जहाँ निर्वाचन परिणाम उल्टियो

काठमाडौं । निर्वाचनपछि विभिन्न कारणले रिक्त रहेका स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाका लागि शनिबार भएको उपनिर्वाचनमा कतै पहिले जितेका दलले पराजय भोगेका छन् भने कतै पहिले पराजित दलले जितेका छन् ।

आइतबार साँझसम्म प्राप्त मत परिणाम अनुसार २०७४ मा सम्पन्न निर्वाचनमा कांग्रेसले जितेका ६ स्थानीय तह अन्तर्गत वडाको उप निर्वाचनमा नेकपाले जितेको छ । त्यसैगरी नेकपाले जितेको ६ वटा वडा र प्रदेश सभाको एक सिटमा कांग्रेसले जितेर परिणाम उल्ट्याएको छ ।

भक्तपुर १ (क) मा यस अघि भएको निर्वाचनमा नेकपाका हरिशरण लामिछाने निर्वाचित भएका थिए । अहिले उपनिर्वाचन हुँदा कांग्रेसका कृष्णलाल भँडेल निर्वाचित भएका छन् ।

भँडेल १३ हजार ४ सय ४९ मत ल्याएर विजयी भए । उनका प्रतिद्वन्द्वी नेकपाका देवीप्रसाद ढकाल ११ हजार २ सय छ मत ल्याएर पराजित भएका छन् । २०७४ मा सम्पन्न निर्वाचनमा कांग्रेसले जित हात पारेको स्थानहरु बाजुराको त्रिवेणी १ मा नेकपाका मनराज बुढा, अछामको मल्लेख गाउँपालिका ५ मा रमेशबहादुर खडका, बाँकेको कोहलपुर ६ मा रामशरण थारु र सिरहाको कल्याणपुर १२ मा दिलिपकुमार यादवले नेकपाको उम्मेदवारको हैसियतमा विजय प्राप्त गरेका हुन् ।  राजधानीमा समाचार छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष- धनको सहयोग आउनेछ, आफन्तले माया गर्नेछन् । वृष- साथीभाइ भेटघाट हुनेछ, यात्रामा सुख मिल्नेछ । मिथुन- रोगबाट तनाव मिल्नेछ,…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

समाजको औद्योगिक चेतना, संस्कार र संस्कृतिजस्ता विषयहरुलाई अग्रगामी बनाउँदै लैजानुपर्छ भन्ने हाम्रो स्पष्ट मान्यता छ । यसैका लागि हामीले सानो-सानो…

गोपाल पाठक/विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (मंगलबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार…

काठमाडाैं । दक्षिण एसियाली खेलकुद (साग) काे पुरूष फुटबलमा नेपालले स्वर्ण पदक प्राप्त गरेकाे छ । नेपालले भुटानलाई २–१ को…

चेकोस्लोभाकिया । पूर्वी शहर ओस्ट्रोभामा अवस्थित अस्पतालमा मङ्गलबार एक बन्दुकधारीले प्रहार गरेको गोलीबाट चार व्यक्तिको मृत्यु भएको छ । यस…