प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार, मृगौला प्रत्यारोपणको तयारी

आनन्द गुरुङ 

काठमाडाैं ।  प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार भइरहेको त्रिवि शिक्षण अस्पताल मनमोहन कार्डियो भास्कुलर केन्द्रले जनाएको छ ।

‘एपेन्डिसाइटिस’ भएपछि गत मंगलबार बिहान अस्पताल भर्ना हुनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको सोही दिन अपरान्ह एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो । शल्यक्रियापछि प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार भइरहेको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् । प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे चिन्ता व्यक्त गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भूटानी प्रधानमन्त्री डाक्टर लोटे छिरिङले पनि स्वास्थ्यलाभको कामना गर्नु भएको छ ।

शनिबार भारतीय दूतावासमार्फत प्राप्त भएको पत्रमा प्रधानमन्त्री मोदीले ओलीको शीघ्र स्वास्थ्यलाभको कामना गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । त्यस्तै भुटानका प्रधानमन्त्री डाक्टर लोटे छिरिङले पनि प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

त्यसैगरी, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भरतपुर उपमहानगरपालिकाकी मेयर रेणु दाहालले आइतबार मनमोहन कार्डियो भास्कुलर केन्द्र त्रिवि शिक्षण अस्पताल पुगेर प्रधानमन्त्री ओलीसँग भेट गरी स्वास्थ्य अवस्थाबारे जानकारी लिनु भएको थियो ।

यता, प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार आएस‘गै मृगौला प्रत्यारोपणको तयारी समेत भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । धेरैपटक डायलसिस भइसकेकाले जतिसक्दो चॉडो मृगौला प्रत्यारोपण गर्नुपर्ने चिकित्सकको सल्लाह अनुसार सचिवालयले प्रत्यारोणको तयारी गरेको हो । यस अघि सिंगापुरमा नियमित परिक्षण र उपचार गर्दै आउनुभएका ओलीको मृगौला प्रत्यारोपण अमेरिका वा रुस कुन देश र कुन अस्पतालमा गर्ने ? भन्ने निक्र्यौल भइनसकेको सचिवालयले जनाएको छ ।

त्यसैगरी, मृगौलादाताको पनि निधो नभएको सचिवालयले जानकारी दिएको छ । तर, चिकित्सकको सल्लाह र सहयोगमा जतिसक्दो छिट्टै मृगौला प्रत्यारोपण गर्ने तयारीमा चिकित्सक सहित सचिवालय लागि परेको छ । सचिवालयका अनुसार आगामी हप्ता मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री देशबाहिर जाने तयारी भइरहेको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । पाकिस्तानमा डाक्टर र वकिलबिच झडप हुँदा १५ जनाको मृत्यु भएको छ । बुधबार पाकिस्तानको लाहोरस्थित पञ्जाब इन्सटिच्युट अफ…

काठमाडौं । बुधबार साँझदेखि पश्चिमी भू–भागबाट न्यून चापीय प्रणाली नेपालमा प्रवेश गरेका मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रणालीका कारण…

एकमहिने सुत्केरी ललिताका पति गोपीकुमारले रकम जोहो गर्न आफ्नो गाउँ र सदरमुकाममा भिख माग्न थालेका छन् ।

मेष- मित्रजन भेटघाट हुनेछ । धनको कारोबार बढ्नेछ । वृष- शंकाले बाधा गर्नेछ । रमाइलोमा दिन बित्नेछ मिथुन- अनावस्यक धन…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

काठमाडाैं । ‘समानताको पुस्ताः बलात्कार विरुद्ध ऐक्यवद्धता’ भन्ने मूल नाराका साथ गत २५ नोभेम्बरबाट शुरू भएको “लैङ्गिक हिंसा विरुद्धको १६…