Logo बैशाख २४, २०७८ शुक्रबार


जनकपुरधाममा ओर्लियाे मानवसागर (फाेटाेफिचर)

प्रमोद कुमार साह
धनुषा । पौराणिक कालमा अयोध्याका राजा दशरथका पुत्र श्रीराम र राजा जनककी पुत्री जानकी(सीता) बीच भएको विवाहको स्मरणस्वरुप प्रत्येक वर्ष जनकपुरधाममा मनाइँदै आएको पौराणिक छनककै विवाह महोत्सवमा सहभागी हुनका लागि देश र विदेशका लाखौ श्रद्धालु जनकपुरधाम पुगेका छन् ।

साँझदेखि शुरू हुने वैवाहिक कार्यक्रममा सहभागी हुन तथा पौराणिक कालमा भएको वैवाहिक लिलालाई सदृश्य हेर्नका लागि श्रद्धालु भक्तजन आउने क्रम अहिले पनि जारी नै रहेको छ । जनकपुरधामको रंगभुमी मैदान, जानकी मन्दिर प्राङ्गन, तिरहुतीया गाछी, रामानन्द चोक लगायतको स्थान श्रद्धालुको सागरले भरिभराउ रहेको छ ।

खासगरी मिथिला परम्परामा हुने वैवाहिक परम्परा लोभ लाग्दो परम्परा रहेको र भगवान राम र माता सीताको वैवाहिक कार्यक्रम पौराणिक कालमै भएको संस्कृतिलाई जस्ताको त्यस्तै वैवाहिक कार्यक्रम गरिने हुनाले प्रत्येक वर्ष यस दिनमा श्रद्धालुहरुको ओइरो नै लाग्ने गर्दछ ।

यस दिनमा मनाइने विवाहोत्सवले भगवान राम र सीताको विवाह भएको आजै जस्तो लाग्ने झझल्को दिने भएकाले भगवानको लिला हेर्नका लागि यहाँ आउने गरेको श्रद्धालुको भनाइ छ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

एमाले नेतासहित देउवा निवास बूढानीलकण्ठ पुगेका प्रधानमन्त्री ओलीलाई देउवाले विश्वासको मत नदिने जवाफ दिइसकेका छन् ।

शुक्रवार बिहानसम्म विश्व स्वास्थ्य संगठनले दिएको तत्थ्यांक अनुसार ३२ लाख ६८ हजार ८८० जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ ।

हाल देशका पहाडी भूभागहरुमा सामान्यदेखि पूर्ण बदली र बाँकी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

विदेशको कामबन्नेछ । ठुला बडाको साथ मिल्नेछ । परोपकारमा ध्यान जानेछ ।

उडान रोकिएपछि विदेशमा रहेका नेपालीहरु स्वदेश फर्कने अनुपात पनि बढेको छ ।

सरकारले कोभिडको उपचारका लागि स्वीकृत दिएका निजी अस्पतालले चर्को शुल्क लिन थालेपछि सर्वसाधरण संक्रमितको चाप सरकारी अस्पतालमा बढेको छ ।