सडकमा छुट्टै साइकल लेन सञ्चालन

ललितपुर । महानगरपालिकाले साइकल यात्रुको लागि सडकमा छुट्टै साइकल लेन सञ्चालनमा ल्याएको छ । शनिबार ललितपुर महानगरपालिकाले एक कार्यक्रमकाबीच कुपन्डोल, पुल्चोक, जावलाखेल र लगनखेल हुँदै मंगलबजारसम्मका लागि साइकल लेन सञ्चालनमा ल्याएको जनाएकाे हो ।
चालु सडकमा नै छुट्याइएको साइकल लेन १.५ मिटर चौडाइको रहेको छ । कार्यक्रममा बोल्दै महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले काठमाडौं उपत्यकालाई साइकलमैत्री सडक बनाउने अभियानको थालनी भएको बताउनुभयो । साइकल लेनले शिवपुरी र फुलचोकी जोड्न चाहेको पनि उहाँले जनाउनुभएको छ ।
महानगरले पाटन दरबारक्षेत्र केन्द्र बनाएर चारै दिशाबाट आउन ४ साइकल लेन बनाउने योजना रहेको जनाएकाे छ ।