छाउगोठमा मृत अवस्थामा भेटिइन् युवती

अछाम । साँफेबगर नगरपालिकामा एक महिनावारी भएकी युवती छाउपडी गोठमा मृत अवस्थामा भेटिएकी छन् । महिनावारी भएको ४ दिनमा  नगरपालिका – ३ सिद्धेश्वर डिक्रेनिकी २१ वर्षीया पार्वती बुढा रावत छाउ गोठमा मृत भेटिएकी हुन् ।

घरभन्दा १०० मिटर टाढा रहेको छाउगोठमा रावत यस्ताे अवस्थामा भेटिएकाे ईलाका प्रहरी कार्यालय साँफेवगरका प्रहरी निरिक्षक नरपती भट्टले जानकारी दिनुभयो । मेल्लेख गाउँपालिका -७ नन्देगडा माइती भएकी रावतको १८ महिना पहिलेमात्रै घरजम भएको खुलेकाे छ ।

आइतबार साँझ खाना खाएर सुतेकी रावत सोमबार बिहान मृत भेटिएकी हुन् । बिहान साढे सात बजेसम्म नउठेपछि छाउगोठको ढोका फोरेर हेर्दा मृत भेटिएको पार्वतीका जेठाजु छत्र रावतले बताए । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

रावतका श्रीमान करन रावत ६ महिना अघि रोजगारीको सिलसिलामा भारतमा रहेको नगरपालिका प्रमुख कुलबहादुर कुँवरले बताउनुभएको छ । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मंगलसैनमा राखिएको छ । अछाममा मात्रै  सन् २००६ यता १५ जना भन्दा बढी महिलाको छाउ गोठमा ज्यान गइसकेको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । पाकिस्तानमा डाक्टर र वकिलबिच झडप हुँदा १५ जनाको मृत्यु भएको छ । बुधबार पाकिस्तानको लाहोरस्थित पञ्जाब इन्सटिच्युट अफ…

काठमाडौं । बुधबार साँझदेखि पश्चिमी भू–भागबाट न्यून चापीय प्रणाली नेपालमा प्रवेश गरेका मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रणालीका कारण…

एकमहिने सुत्केरी ललिताका पति गोपीकुमारले रकम जोहो गर्न आफ्नो गाउँ र सदरमुकाममा भिख माग्न थालेका छन् ।

मेष- मित्रजन भेटघाट हुनेछ । धनको कारोबार बढ्नेछ । वृष- शंकाले बाधा गर्नेछ । रमाइलोमा दिन बित्नेछ मिथुन- अनावस्यक धन…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

काठमाडाैं । ‘समानताको पुस्ताः बलात्कार विरुद्ध ऐक्यवद्धता’ भन्ने मूल नाराका साथ गत २५ नोभेम्बरबाट शुरू भएको “लैङ्गिक हिंसा विरुद्धको १६…