो, अझै तीन सुर्काजति गहुँ काट्न बाँकी छ । केहीबेर टहलिएका पराङको मन साउनमा उर्लने आँपखोल्सीको भेलजस्तै भएको छ । खोइ किन उदाश छ ऊ आज । फरक छ । सोच्दैछ, ढुंगामा देवता कुँदेर मान्छे भ्रममा बाँचिरहेको छ । देउता त घिउकुमारीजस्तै रहेछ । हाँडीमा सारे पनि सर्ने, गमलामा सारे झन सप्रने । बारीमा रोपे पनि हुने । बजारमा छाला चमकदार र लचकदार बनाउन एलोभेरा जुस आएको छ । चाउरी परेका अनुहारमा आइरन लगाए झैँ चिल्याउने एलोभेरा फेसवास आएको छ । गाउँघरमा घिउकुमारीको वास्तै छैन । शहरमा बट्टामा आउने घिउकुमारीको रस (एलोभेरा) कति महँगो ? कुमार पाखुरा र कुमारी जीवन मूल्यहीन छ शहरमा अनि घिउकुमारी महँगिएको छ । संसार स्वार्थी प्लास्टिक सर्जरीको पछि दौडन थाल्यो ।

‘मान्छे ढुंगामा देउता खोजेर किन बाँचिरहेका छन् ?’ पराङ सोच्छ, ‘घिउकुमारी जता सारे पनि सरेजस्तै मान्छेका देउता पनि सुविधामा सर्छन् ।’ तामाङको घ्याबामा देउता चामलको तोर्मोमा सर्छ । भालडाँडाको भँडारी झाँक्रीले कुखुराको अण्डामा पनि देउता सार्छन् भन्थे । पराङ सम्झिन्छ, ‘ढुंगामा देउता खोज्ने मनुवाले कहिले ढिँडोको डल्लामा त कहिले कालढुंगामा देउवा सारे झैँ दुःख किन सार्न मिल्दैन ? झाँक्रीले पनि सार्न सक्दैन ?’ जुन ढुंगामा देवताको बास छ, त्यही देशका मानिस किन सालिन्दा ढुंगामा बजारिएर मरिरहेका छन् ? कालिकाटारबाट हिँडेको लोकल बस परेवाभिरमा खस्दा सबै यात्रु पहराको ढुंगामा बजारिएर मरे । सुनिन्छ, ड्राइभरको पनि लाइसेन्स थिएन रे । ज्यानमारा ढुंगा कसरी भयो देउताको बासथलो ? पराङ जुरूक्क उठेर फेरि गहुँ काट्न खोज्छ । ज्यान उभिन मानिरहेको छैन । तर मेलो नसकी घर जाने त के, खाजापानी पनि पठाउँदैन काजी थापा अर्थात् खेतालाका धनी ।

‘एक मेलो सकिन्थ्यो, थकाइ मारिस् बज्या,’ पिँढीका डिलबाट बिहान आधी खाएर बाँकी रहेको आधी याक चुरोट तानेर ठुटो फाल्दै थापा काजी कराए । काजीको परिचय नै हो खेताला कजाउने । उनको पुरानै बानी । बाजेले घिउ खाएकाले नातिका पाखुरा पनि बलिया छन् भन्ने भ्रमका च्यादर ओढेर हिँड्छन् थापा । गफ दिन्छन्, ‘हाम्रा पूर्खाले कालापानी लडेको, नालापानी लडेको । थापा काजी हौँ थापा काजी ।’ उनको ठूलो स्वरमा गाउँका तामाङहरू मुन्टो हुल्लाउँछन् । ‘हस् काजी’ भन्छन् । त्यो भन्दा बढी बोल्ने आँट पनि छैन । कसैले सोध्न सक्दैन मनहरी खोला थुनिएर नागछेडामा काठको डुंगा चल्दा काजी कता हुनुहुन्थ्यो ? गाउँकै दुःखमा सिन्को नभाँच्ने काजीलाई आधा इतिहास सुनाउन आतुर हुन्छ । सोझा तामाङलाई खेताला बनाएर थापा काजीले शासन चलाएको निकै भयो गाउँमा । शहरमा छोरा पढाउनेदेखि बुहारीको ज्यान हलुका पार्न अस्पताल पठाउने मात्र होइन, सन्तान भएपछि छोरा विदेश पठाउनसम्म थापा काजीकहाँ नै ऋणको भारी नबिसाइ हुन्न तामाङ समुदायलाई पनि । पराङको आमा पनि थापाकाजीकै घरमा कामदार थिइन् । करिया नै थिइन् नि ! तीनवर्षअघि मात्र घाँस काट्न जाँदा देखारीको भिरबाट गुल्टेर तलको नागढुंगामा बजारिएर पानी भन्न पाइनन् । ढुंगामा जमेको रगतको पोखरी पराङका किशोर मष्तिष्कमा जीवनभर छचल्किरहनेछ । त्यसैले उसलाई ढुंगामा देवताको बास होइन, कालको घर हुन्छ भन्ने विश्वास छ, किन लेख्छन् मान्छे गीत भावनामा बहकिएर, ‘जहाँ ढुंगा–ढुंगामा देवताको बास छ ।’

त्यही थापाका सानो ज्वाइँलाई पराङकी आमाले मनहरी खोलाबाट उतारेकी थिइन् । ससुराली आउँदा धेरै जंघार तर्नु पर्ने । थापाका ज्वाइँ चितवन पिप्लेका मसिने उप्रेती बेलभट्टीमा मार्सानीकहाँ कोदोको ऐराक धोकेर खोलामा पसेछन् । ज्वाइँनारायण त पानीमाथि फ्यालफ्याल भइरहेका । हेरेको त काजीका सानो ज्वाइँ, पुतलीकी पोइ ! पराङकी आमा, मोटी भोटिनी भन्थे गाउँले सबै । झ्वाम्म फाल हाली खोलामा । बम माछा बोकेझैँ काँधमा उप्रेतीलाई राखेर निस्किन् र पेट थिचेर पानी निकालिदिन खोजिन् । गोठाला गएकाहरू हसाउँथे, ‘भोटिनीले जतिपटक पेट थिच्यो, काजीका ज्वाइँको मुखबाट कोदोको रक्सी र पाडाको सितन निस्कन्थ्यो । हामी त हाँस्दाहास्दा हैरान ।’ तर मान्छेको ज्यान बचाउने तिनै मोटी भोटिनी काजीका लैनो भैँसीलाई घाँस काट्न जाँदा भिरबाट गुल्टिइन् । ढुंगामा बजारिइन् । यता थापाकाजीले पराङका बाबु लोसे लामालाई भने, ‘तेरो बूढी मर्दा मेरो लैना भैँसीले घाँस खान पाएन, अर्को बिहे गर है लोसे भोटे ।’ कलिलैमा पराङले संसार चिनिसकेको छ । उसले मान्छेको मुखमा देउताको गन्ध भेट्न छाडेको छ, त्यसैले ढुंगामा देउताको बास हुन्छ भन्ने त गीत मात्रै हो । भ्रम हो । एकातिर आमा ढुंगामा बजारिएको, अर्कोतिर भैँसीलाई घाँस काट्न अर्को बिहे गर भनेको । लिक्चेका सोझा तामाङको पहिचान, स्वाभिमान र अस्तित्वमा धावा बोल्ने सामन्तीका जोरपीपल हुन् थापाकाजी अर्थात् कलम थापा । गाउँका सोझा तामाङ भेला पारेर पुर्खाले नालापानी लडेको सुनाउने । दाजुभाइ शाही सेनामा छन् भनेर तर्साउने । सस्तोमा भारी बोकाउने ।

लिक्चेका सोझा तामाङको पहिचान, स्वाभिमान र अस्तित्वमा धावा बोल्ने सामन्तीका जोरपीपल हुन् थापाकाजी अर्थात् कलम थापा । गाउँका सोझा तामाङ भेला पारेर पुर्खाले नालापानी लडेको सुनाउने । दाजुभाइ शाही सेनामा छन् भनेर तर्साउने । सस्तोमा भारी बोकाउने ।

पुर्खाले कालापानी लडोस् कि नालापानी । मान्छेको स्वभाव फेरिएन भने उसले पोख्ने दयामाया तातो आइरनमा चुहिएको दुई थोपा पानीजस्तै हुन्छ । एकपटक झ्वाइँ……ए गर्छ र विलय हुन्छ । थापाकाजीको मुखबाट दयामाया चुहिएको थाहा छैन । भनौँ तातो आइरनमा दुई थोपा पानी नै हो गाउँलेका लागि सदियौँदेखि । त्यसमाथि ढुंगामा देवता हुन्छ भनेर लेख्नेहरू झुटका पुलिन्दा हुन् । तिनका आमा ढुंगामा बजारिएको भए पो ! थाहा पाउँथे । पराङलाई लाग्छ, ‘भगवान–सगवान केही हुन्न ।’ होस् पनि कसरी ? भगवान हुने भए गौतम बुद्ध किन यसरी ‘बिचरा’ हुनुपथ्र्यो ? बुद्ध कहाँ जन्मेको भनेर संसारभरका भक्तजनलाई ‘रणभूल्ल’ पारेको छ भारतले । भगवानसँग न भारतको नागरिकता छ, न नेपालको । त्यसमाथि राजपरिवारका सदस्यलाई नागरिकता अहिले त लिन पर्दैन, त्यतिखेर राजा शुद्धोधनका पालामा के थियो होला र ? अहिले त गाविस सचिव छैनन् नागरिकताको सिफारिस बनाइदिने । त्यतिखेर थिए होलान् र गाविस सचिव ? हो, राजाका छोराले नागरिकता, जन्मदर्ता केही बनाएनन् कि ? त्यसमाथि रूखमुनि ध्यान गर्ने उनीजस्ता जोगीको कसले राख्नु कागजात दुरूस्त । अचेल दर्ता फाँटका सहायकलाई चियापानी टक्र्याउन सकिएन भने आज दर्ता गरेको फाइल त भोलि सुब्बाको घर्राबाट गायव हुन्छ । वश यति हो, राम्रा र शक्तिलाई सबले चाकरी गर्छन्, मरे पनि शक्ति हुन् बुद्ध । बाँचे पनि कमजोर हुन् पराङ । त्यसमाथि भगवान कहीँ गाउँमा जन्मन्छ ? पराङ भन्छ, ‘यहाँ हजारौँ छोराछोरी आफू जन्मेको ठाउँ र जन्माउने बाउ पत्ता नलागेर जन्मदर्ता बनाउन सकिरहेका छैनन् । भगवान दुई ठाउँमा जन्मेको भनेर नक्कली नागरिकता र जन्मदर्ता देखाउनेको होड छ, केही त त्यसैमा डाक्टरी गर्दैछन् रे । पिएचडी ।’

२१ औँ शताब्दीमा अनिकाल पर्दा भोकभोकै स्वास्नी र छोराछोरी मार्ने अनि ऋण खोजेर तोर्मोमा भगवान सार्नेहरू मूर्दावाद । आँखाको फूलो अन्डामा सार्ने भन्दै चल्ला जन्मिन नदिने र मान्छेको भविष्य धमिलो पार्ने झाँक्रीहरू मूर्दावाद । कालापानी लडेको पुर्खाको धाक दिने र आफ्नो आमा मर्दा लैनौ भैँसीको आङ सुक्यो भन्ने काजीहरू मूर्दावाद । आज पराङ जनयुद्ध लड्न तालिमबाट पास भएको उग्र क्रान्तिकारी झैँ देखिन्छ । उसलाई गहुँ काट्न छाडेर क्रान्तिको फायर खोल्न मन छ, जुलुस लगाउन जाँगर चलेको छ । थापा काजीजस्ता सामन्तीको मुखमा परिवर्तनको मसाल झोस्ने जाँगरको रगत दौडिरहेको छ । झोक चलेको छ पराङलाई समाज देखेर । नचलोस् पनि कसरी, टन्टलापुर घाममा गहुँ काट्नेलाई एक घुट्को मोही दिनुको साटो अमिलो भयो भन्दै मोही मलमा फाल्ने र खेतालालाई मूलगाग्रीको चिसो पानी पनि नदिएर उल्टै ‘बजिया’ भन्दै सराप्ने काजीहरूको राज अरू कति चल्ने हो समाजमा–मुलुकमा ? अरूको पैसा मिटर ब्याजमा लगाएर आफू धनी हुने अनि हामी त काजी खलक भन्दै थाङ्ने झल्लरी कोटमा हिँडेका २१ औँ शताब्दीका रामापिथेकसहरूलाई किन मूर्दावाद नभन्ने ? पराङलाई गहुँबारीमा आगो झोसेर मुग्लान भासिउँ झैँ पो भएको छ आज ।

बाबु लोसे लामाले अर्की ल्याएर बसाइँ सरेपछि मामाघरमा हुर्किएको पराङलाई समाज उल्टो घुमिरहेको जस्तो लाग्छ । नलागोस् पनि कसरी ? थानीमाइका मूर्ति चोरेर ढुंगामा पूजा गर्न लगाउनेहरू गाउँमा प्रधानपञ्च थिए । घ्याबामा मकैको ढिँडोका डल्ला पारेर तोर्मोमा भगवान खोज्नेहरूको जमात बढ्दैछ । आफ्नै स्वास्नी बाख्राको खोरमा लडेर हर नचल्ने भएपछि नातिनी उमेरकालाई कान्छी बनाउनेले तोर्मोमा भगवान देख्छन् कि हामीजस्ता ठिटाको फेला परे दिउँसै तोरीका फूल ? पराङलाई राम्रो थाहा छ । ढुंगामा देवता कुँदेर मूर्ति चोरेर बेच्नेहरूले भगवान सारेका सा¥यै छन् बिरालोले बच्चा सारे झैँ । तर दुःख पर्दा तिम्रो भगवान कहाँ जान्छ ? तिमी हुन्थ्यौ त, आँशु पुछ्न जाली रूमाल लिएर आउने थियौ होला । आँशु रोक्न अक्षिमा खडेरी पारिदिन्थ्यौ होला !

मोरङे चेपाङको खोल्मामा रेडियो घन्किरहेको छ । आज के भयो कुन्नि ? रेडियो निकैबेरदेखि राष्ट्रवादी गीत सुनाइरहेको छ, ‘जहाँ ढुंगा–ढुंगामा देवताको बास छ, यो देश मेरो हो–यो देश मेरो हो ।’ पराङलाई ढुंगा झटारो हानेर रेडियो फुटाउँभैmँ लागिरहेको छ । सम्हालिँदै मनमनै भन्छ, ‘इस् हुन्छ….ढुंगामा देवताको बास, कुकुरको खप्पर, त्यही ढुंगामा बजारिदिन्छु अनि थाहा पाउँछस्, ढुंगामा देवताको बास हुन्छ कि काल !’

चैतका महिनै यस्ता । अत्यासलाग्दा, उदासलाग्दा विरक्तको हुरी चल्ने, निरासाको डढेलोले मन पनि डढाउने र वन पनि डढाउने । दिन उजाड रात खल्लो । खडेरी मौसममा र जीवनमा । बाँसका लिंगा जोल्ठिनै पर्दैन आगो दन्किन । साना दर्शन ढुंगा ठोकिए पनि बस्ती स्वाहा हुनसक्ने । कुन सन्काहाले यस्तो उराठ महिनालाई वसन्त ऋतु भनिदियो । सत्तिसाल बेचेर गमलामा सुन्तला फलाउनेहरूले पृथ्वीमा खडेरी पारेका छन् र आफ्नो आँगन भिजाउन छतमा पन्चकन्याका खिया नलाग्ने नीर शाहले प्रचार गरेको ट्यांकी हालेका छन् । त्यो ट्यांकी सामन्तीको सूचक हो । टिलिक्क टल्केको स्टिलले छिमेकीको आँखाको तेज मारिदिन्छ । प्रयोग गर्न भन्दा धेरैले देखाउन हालेका छन् छतमा ट्यांकी । पानी नभएपछि बिजुली बल्ने कुरै भएन । बिजुली नबलेपछि उस्तै परे पिउन थर्मसमा तातो पानी त हुँदैन भान्सामा । मान्छे बिल्कुल मेसिनसँग स्खलन भएको छ । मान्छे–मान्छे भेटिँदा मान्छेमय व्यवहार भेटिँदैन । हो, सोह्रलाख पराङहरूको श्रमको मूल्य नभएको यो मुलुकमा तोर्मामा भगवान खोज्ने र घिउकुमारीमा अनुहारको चमक खोज्नेहरूको ताँती छ । त्यसैले पराङले विद्रोह या आत्महत्या रोज्नैपर्छ । कि श्रमको मूल्य खोज्न मलेसिया भासिनु पर्छ । भगवानले हेर्छन्–सुन्छन्÷बुझ्छन् भन्ने भ्रममा कुमारित्व लुटेर ऊ ‘सुकुमारी’ छे भन्ने सर्टिफिकेट बेच्ने स्वास्थ्यका दलालहरूको पाउ पर्नै पर्छ । मूर्ति बेचेर ढुंगामा देवता हुन्छ भन्दै पढाउने दुई नम्बरी समाजसेवी भएको गाउँमा पञ्चायत बस्दा निर्णय त्यही हुन्छ, ‘यो राइनासे झ्याँस, गाउँमा आफू त केही गर्दैन नै, अरूलाई पनि यस्तै उटुंगे र कोग्ल्याँटा कुरा गरेर भड्काउँछ, यसलाई किन गाउँबाट नलेखेट्ने ? जा बजिया मलेसिया, कन्डोमा बोसो लागेकै छ क्यारे ।’ थप्छन् भद्रभलाद्मीहरू, ‘मरे परिवारले १० लाख पाउँछन् बाँचे संसार हेर्छस्, जिभ्रोको स्वाद फेर्छस् ।’ सयकडा बयालीससम्म ऋण काढेर पराङहरू विदेश जानुको विकल्प छैन । किनभने, ‘जो ढुंगामा देवता हुन्छ भनेर धोती फेरेर ढोँगीहरूसँग हिँड्न सक्दैन, उसलाई नै बात लाग्नेछ, ‘यो धर्मविरोधी हो, गतिछाडा हो, उस्तै परे यसले मन्दिरमा आगो झोस्छ, मूर्ति पनि चोर्छ–चोर्न नपाए फोर्छ ।’ गाउँमा विद्रोहको ज्वाला दन्किन कुनै व्यवस्थाविरूद्ध राजनीतिक प्रशिक्षण र भूमिगत बनेका गतिला नेता चाहिँदैन अचेल । पराङका विरक्त मनहरूले एकसाथ विद्रोहको बन्दुकमा बारुद भर्न खोज्छ तर सयकडा बयालीस ब्याजमा उसको ढाड यस्तो सड्किन्छ कि उसलाई उठिसुख न बसिसुख हुन्छ । पराङका सपना झैँ उसका परिवारलाई जीवनभर हर करकर खाइरहन्छ । विदेशमा छोरा म¥यो कि ? केही भयो कि ? पैसा आएर के गर्नु, ज्यान उतै बन्धक छ । पराङका पसिना यसै तरर बगेको होइन, कहिले मलेसियामा, कहिले नेपालमै थापाकाजीको गहुँबारीमा । फेरि पनि मोरङे चेपाङले रेडियो घन्कायो । रामकृष्ण ढकाल पो चुइँकिँदै छन्, ‘सबको भगवान छ, भगवानले हेर्छन् भन्थे–हेर्छन् भन्थे, तिम्रो भगवानले हेरेको पनि देखियो ।’

(रामकुमार एलनको प्रकाशोन्मुख उपन्यास ‘३ रिल जिन्दगी’ बाट)

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । पाकिस्तानमा डाक्टर र वकिलबिच झडप हुँदा १५ जनाको मृत्यु भएको छ । बुधबार पाकिस्तानको लाहोरस्थित पञ्जाब इन्सटिच्युट अफ…

काठमाडौं । बुधबार साँझदेखि पश्चिमी भू–भागबाट न्यून चापीय प्रणाली नेपालमा प्रवेश गरेका मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रणालीका कारण…

एकमहिने सुत्केरी ललिताका पति गोपीकुमारले रकम जोहो गर्न आफ्नो गाउँ र सदरमुकाममा भिख माग्न थालेका छन् ।

मेष- मित्रजन भेटघाट हुनेछ । धनको कारोबार बढ्नेछ । वृष- शंकाले बाधा गर्नेछ । रमाइलोमा दिन बित्नेछ मिथुन- अनावस्यक धन…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

काठमाडाैं । ‘समानताको पुस्ताः बलात्कार विरुद्ध ऐक्यवद्धता’ भन्ने मूल नाराका साथ गत २५ नोभेम्बरबाट शुरू भएको “लैङ्गिक हिंसा विरुद्धको १६…