एचआईभी एड्सका कारण एकवर्षमा १३ सयको मृत्यु

काठमाडौं । एचआइभी एड्सका कारण कम्बोडियामा १३ सयको मृत्यु भएको छ ।

एचआईभी एड्सका कारण कम्बोडियामा गतवर्ष मात्रै १३ सय भन्दा बढीको मृत्यु भएको हो ।

सन् २०१० को तुलनामा यो तथ्याङ्क ४८ प्रतिशत कम भएको अधिकारीहरुले आइतबार जनाएका छन् । सन् २०१० सम्म यो रोगका कारण मृत्यु हुनेको संख्या २५ सयभन्दा बढी भएको राष्ट्रिय एड्स प्राधिकरणका अध्यक्ष आइङ मौलीले जानकारी दिनुभयो ।

विश्व एड्स दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले ८ सय ८० जना नयाँ एचआईभी संक्रमित थपिएको बताउनुभयो ।

नयाँ थपिने विरामीको संख्या पनि अहिले ६२ प्रतिशतभन्दा कम भएको तथ्याङ्कले देखाएको छ ।

दक्षिणपूर्वी एसियाली राष्ट्रहरुमा ७३ हजार मानिस एचआईभी एड्ससहित बाँचेका छन् ।

कम्बोडियाका लागि संयुक्त राष्ट्रसंघका आवासीय दूत पौलिन तामेसिसले एचआईभी नियन्त्रणको प्रयासबाट सकारात्मक नतिजा आएपनि पूर्ण सन्तुष्ट हुने अवस्था भने नरहेको बताउनुभयो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । पाकिस्तानमा डाक्टर र वकिलबिच झडप हुँदा १५ जनाको मृत्यु भएको छ । बुधबार पाकिस्तानको लाहोरस्थित पञ्जाब इन्सटिच्युट अफ…

काठमाडौं । बुधबार साँझदेखि पश्चिमी भू–भागबाट न्यून चापीय प्रणाली नेपालमा प्रवेश गरेका मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रणालीका कारण…

एकमहिने सुत्केरी ललिताका पति गोपीकुमारले रकम जोहो गर्न आफ्नो गाउँ र सदरमुकाममा भिख माग्न थालेका छन् ।

मेष- मित्रजन भेटघाट हुनेछ । धनको कारोबार बढ्नेछ । वृष- शंकाले बाधा गर्नेछ । रमाइलोमा दिन बित्नेछ मिथुन- अनावस्यक धन…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

काठमाडाैं । ‘समानताको पुस्ताः बलात्कार विरुद्ध ऐक्यवद्धता’ भन्ने मूल नाराका साथ गत २५ नोभेम्बरबाट शुरू भएको “लैङ्गिक हिंसा विरुद्धको १६…