भाेरी नदीमा बस खस्दा सातको मृत्यु, २४ घाइते

फाइल तस्बिर
भारत । भाेरी नदीमा बस खस्दा सातजनाकाे मृत्यु हुनका साथै २४ जना गम्भीर घाइते भएका छन् ।
भारतकाे धुले जिल्लाकाे भाेरी नदीकाे पुलबाट बस नदीमा खसेर दुर्घटना भएकाे अधिकारीहरूले जनाएका छन् ।
दुर्घटनामा परी घाइते भएका सबैकाे स्थानीय अस्पतालमा उपचार भइरहेकाे समाचारमा जनाइएकाे छ । घाइतेमध्ये पाँचजनाकाे अवस्था गम्भीर रहेकाे जनाइएकाे छु ।
घटनाका बारेमा थप अध्ययन अनुसन्धान शुरू गरिएको र विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।