सुनसरी भयानक दुर्घटना : एकै परिवारका ६ सहित ७ को मृत्यु

दिनेश गजमेर

सुनसरी । कोशी गाउँपालिकास्थित हरिपुरमा ट्रक र एम्बुलेन्स एकाआपसमा ठोक्किँदा ७ जनाको मृत्यु भएको छ ।

विपरीत दिशाबाट आएको ट्रक र एम्बुलेन्स ठोक्किँदा एम्बुलेन्समा सवार बिरामीसहित ७ जनाको घटनास्थलमै मृत्यु भएको हो । प्रहरीका अनुसार ना २ ख ९०८२ नम्बरको ट्रक र को १ च ९३६४ नम्बरको एम्बुलेन्स ठोक्किएको हो । गएराति साढे १२ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता विनोद शर्माले जानकारी दिनुभयो ।

मृत्यु हुनेहरुममा उदयपुरको त्रियुुगा नगरपापलिकाका राजेश दनुवार, दुुर्गाधन राई, टेकेन्द्र राई, तुलाबहादुर राई, मुकेश राई, दिनेश राई र शिवमाया राई रहेका छन् । मृतक सबैको शव सुनसरी सदरमुकामस्थित इनरुवा अस्पतालमा राखिएको छ । मृतक दनुवार एम्बुलेन्स चालक हुन् भने अन्य सबै एकै परिवारका सदस्य रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

जिम्मेवारी थपिनेछ, मित्र भेटमा रमाइलो हुनेछ ।

ज्यान बचाउन ती युवा भेरीमा हाम फालेको सोती गाउँका गाउलेको भनाइ छ ।

संक्रमितहरु गत बैशाख ३१ गते भारतबाट नेपाल आएर क्वारेन्टाइनमा बसेका थिए ।

अर्घाखाँचीका ३५ वर्षीय पुरुषको भारतबाट आउने क्रममा बाटोमै मृत्यु भएको हो ।

सेनाले भारतीय सञ्चारमाध्यमा आएका समाचारलाई ‘प्रोपगान्डा’ भन्दै सचेत रहन पनि विज्ञप्तिमार्फत सबैसँग आग्रह गरेको छ ।

शुक्रबार थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।