राजवंशी समुदायकाे ‘हुदुरधुरा’ जात्रा

मोरङ । कटहरीका राजवंशी समुदायले हुदुरधुरा जात्रा निकालेका छन ।

राजवंशी संस्कृति संरक्षण विकास केन्द्र र राजवंशी समाज विकास समितिको अगुवाइमा मोरङ, सुनसरी र झापाका राजवंशी समुदायका मानिसहरुकाे सहभागितामा हुदुरधुरा जात्रा निकालिएको हो ।

जात्राको प्रदेश १ का प्रदेश सभा सदस्य विद्यानन्द चौधरीले उद्घाटन गर्नुभयो । राजवंशी समुदायमा पितृहरुको आत्माको चिरशान्तिको कामना गर्दै यो जात्रा निकाल्ने परम्परा छ ।

सांस्कृतिक मान्यता र परम्परासँग जोडिएको जात्रालाई पछिल्लो समय सामाजिक सद्भाव अभिवृद्धि गर्ने तथा झापा, मोरङ, सुनसरीलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने लक्ष्य र मागसहित विगत ११ वर्षदेखि जात्रा निकाल्ने गरिएको राजवंशी समाज विकास समितिका अध्यक्ष भिमराज राजवंशीले जानकारी दिनुभयो ।

कटहरी-३ बाट निकालिएको जात्राका सहभागी आदिवासी राजवंशी समुदायले आफ्नो मौलिक पहिरनका साथै वाद्यवादन, नृत्य र गीतसमेत प्रस्तुत गरेका थिए । जात्राले कटहरीका विभिन्न चोकहरुको परिक्रमा गरेको थियो । मूल रुपमा तिहारको समयमा राजवंशी समुदायले घरघरमा हुदुरधुरा पर्व मनाउने प्रचलन रहे पनि पछिल्लो समय अन्य समुदाय र भाषाका व्यक्तिहरुलाई समेत सहभागी गराउने उद्देश्यले यो पर्वलाई जात्राको रुप दिइएको आयोजकको भनाइ छ ।

हुदुरधुरा पर्वको अवसरमा गलत प्रवृति भएका व्यक्तिहरुको भण्डाफोर र त्यस्ता व्यक्तिलाई विभिन्न प्रकारको मुकुण्डो लगाइ सामाजिक रुपमा दण्डित गर्ने प्रचलनसमेत रहेकाे छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । पाकिस्तानमा डाक्टर र वकिलबिच झडप हुँदा १५ जनाको मृत्यु भएको छ । बुधबार पाकिस्तानको लाहोरस्थित पञ्जाब इन्सटिच्युट अफ…

काठमाडौं । बुधबार साँझदेखि पश्चिमी भू–भागबाट न्यून चापीय प्रणाली नेपालमा प्रवेश गरेका मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रणालीका कारण…

एकमहिने सुत्केरी ललिताका पति गोपीकुमारले रकम जोहो गर्न आफ्नो गाउँ र सदरमुकाममा भिख माग्न थालेका छन् ।

मेष- मित्रजन भेटघाट हुनेछ । धनको कारोबार बढ्नेछ । वृष- शंकाले बाधा गर्नेछ । रमाइलोमा दिन बित्नेछ मिथुन- अनावस्यक धन…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

काठमाडाैं । ‘समानताको पुस्ताः बलात्कार विरुद्ध ऐक्यवद्धता’ भन्ने मूल नाराका साथ गत २५ नोभेम्बरबाट शुरू भएको “लैङ्गिक हिंसा विरुद्धको १६…