मंसिर १५ गतेदेखि २१ सम्मको साप्ताहिक राशिफल

मेष– साताको सुरुमा घरायसी झमेला आउनेछ । पारिवारिक बेमेल एवम जग्गाजमिनमा विवाद पर्नेछ । साताको मध्यमा भने अध्ययनमा सफलता एवम आम्दानीको स्तर बढ्नेछ । व्यवसायबाट लाभ मिल्नाले अधुरा काम पुरा हुनेछन् । दाम्पत्य जिवनमा सामान्य वादविवाद, पितृपक्षको स्वास्थ्यमा बाधा एवम खेलकुद एवम प्रतिस्पर्धामा जित हुनेछ । स्वास्थ्यमा सुधार हुने एवम वैदेशिक सहायता मिल्नेछ ।

वृष– यात्राको अवसर आउनेछ । दाजुभाइबाट सहयोग एवम कृषिबाट फाइदा मिल्नेछ । साताको मध्यमा भने आफन्तबाट धोका एवम मानसिक अशान्ति बढ्नेछ । मित्रता टुट्ने एवम स्त्री पक्षसँग वैरभाव रहनेछ । प्रेममा सामान्य भनाभन, भोजनको गडबडीले स्वास्थ्य बाधा हुनेछ । साताको अन्त्यमा भने व्यापार फस्टाउने, सन्तानको प्रगति एवम कला,संगीतमा रुचि एवम प्रगति बढ्नेछ ।

मिथुन– बोलीबचनको प्रभावले मित्रता बढ्नेछ । कुटुम्ब एवम आफन्तको सहयोग मिल्ने, धनसम्पत्तिको आर्जनमा सन्तुष्टि मिल्नेछ । शिरदर्द एवम आँखाको समस्या बल्झिनेछ । प्रेममा भनाभन एवम पारिवारिक विवाद निम्तिनेछ । सन्तानको स्वास्थ्यमा बाधा एवम चिसोको समस्याले खर्च बढ्नेछ ।

कर्कट– नयाँ काममा योजना बन्नेछ । साथीभाइसँग भेटघाट एवम रमाइलोमा खर्च हुनेछ । मिठो भोजन एवम नयाँ ठाउँको भ्रमण मिल्नेछ । बोली बचनको प्रभावले ठुलाबडासँग सम्बन्ध बढ्नेछ । बाहनबाट सामान्य क्षति एवम सन्तानको चिन्ता बढ्नेछ । ऋणको भार बढ्नाले व्यवसायमा कठिनाइ हुनेछ । सामान्य चोटपटकको योग देखिन्छ ।

सिंह–यात्रामा खर्च हुनेछ । सामान हराउन सक्ने एवम आलोचनाको भय हुनेछ । मातृपक्षको स्वास्थमा बाधा आउने एवम स्त्रीपक्षसँग सम्बन्ध बिग्रिनेछ । अध्ययन कमजोर हुन सक्ने एवम पेटको समस्याले दुःख दिनेछ । छोटो यात्राको अवसर मिल्ने एवम दाजुभाइबाट भने सहयोग पाइनेछ । कृषि एवम तरल पदार्थबाट धन आर्जन हुने एवम महिलावर्गको सहयोगले व्यवसायमा सहायता मिल्नेछ ।

कन्या–आम्दानीले साथ दिनेछ । पशुचौपाया तथा तरल पदार्थको कारोबारबाट धन आर्जन हुनेछ । साताको मध्यमा भने स्वास्थ्यमा पैसा खर्च हुने, यात्रामा झन्झट मिल्ने एवम अनावश्यक काममा खर्च बढ्नेछ । बोलीको कारणले शत्रुता बढ्ने, खानपिनको कारणले स्वास्थ्य बाधा हुने एवम अंशबण्डा एवम घरायसी सम्पत्तिमा विवाद आउनेछ ।

तुला– राजनीतिक क्षेत्रमा अवसर मिल्नेछ । पदवृृद्धिको योग बन्ने एवम काममा प्रशंसा मिल्नेछ । रिसको आवेगमा मित्रता टुट्न सक्नेछ । सामान्य चोटपटकको भय एवम दाजुभाईको स्वास्थ्यमा समस्या आउन सक्नेछ । साताको मध्यमा भने राम्रो आम्दानी हुने एवम लगानीमा प्रतिफल मिल्नेछ । साताको अन्त्य भने खर्चिलो एवम झन्झटिलो हुनेछ ।

वृश्चिक–धार्मिक एवम सामाजिक क्षेत्रमा समय व्यतित हुनेछ । यात्राको योग बन्ने एवम वैदेशिक कामबाट फाइदा मिल्नेछ । देब्रे अंगमा पीडा एवम नाक, कान, घाँटीको समस्या हुनेछ । बोलीको कारणले प्रेममा बाधा एवम खर्च बढ्नेछ । साताको मध्यमा भने राजनीतिक भेटघाट हुने, ठुलाबडाले साथ दिने एवम काममा जस मिल्नेछ । साताको अन्त्यमा भने आम्दानीले साथ दिनाले कारोबारमा सन्तुष्टि मिल्नेछ । कृषि क्षेत्रबाट आम्दानी राम्रो हुनेछ ।

धनु –स्वास्थ्यमा बाधा एवम काममा रोकावट हुनेछ । अपजसको भय एवम मित्रता टुट्न सक्नेछ । साताको मध्यमा भने स्थान परिवर्तन एवम यात्राको सुख मिल्नेछ । शिर दर्द एवम शारिरीक थकान बढ्नेछ । दाजुभाइबाट सहयोग एवम माटोबाट लाभ मिल्नेछ । साताको अन्त्यमा भने आर्थिक सहयोग मिल्ने एवम कामबाट जस पाइनेछ ।

मकर – प्रेममा प्रगति हुनेछ । वैवाहिक कुराले चर्चा पाउने एवम पारिवारिक भेटघाटमा रमाइलोमा खर्च हुनेछ । साताको मध्यमा भने काममा ढिलासुस्ती एवम गुप्त शत्रुको बाधा हुनेछ । खर्च बढ्ने एवम गोडा, घुँडाको समस्या देखिन्छ । राजनीतिबाट भने फाइदा मिल्ने एवम साताको अन्त्यमा विदेशबाट सहयोग प्राप्त हुनेछ । मातृपक्ष एवम ससुराल पक्षबाट आर्थिक एवम नैतिक सहयोग मिल्नेछ ।

कुम्भ– खेलकुद एवम प्रतिस्पर्धामा जित हुनेछ । साथीभाइबाट सहयोग एवम स्वास्थ्यमा सुधार हुनेछ । आम्दानी राम्रो हुने एवम नयाँ व्यवसायमा लगानी बढ्नेछ । प्रेममा प्रगति एवम जीवनसाथीबाट पारिवारिक सहयोग मिल्नेछ । राजनीतिक क्षेत्रमा जिम्मेवारी बढ्ने एवम प्राविधिक क्षेत्रमा गरेको लगानीमा फाइदा मिल्नेछ । साताको अन्त्य भने सामान्य तनावपूर्ण हुनेछ ।

मीन – विद्याध्ययनमा प्रगति एवम वौद्धिक क्षेत्रमा रुचि बढ्नेछ । व्यापारमा राम्रो आम्दानी हुने तथा सन्तानबाट सहयोग मिल्नेछ । स्वास्थ्यमा सुधार हुने एवम काममा प्रगति मिल्नेछ । मध्यमा भने बोली बचनको कारणले पारिवारिक तिक्तता बढ्नेछ । पेट सम्बन्धि समस्या बढ्ने, मातृपक्षको स्वास्थ्यमा समस्या आउने एवम सवारी साधनले धोका दिन सक्नेछ । साताको अन्त्यमा भने व्यवसायिक यात्रा हुने एवम साझेदारीमा फाइदा मिल्नेछ । पारिवारिक भेटघाट एवम यात्रामा खर्च बढ्नेछ ।

प्रस्तुतिः ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्कः ९८५१०७१५७४ पशुपति जयवागेश्वरी

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । पाकिस्तानमा डाक्टर र वकिलबिच झडप हुँदा १५ जनाको मृत्यु भएको छ । बुधबार पाकिस्तानको लाहोरस्थित पञ्जाब इन्सटिच्युट अफ…

काठमाडौं । बुधबार साँझदेखि पश्चिमी भू–भागबाट न्यून चापीय प्रणाली नेपालमा प्रवेश गरेका मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रणालीका कारण…

एकमहिने सुत्केरी ललिताका पति गोपीकुमारले रकम जोहो गर्न आफ्नो गाउँ र सदरमुकाममा भिख माग्न थालेका छन् ।

मेष- मित्रजन भेटघाट हुनेछ । धनको कारोबार बढ्नेछ । वृष- शंकाले बाधा गर्नेछ । रमाइलोमा दिन बित्नेछ मिथुन- अनावस्यक धन…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

काठमाडाैं । ‘समानताको पुस्ताः बलात्कार विरुद्ध ऐक्यवद्धता’ भन्ने मूल नाराका साथ गत २५ नोभेम्बरबाट शुरू भएको “लैङ्गिक हिंसा विरुद्धको १६…