‘मरीचिका’ लाई ‘कर्णाली साहित्य समाज कृति पुरस्कार’

सुर्खेत । महेश थापाको कथासंग्रह मरीचिकालाई ‘कर्णाली साहित्य समाज कृति पुरस्कार’ प्रदान गरिने भएको छ ।

कर्णाली साहित्य समाज, सुर्खेतले यसै वर्षदेखि स्थापना गरेको यस पुरस्कारको राशि ५० हजार रुपैयाँ रहेको छ ।

शारीरिक रुपमा अशक्त थापाले दुई औंलाको सहयोगमा लेखेको ‘मरीचिका’ यस वर्ष मदन पुरस्कारको निम्ति छनौट भएका उत्कृष्ट ७ पुस्तकको सुचीमा परेको थियो । फरक शैली र स्वरुपका कथा ल्याएको भन्दै चर्चामा रहेको ‘मरीचिका’लाई केही अघि कविडाँडा साहित्य समाज, चितवनले ‘राष्ट्रिय आख्यान पुरस्कार’ प्रदान गरेको थियो ।

त्यस्तै, चर्चित लेखक बुद्धिसागरलाई २५ हजार राशिको ‘कर्णाली साहित्य समाज प्रतिभा पुरस्कार’ तथा कवि श्यामलाई ताम्रपत्रसहित ‘कर्णाली साहित्य समाज साधना सम्मान’ प्रदान गरिने समाजद्वारा सार्वजनिक विवरणमा उल्लेख छ ।

पुरस्कृत स्रष्टाहरुलाई मंसिर २१ गते सुर्खेतको वीरेन्द्रनगरमा एक कार्यक्रमका बीच पुरस्कार एवम् सम्मान अर्पण गरिने छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष- धनको सहयोग आउनेछ, आफन्तले माया गर्नेछन् । वृष- साथीभाइ भेटघाट हुनेछ, यात्रामा सुख मिल्नेछ । मिथुन- रोगबाट तनाव मिल्नेछ,…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

समाजको औद्योगिक चेतना, संस्कार र संस्कृतिजस्ता विषयहरुलाई अग्रगामी बनाउँदै लैजानुपर्छ भन्ने हाम्रो स्पष्ट मान्यता छ । यसैका लागि हामीले सानो-सानो…

गोपाल पाठक/विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (मंगलबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार…

काठमाडाैं । दक्षिण एसियाली खेलकुद (साग) काे पुरूष फुटबलमा नेपालले स्वर्ण पदक प्राप्त गरेकाे छ । नेपालले भुटानलाई २–१ को…

चेकोस्लोभाकिया । पूर्वी शहर ओस्ट्रोभामा अवस्थित अस्पतालमा मङ्गलबार एक बन्दुकधारीले प्रहार गरेको गोलीबाट चार व्यक्तिको मृत्यु भएको छ । यस…