गोपाल पाठक/विनोद लामिछाने/अनिष्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (आइतबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार हो । शत् प्रतिशत समाचार जनता टेलिभिजनमा हरेक दिन राति १० बजे र पुनः प्रसारण राति १ बजे र बिहान ३ बजे हेर्न सकिन्छ । जनता समाचार डट्कममा पनि आज घटेका विश्वभरका एक सय समाचार पढ्न सकिन्छ ।
शिक्षा, स्वास्थ्य, सामाजिक, आर्थिक, राजनीति, अपराध, प्रदेश, मनोरञ्जन, अन्तर्राष्ट्रिय, खेलकुद, लगायतका सम्पूर्ण समाचारको एकमुष्ट समाचार संगालो शत % समाचार।
आजका एक सय समाचार यसप्रकार छन् :
१.दक्षिण एशियाली खेलकुद सागको १३ औंँ संस्करण, काठमाडौमा भब्य कार्यक्रमका साथ औपचारिक सुरुवात ।२.राष्ट्रपति बिद्यादेबि भन्डारीद्धारा सागको उदघाटन ।३.लगातार चार पटकका सागमा स्वर्ण जितेका तेक्वान्दोका ओलम्पियन दीपक बिष्टले ओलम्पिक फ्लेम बाले ।४.नेपालको मौलिक पञ्चेबाजासहित उद्घाटनको सुरुवात भएको १३ औंँ सागको मस्कट कालो हरिणको नेतृत्वमा सहभागी राष्ट्रको झन्डा सहितको मार्च पास ।५.साग प्रतियोगिता अन्तर्गतका खेलहरु काठमाडौ,पोखरा र जनकपुरमा खेलाइने ।६.प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको शनिबार सम्पन्न उपनिर्वाचनको मतपरिणाम आउने क्रम जारी ।७.हालसम्म ४० स्थानको अन्तिम मतपरिणाम सार्वजनिक ।८. हालसम्म प्राप्त पछिल्लो परिणामअनुसार, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) २३, नेपाली कांग्रेस ११, राष्ट्रिय जनता पार्टी नेपाल तीन र समाजवादी पार्टीका वडाध्यक्षका तीन उम्मेदवार बिजयी ।९.प्रदेशसभा अन्तर्गत भक्तपुर क्षेत्र नम्बर १ (क) मा नेपाली कांग्रेसका उम्मेद्वार कृष्णलाल भँडेल विजयी ।१०.कास्की क्षेत्र नम्बरमा दुईमा भएको प्रतिनिधिसभा सदस्यका लागि नेकपाकी उम्मेदवार विद्या भट्टराईको बिजयी ।११.माओवादी जनयुद्धका सबै घटनाको जिम्मेवारी आफूले लिने नेकपा अध्यक्ष पुष्पकमल दाहालको भनाइ ।१२.माओबादी जनयुद्धको नेतृत्व गर्ने पार्टी र त्यसको अध्यक्ष भएको कारणले दहाल, आफुले जिम्मेवारी लिने ।१३.संक्रमणकालिन न्याय सम्पादन गर्न सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता छानविन आयोग बनाएर र द्वन्द्वकालीन मुद्दा टुङ्गो लगाउन प्रयासरत रहेको जिकिर ।१४.जनयुद्धमा मारिएका भएपनि सबैलाई सम्बोधन हुनेगरी सत्य निरुपण होस् भन्ने पक्षमा रहेको पनि स्पष्ट ।१५.तात्कालीन समयमा राज्यपक्ष वा विद्रोही पक्षबाट भएका जघन्य प्रकृतिका घटनामा दोषी ठहरिनेले कारबाही भोगे मात्रै भविश्यमा यस्ता घटना नदोहोरिन भनाइ ।१६. सुनसरीको कोशी गाउँपालिकास्थित हरिपुरमा ट्रक र एम्बुलेन्स ठोक्ँिकदा एकै परिवारका ६ सहित ७ जनाको मृत्यु ।१७. ना २ ख ९०८२ नम्बरको ट्रक र को १ च ९३६४ नम्बरको एम्बुलेन्स ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयको भनाइ ।१८. मृत्यु हुनेहरुमा उदयपुरको त्रियुुगा नगरपापलिकाका राजेश दनुवार, दुुर्गाधन राई, टेकेन्द्र राई, तुलाबहादुर राई, मुकेश राई, दिनेश राई र शिवमाया राई ।१९.पोखरा महानगरपालिका वडा नम्बर २० मौजास्थित बिसौनामा बाटो खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर ५ जनाको मृत्यु ।२०. मृत्यु हुनेमा तोवन बस्नेत, चोगेन्द्र बुढाथोकी, गणेश वली, सिमलाल वली र जितबहादुर बस्नेत रहेको प्रहरीद्वारा जानकारी ।२१.बलात्कार आरोपमा पक्राउका लागि प्रहरी, अस्पताल पुगेपछि सिद्धबाबा भनिने कृष्णबहादुर गिरी आईसीयूमा भर्ना ।२२.आफ्नै अनुयायीलाई बलात्कार गरेको आरोप लागेका सिद्धबाबालाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी विनोद शर्मा विराट नर्सिङहोममा पुगेलगत्तै सिद्धबाबालाई आइसीयु सारियो ।२३.गत कात्तिक ४ गते बलात्कार गरेको भन्दै एक महिला अनुयायीले सिद्धबाबाविरुद्ध दिएकी थिइन् प्रहरीमा उजुरी ।२४.जनकपुरधाममा भगवान् सीताराम विवाह पञ्चमी महोत्सव पौराणिक प्रचलनअनुसार मनाइँदै ।२५.जनकनन्दिनी सीताको विवाह भएको दिनको स्मरणमा मिथिलावासीद्वारा विशेष महोत्सवका रूपमा मनाउने प्रचलन ।२६.महोत्सवमा सहभागी हुन यस पटक लाखौँ श्रद्धालु जनकपुरमा ।२७.राम मन्दिर र जानकी मन्दिरबाट राम सीताको प्रतिमालाई सुसज्जित डोलीमा राखी रङ्गभूमिमा लगी स्वयम्बर र परीक्षण विधि भएपछि जानकी मन्दिरमा ल्याई विवाह संस्कार सम्पन्न गर्ने परम्परा ।२८.बाराको गढीमाई मेला सुरु भएलगत्तै मेला भर्न र दर्शन गर्न आउने भक्तजनहरुको भीड बढ्दो ।२९.मेलामा भारतलगायत नेपालका विभिन्न स्थानबाट भक्तजन आउने गरेको मेला व्यवस्थापन समितिद्वारा जानकारी ।३०.बलिको २० दिन अघि नै भारत विहारको सीतामढी र शिवाहर जिल्लाबाट भाकल गरेकाहरुले राँगा, खसी ल्याएर गढीमाई मेला व्यवस्थापन मुल समितिमा बुझाए ।३१.स्वच्छ मनले गाढीमाईको दर्शन गरे मनोकमना पुरा हुने विश्वासका कारण लाखौं भक्तजनहरुले बलि चढाउने गरेको मूल समितिको भनाइ ।३२.नीतिगत सुधारका कारण तीन वर्षयता मुलुकको अर्थतन्त्र सकारात्मक दिशामा अगाडि बढेको नेपाल राष्ट्र बैंकको दाबी ।३३.उत्पादनमूलक क्षेत्र र निर्यातजन्य उद्योगको विस्तारका लागि सहुलियत दिन तयार रहेको जानकारी ।३४.नेपाल राष्ट्र बैंकले आवश्यकताका आधारमा कुनै पनि नीति नियम ल्याउने सक्ने गभर्नर डा. चिरञ्जीवि नेपालको भनाइ ।३५.आवश्यकता र औचित्यका आधारमा नियमकानुन तर्जुमा गर्ने भएकाले अन्तर्राष्ट्रिय अभ्यासअनुरुप सबैलाई न्याय दिने नीतिलाई सबैले पालना गर्नुपर्नेमा जोड ।३६.राष्ट्र बैंकको राम्रो नीति नियमकै कारण तीन वर्षयता मुलुकको अर्थतन्त्र सकारात्मक दिशामा अगाडि बढेको गभर्नर नेपालको ।३७.नेपाल राष्ट्र बैंकले ३ अर्ब १३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने ।३८. मंगलबार जारी हुने ट्रेजरी बिलका लागि सोमबार दिउँसो २ बजे बोलकबोल हुने, ट्रेजरी २०७६ साल फागुन २० गते परिपक्व हुने ।३९. भुक्तानी मिति अगावै ट्रेजरी बिलको प्रमाणपत्र खरिद गर्न, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा तथा अन्तर बैंक कारोबारमा प्रयोग गर्न सकिने व्यवस्था ।४०. एन आई सी एशिया बैंक लिमिटेड साउथ एशियन फेडरेशन अफ एकाउन्टेन्टस् (साफा) द्वारा सम्मानित ।४१.बैंकलाई बंगलादेशको ढाकामा आयोजित एक समारोहकाबीच उत्कृष्ट वित्तीय प्रतिवेदन अवार्ड र सार्क एनिभर्सरी अवार्ड फर कर्पोरेट गभरनेन्स डिस्क्लोजर्स– सर्टिफिकेट अफ मेरिट प्रदान ।४२.नेपाल राष्ट्र बैंकले आइतबारदेखि लागू हुने गरि २ बिभागको गर्यो स्थानान्तरण ।४३.थापाथली स्थित भवनमा रहेको राष्ट्र ऋण व्यवस्थापन विभाग र बैंकर्स प्रक्षिण केन्द्र बालुवाटार मा नै स्थानान्तरण गरिएको जानकारी ।४४.सिभिल बैंकले मर्जरको कार्य अगाडि बढाउन र प्रस्तावित लाभांश पारित गर्न पुस ६ गते नवौँ वार्षिक साधारण सभा गर्ने ।४५.सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने गाभिने वा प्राप्ती गर्ने सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने ।४६.आइतबार सुनको भाउ तोलामा तीन सय रुपैयाँले बृद्धि भएर प्रतितोला ७१ हजार ६ सय रुपैयाँमा कारोबार ।४७.चाँदी प्रतितोला आठ सय पचपन्न रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी महासंघको भनाइ ।साताको पहिलो दिन धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक सामान्य गिरावट ।४८.नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से शुन्य दशमलव शुन्य,७ विन्दुले बढेर एक हजार १ सय १२ दशमलव ८,५ विन्दुमा सीमित ।४९.सेन्सेटिभ परिसूचक भने शुन्य दशमलव ५, शुन्य विन्दुले घटेर २ सय ४६ दशमलव १५ विन्दुमा ।५०.मकवानपुरको पश्चिमी तीन गाउँपालिका जोड्ने आधा दर्जन मुख्य सडक निर्माण भएपनि स्थानीयबासी भने हिउँदमा खोला र वर्षात्मा भीरको यात्रा गर्न बाध्य ।५१.निर्माण गरिएका सडक व्यवस्थित नहुँदा दुर्घटनाको जोखिम पनि उत्तिकै बढ्दो ।५२.मकवानपुरको पश्चिमी क्षेत्रमा पर्ने एउटा भीरका कारण वर्षेनी पाँच जनाबढीले ज्यान गुमाउने गरेको तथ्यांक ।५३.राक्सिराङ गाउँपालिका वडा नम्बर ४ र ५ को दोभानमा पर्ने परेवाभीरले प्रत्येक वर्ष ज्यान लिने गरेको स्थानीयको भनाइ ।५४.परेवा भीरमा बाटो निर्माणका लागि यो वर्ष प्रतिनिधिसभा सदस्य विरोध खतिवडा, प्रदेशसभा सदस्य इन्द्र बानियाँ र राक्सिराङ गाउँपालिकाद्वारा डेढ करोड रुपैयाँ बजेट विनियोजन ।५५.सुन्दरहरैचा नगरपालिका(१० खोर्सानेबाट लागूऔषध गाँजा ३ किलो ४ सय ग्राम सहित ३ जना पक्राउ ।५६.पक्राउ पर्नेमा बेलबारी नगरपालिका १ का रितिक बस्नेत, बिकाश धिमाल र लक्ष्मी गुरुङ ।५७.मकवानपुरको भिमफेदी गाउँपालिका २ बाट २४ किलो चरेश सहित २ जना पक्राउ ।पक्राउ पर्नेमा पर्सा अमर पटेल गाउँपालिका २ का राजेश यादव र ऋषि कुमार यादव ।५८.उदयपुरको बेलका नगरपालिका ९ कुलुङ टोलबाट एक थान भरुवा बन्दुक प्रहरीद्धारा बरामद ।५९.सिरहाको धनगढीमाई नगरपालिका ९ मुसहर्नियामा ४ वटा मोटरसाइकल एक आपसमा ठक्कर खादाँ गोलबजारका बिजेन्द्र साफीको मृत्यु ।६०.दुर्घटनामा घाइते भएका अन्य ६ जनाको उपचार भइरहेको र ४ वटै मोटरसाइकलहरुलाई नियन्त्रणमा लिएको प्रहरीद्धारा जानकारी ।६१.अर्घाखाँचीको सन्धिखर्क नगरपालिका १ मा लु.३ त १८१८ नम्बरको ट्याक्टरको ठक्करबाट गोकुल थापाको मृत्यु ।६२.चितवनको भरतपुर महानगरपालिका ११ मा ना.४ ख ४३२७ नम्बरको ट्रकले ना. १९ प ४६३३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु, सनाखत हुन सकेन ।६३.उदयपुरको चौदण्डीगढी नगरपालिका ४ मा को.११ प ६९६२ नम्बरको मोटरसाइकर्ल दुर्घटना हुँदा दिपेन राईको मृत्यु ।६४.पाँचथरको फिदिम नगरपालिका १४ मा मे.१ त ५७८१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा अविनाश राईको मृत्यु ।६५.मोरङको लेटाङ नगरपालिका ५ का विश्व सुबेदीको गोठमा आगलागी हुँदा करिब २ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट ।६६.स्याङ्जाको आँधीखोला गाउँपालिका १ का भिम बहादुर पौडेलको गोठमा आगलागी हुँदा करिब ३ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट ।६७.सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ५ का रुपनीदेवी चौधरीको गोठमा आगलागी हुँदा करिब १ लाख २५ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट ।६८.धनुषाको औरही गाउँपालिका २ देउरीका भागेश्वर यादवको किराना पसलमा आगलागी हुँदा करिब ८ लाख २५ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट ।६९.दोलखा मेलुङ गाउँपालिका ४ का ललितमान तामाङ काठमाडौंको कीर्तिपुर नगरपालिका ३ मा मृत अबश्थामा फेला ।७०.अमेरिकी राज्य दक्षिण डकोटामा विमान दुर्घटनामा दुई बालबालिकासहित ९ जनाको मृत्यु ।७१.दुर्घटनामा परि तीन जना घाइते भएको अमेरिकी संन्चार माध्यममा उल्लेख ।७२.शनिबार भएको शीतकालिन हुरीका कारण दुर्घटना भएको संन्चार माध्यमद्वारा जानकारी ।७३.संघीय उड्डयन प्रशासनका अनुसार चेम्बर विमानस्थलबाट करिब एक मिल दुरीमा टेकअफ गरिसकेपछि भएको थियो दुर्घनाग्रस्त ।७४.इन्डोनेसियाको बोर्नियोस्थित वर्षा वनमा दुई महिनादेखि लगातार डढेलो ।७५.डढेलोका कारण अमेजन जंगलको भन्दा पनि खराब स्थिति आएको युरोपेली संघको विश्लेषण ।७६.डढेलोका कारण ७० करोड टन कार्बनडाइअक्साइड निस्किएको जानकारी ।७७.आगोबाट निस्केको धूवाँका कारण हवाई यातायात प्रभावित हुनुका सथै स्थानीयमा श्वासप्रश्वाससम्बन्धी रोगको संक्रमण ।७८.उत्तर कोरियाद्वारा जापानी प्रधानमन्त्री शिन्जो आबेलाई मन्दबुद्धि र राजनीतिक कद नभएका नेताको संज्ञा ।७९.उत्तरले आफ्नो पछिल्लो अस्त्र परीक्षणलाई आबेले गलतरूपमा प्रस्तुत गरेको भन्दै लगायो यस्तो आरोप ।८०.उत्तरले दुई अस्त्र जापानको समुद्रतर्फ प्रहार गरेलगत्तै जापानी प्रधानमन्त्रीले निरन्तर ‘ब्यालेस्टिक’ परीक्षण अन्तराष्ट्रिय समुदायका लागि गम्भीर चुनौती भएको गरेका थिए टिप्पणी ।८१.उत्तर कोरियाको सरकारी सन्चारमाध्यमद्धारा निकट भविष्यमै जापानले वास्तविक ब्यालेष्टिक क्षेप्यास्त्र देख्न पाउने पनि उल्लेख ।८२.मेक्सिकोमा प्रहरी र लागूऔषध तस्करबीच भिडन्त हुँदा तस्करीमा संलग्न १० जना हतियारधारी र चार प्रहरीको मृत्यु ।८३.अमेरिकी सीमाक्षेत्र नजिकैको सहर भिल्ला युनियनमा भएको थियो भिडन्त ।८४.अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सीमाक्षेत्रमा आतंकवादी समूहका कारण द्धिपक्षीय तनाब बढेको बताएको भोलिपल्टै भएको हो यस्तो भिडन्त ।८५.प्रहरीसँग भिडन्त हुँदा हतियारधारी समूहले केही सवारी साधन समेत प्रयोग गरेको अन्तराष्ट्रिय संचारमाध्यममा उल्लेख ।८६.सागको खो–खो खेलमा बंगलादेशलाई हराउँदै नेपालको विजयी सुरुवात ।८७.कीर्तिपुरस्थित नयाँ बजारमा आइतबार भएको उद्घाटन खेलमा नेपाली पुरुष टिमले बंगलादेशलाई २१–१९ अंकले गरेको हो पराजित ।८८.जितसँगै नेपालले जोड्यो तीन अंक ।८९.सागको ब्याडमिन्टनमा मेन्स टिम इभेन्टमा नेपाल सेमिफाइनलमा प्रवेश ।९०.आइतबार पोखरास्थित ब्याडमिन्टन कोर्टमा भएको खेलमा नेपाली टिमले भुटानलाई पराजित गर्दै सेमिफाइनलमा गरेको हो प्रवेश ।९१.नेपालका रत्नजीत तामाङले भुटानका खेलाडी अनिश गुरुङलाई २१–६, २१–९ को सोझो सेटमा पराजित ।९२.प्रतिष्पर्धामा नेपाली खेलाडी दिपेश धामीले भुटानका नैदुप दोर्जेलाई २१–१३, २१–१४ सोझो सेटमा गरे पराजित ।९३.महिलातर्फ टिम इभेन्टमा नेपाल र बंगलादेशबीचको खेलमा नेपालकी नङसाल तामाङले बंगलादेशकी साल्पा अख्तरलाई २१–१८, १५–२१ र २१–१७ को सेटमा गरिन् पराजित ।९४.भारतको पुरुष भलिबल टोली साग भलिबलको फाइनलमा ।९५.आइतबार भएको सेमिफाइनलमा श्रीलंकामाथि ३–१ को सेटमा जित निकाल्दै भारतद्वारा फाइनल यात्रा तय ।९६.जितसँगै फाइनल पुगेको भारतको १३ औं सागमा एक पदक पक्का ।९७.१३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता २०१९ (साग) को सुरक्षाका लागि १८ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन ।९८.यातायात व्यवस्थापनका लागि सात सय ट्राफिक परिचालन गरिएको प्रहरीद्वारा जानकारी ।९९.साग खेलकुद मुलुकको प्रतिष्ठाकै विषय भएकाले सुरक्षा व्यवस्था चुस्त पारिएको प्रहरीको भनाइ ।१००. यूइएफएले सार्वजनिक गरेको समूह विभाजन अन्र्तगत यूरोपियन कप २०२० मा पोर्चुगल, फ्रान्स र जर्मनी एउटै समूहमा ।