गायिका बुनुद्वारा स्वर्गीय बाबुका दुई कृति सार्वजनिक

काठमाडौं । साहित्यकार कर्णकुमार श्रेष्ठका दुईवटा कृतिहरू एकैसाथ सार्वजनिक भएका छन् ।

पूर्वाञ्चल क्षेत्रको दमकमा स्थायी बसोबास गरी नेपाली साहित्यको कथा, गीत, गजल, कविता र हास्यव्यङ्ग्यमा लामो समयदेखि कृयाशील लेखक श्रेष्ठको ‘उस्तै उस्तै मान्छे’ (साहित्यिक संगालो) र ‘मनको सागर’ (गीतगजल एल्बम) गत सोमबार जमलस्थित सांस्कृतिक संस्थानमा सार्वजनिक गरिएको हो ।

वरिष्ठ साहित्यकार तथा चलचित्र निर्देशक यादव खरेलको प्रमुख आतिथ्यमा सम्पन्न विमोचन कार्यक्रममा लेखक श्रेष्ठका व्यक्तित्व र कृतिमाथि साहित्यकारहरू प्रकाश सायमी, लक्ष्मण गाम्नागे, शिक्षक ईश्वरप्रसाद भण्डारी र संगीतकार राजु सिंहले प्रकाश पार्नुभएको थियो ।

विसं २००० सालमा गढीथुम्का, इलाममा जन्मिनुभएका श्रेष्ठको अस्वस्थताका कारण गतवर्ष निधन भएको हो । श्रेष्ठले करिब ४ दशक शिक्षा क्षेत्रमा योगदान पुर्याउनुभएको थियो भने साहित्य लेखनका अतिरिक्त चित्रकला र सामाजिक सेवाको क्षेत्रमा समेत उहाँको योगदान उल्लेखनीय रहेको सहभागी बक्ताहरूले बताएका थिए ।

लेखकका ३ छोरा र २ छोरी मध्येकी कान्छी छोरी बुनु श्रेष्ठ (गायिका)द्वारा प्रकाशित पुस्तक ‘उस्तै उस्तै मान्छे’, लेखकका विभिन्न समयका हास्यव्यङ्ग्य, लघु–कथा र कविताहरूको संग्रह हो । यसअघि लेखक श्रेष्ठका नाकको अप्रेशन (हास्यव्यङ्ग्यसंग्रह), ऋतम्भरा (गजलसंग्रह), मनको सागर (गजलसंग्रह), मुखाले पोथी (बाल–कथासंग्रह) लगायतका आधा दर्जन साहित्यिक कृतिहरू प्रकाशित भइसकेका छन् ।

विमोचित एल्बम ‘मनको सागर’ मा मनको सागर, पाइला पाइलामा, मेरको थिए, जूनै जूनको, आफ्नै जिन्दगीलाई लगायतका कूल ७ वटा गीत तथा गजलहरु संग्रहित छन् । गीत तथा गजलहरुमा गायक गायिकाहरु अन्जु पन्त, शिव परियार, रामकृष्ण ढकाल, मनोजराज सिवाकोटी, दिपशिखा राहुल, सजल न्यौपाने र बुनु श्रेष्ठले स्वर भरेका छन् ।

गीतिसंग्रहमा रहेका गीत तथा गजलहरुमा किरण कँडेल, बि.एन.निराकार, रिदम कँडेल र रामकुमार रिमालले संगीत सिर्जना गरेका छन् भने गीत तथा गजलहरुलाई किरण कँडेल, बिएन निराकार, रिदम कँडेल र देवेन्द्र नेवाले संगीत संयोजन गरेका छन् ।

संग्रहका सबै गीतहरु स्टुडियो साउण्डमिलमा रेकर्ड गरिएका हुन् । सबै गीतहरुलाई महेश्वर मान राजभण्डारीले मिक्सिङ तथा मास्टरिङ गर्नुभएको हो भने फुर्वा पाख्रिन तामाङले गीतहरु रेकर्डिङ गर्नुभएको हो

सार्वजनिक भएका गीत तथा गजलहरुलाई स्टुडियो साउण्डमिलले चाडैनै आफ्नै युट्युब च्यानल मार्फत् सार्वजनिक गर्ने जनाएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । पाकिस्तानमा डाक्टर र वकिलबिच झडप हुँदा १५ जनाको मृत्यु भएको छ । बुधबार पाकिस्तानको लाहोरस्थित पञ्जाब इन्सटिच्युट अफ…

काठमाडौं । बुधबार साँझदेखि पश्चिमी भू–भागबाट न्यून चापीय प्रणाली नेपालमा प्रवेश गरेका मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रणालीका कारण…

एकमहिने सुत्केरी ललिताका पति गोपीकुमारले रकम जोहो गर्न आफ्नो गाउँ र सदरमुकाममा भिख माग्न थालेका छन् ।

मेष- मित्रजन भेटघाट हुनेछ । धनको कारोबार बढ्नेछ । वृष- शंकाले बाधा गर्नेछ । रमाइलोमा दिन बित्नेछ मिथुन- अनावस्यक धन…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

काठमाडाैं । ‘समानताको पुस्ताः बलात्कार विरुद्ध ऐक्यवद्धता’ भन्ने मूल नाराका साथ गत २५ नोभेम्बरबाट शुरू भएको “लैङ्गिक हिंसा विरुद्धको १६…