कुखुरा व्यवसाय बन्द हुने अवस्थामा

काठमाडाैं । कुखुरा पालक किसानहरुले उत्पादन गरेको कुखुराले बजारमा राम्रो मूल्य नपाउँदा व्यवसाय बन्द गर्नुपर्ने अवस्थामा पुगेको बताएका छन् ।

नेपाल कुखुरा पालक किसान संघ र नेपाल कुखुरा बजार ब्यवस्थापन संघले सोमबार ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा किसानहरुले बजारमा मूल्य नपाउँदा व्यवसाय नै बन्द गर्नुपर्ने अवस्थामा पुगेको बताएका हुन् ।

नेपाल कुखुरा पालक किसान संघका अध्यक्ष झनक पौडेलले सरकारले बेवास्ता गरेका कारण कुखुराको चल्ला र दानाको भाउ बढेको र तयारी कुखुराको भाउ घटेको गुनासो गर्नुभयो । उहाँले कुखुराको दानामा कृत्रिम मूल्यवृद्धि हुँदा किसानको लागत बढेको उल्लेख गर्दै सरकारले किसानका समस्यालाई सम्बोधन गर्न नसकेको गुनासो गर्नुभयो । उहाँले तयारी कुखुराको मूल्य निर्धारण वैज्ञानिक विधिबाट हुनुपर्ने मागसमेत गर्नुभयो ।

अध्यक्ष पौडेलले किसानले लागत मूल्यको आधारमा निश्चित नाफा पाउनुपर्ने मागसमेत गर्नुभयो । कार्यक्रममा किसानहरुले बजारका व्यापारी र दाना उद्योगीहरुको बदमासिका कारण आफूहरु चेपुवामा परेको बताएका छन् । त्यस्तै किसानले उत्पादन गरेको कुखुराको मूल्य आफैले तोक्न पाउनुपर्ने मागसमेत उनीहरुको छ ।

कुखुरा पालक किसानहरुले कुखुराको दाना, चल्ला र औषधीको मूल्य बढेको, गुणस्तरहिन दाना उत्पादन हुने, सप्लार्यसले प्रयोग गर्ने ढककाँटा ठिक नहुने, किसानको बजारसम्म पहुँच नहुनु तथा लगानीको अभाव हुनु र मूल्य निर्धारण एवं अनुगमन प्रकृया वैज्ञानिक नभएको लगायतका समस्या रहेको बताएका छन् । त्यसको समाधानका लागि सरकार गम्भीर हुनुपर्ने किसानहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

ज्यान बचाउन ती युवा भेरीमा हाम फालेको सोती गाउँका गाउलेको भनाइ छ ।

संक्रमितहरु गत बैशाख ३१ गते भारतबाट नेपाल आएर क्वारेन्टाइनमा बसेका थिए ।

अर्घाखाँचीका ३५ वर्षीय पुरुषको भारतबाट आउने क्रममा बाटोमै मृत्यु भएको हो ।

सेनाले भारतीय सञ्चारमाध्यमा आएका समाचारलाई ‘प्रोपगान्डा’ भन्दै सचेत रहन पनि विज्ञप्तिमार्फत सबैसँग आग्रह गरेको छ ।

शुक्रबार थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

गर्भवती महिलालाई समयमा स्वास्थ्य केन्द्र लैजानका लागि सवारी साधनको अभाव भएपछि उनीहरुको ज्यान गएको शाखाको भनाइ छ ।