एक नजरमै मन परेको प्रेमी

उ कहाँ जाने हो ? को हो ? कता बस्छ केही पनि थाहा थिएन। म कलेज त आईपुगेँ तर मन ध्यान भने उतैतिर थियाे । त्यो दिन कलेज ढिला पुगेकाले सबै साथीहरुले सोध्न लागे आज किन ढिला ? कसलाई भेटेर आईस् ? यति बिहानबिहानै भन्न लागे तर मैले साँचो कुरा भनिन । भनिहाल्नु उचित लागेन मलाई र भने बस कुर्दाकुदै ढिला भयो ।

सानै उमेरदेखि गाउँमा बुबा आमा दिदी र दादासँग बस्दै आएकी म कक्षा १२ पढिसेकेपछि मात्र काठमाडौं टेक्ने माैका पाएको थिएँ । घरबाट कहिल्यै कतै एक्लै हिड्न नसक्ने म पहिलो पटक काठमाडौंको ठूलो शहर देखेर अलमल्ल भएँ । ठूलाठूला घर, बाटामा हतारिँदै हिँडिरहेका ती असंख्य मानिसहरु म त्यतिकै पनि आत्तिए झै हुन थालेँ । आमाबुबाको माया र साथमा हुर्किएँ जस्तो सजिलो एक्लै यो ठूलो शहरमा बस्न नहुने रैछ ।

बिहानको कलेज, लगभग ३० मिनेट लाग्थ्यो कोठाबाट कलेज पुग्न । भनेको समयमा बस नपाउने समस्या मेरो दैनिकको समस्या हुन्थ्यो । कति दिन त बस कुर्दाकुर्दै कलेज जान ढिलो भएर कोठा मै फर्कन्थेँ । चाबहिलको बसाइ नक्सालको मेरो कलेज र गोपिकृष्ण अगाडि सधैँ बस कुर्नुपर्ने, यसैगरी बित्थ्यो मेरो दैनिकी ।

एकदिन ५ः३० कोठामै बजिसकेको थियो । ६ बजे कलेज पुग्न गाह्रो भइसकेको थियो । हतारहतार कोठाबाट निस्किएँ। फेरि बस कुर्नुपर्ने समस्या सम्झदै हतारिँदै गोपिकृष्ण अगाडि पुगेँ तर संयोगबस त्यो दिन बस चाँडै पाएँ । अत्तालिँदै बसमा चढेँ ।

सायद त्यो दिनले मलाई नै कुरिरहेको थियो जस्तो लाग्छ अहिले । उ र मसँगै चढेको जस्तो लाग्छ । बसमा चढेको केही समयपछि मात्र मैले सिट पाएँ र उसले पनि म बसेकै ठाउँमा सिट पायो । झलक्क हेर्दा त त्यति राम्रो हाेइन । तर खाेइ किन हो उ मलाई एक नजरमै मन परिसकेको थियो । पातलो त्यति धेरै अग्लो पनि हाेइन । झट्ट हेर्दा एकदम माया लाग्दो लुरे थियो । यस्तै बैशाख जेठकाे कुरा हो । धेरै चिसो थिएन । भित्रबाट सेतो टि सर्ट र पातलो खालको ज्याकेट, कालो रंगकाे पाइन्ट, स्पोर्ट जुत्ता र कालै कलरकाे टोपी । उसको आखाँमा के हेरेको मात्रै थिएँ म त उसलाई नै हेरेको हेरै पो भएछु । उल्टै उसैले मुन्टो निहुर्यायाे । म झसङ्ग भएँ ।

केहिबेरमा मेरो कलेज आईपुग्यो र म त्यहिँ झरेँ । उ कहाँ जाने हो ? को हो ? कता बस्छ केही पनि थाहा थिएन। म कलेज त आईपुगेँ तर मन ध्यान भने उतैतिर थियाे । त्यो दिन कलेज ढिला पुगेकाले सबै साथीहरुले सोध्न लागे आज किन ढिला ? कसलाई भेटेर आईस् ? यति बिहानबिहानै भन्न लागे तर मैले साँचो कुरा भनिन । भनिहाल्नु उचित लागेन मलाई र भने बस कुर्दाकुदै ढिला भयो ।

साथीहरु कलेजमा होस् या क्यान्टिनमा होस् हरेक ठाउँमा प्रेमीबारेका कुराहरु सुन्दा आफूले आफूलाई टुहुरो बालक जस्तो ठान्थेँ । हुन त उमेर पनि मेरो धेरै भएको थिएन । तर पनि म चाहन्थेँ कि मेरो पनि एउटा असल प्रेमि होस् । उसले मलाई धेरै माया र ख्याल गरोस् तर भावना र जिन्दगीसँग कहिल्यै नखेलोस् । त्यो समयमा कम्तिमा पनि साथी सर्कलमा बोल्ने विषयका लागि एउटा असल प्रेमीको आवश्यक थियो । उसो त मलाई बुबाआमाको मायाको कमी थिएन् तर बुबाआमाबाट पाएको मायाको र प्रेमीबाट पाउने मायामा केही न केही त पक्कै फरक छ । नत्र किन सबै पुगिसरी हुदाँ पनि मनमा एक्लोपनको आभास भइरहन्छ मलाई ।

कलेजबाट छुट्टी भएपछि म कोठा आएर बेडमा पल्टिएँ । खाना बनाउन पनि मन लागेको थिएन। भोक पनि त्यति लागेको महसुस् नै भएन । किन हो किन मेरो मनले उसैलाई मात्र देख्न पाए हुन्थ्याे जस्तो भएको थियो । भोलि कतिबेला आउला जस्तो लाग्यो । मन नभई नभई खाना बनाएर खाएँ र रातिमा पनि त्यही खानालाई फ्राई गरेर खाएँ अनि निद्रा नलागे पनि सुत्ने प्रयास गरेँ । यतिकैमा कलेज जाने समय भयो । हतार हतार म ड्रेस लगाएर सदा झैँ बस कुरिरहेको थिएँ ।

केहिबेर पछि मैले उसलाई देखेँ र मनमा आनन्दको महसुस् गरेँ । आज त जे पर्ला पर्ला उसको नाम सोध्छु भन्ने लागेको थियो । बस आयो उ पनि चढ्यो र म पनि चढेँ । बसमा अरु सबै सिटहरुमा मान्छे बसिसकेका थिए । अन्तिमको सिटमात्र खालि थियो । सायद त्यो सिटले हामीलाई नै पर्खिरहेको जस्तो लाग्यो । एउटै सिटमा त बस्यौँ तर अझै उसको नाम सोध्न सकेको थिइन । उसको नजिकैमा मैले आफ्नो फेसबुक खोलेँ ताकि उसले मेरो नाम थाहा पाओस् र मलाई फ्रेण्ड रिक्वेस्ट पठाओस् । त्यतिकैमा कजेल आईपुग्यो र म झरेँ । एकसाता भइसकेको थियो अझै पनि रिक्वेस्ट आएको थिएन । दिनमा १० पटक फेसबुक हेर्थेँ । एकदिन फेसबुक चलाउँदै थिएँ । रिक्वेस्ट आएको रहेछ । उसको त आश नै मरिसकेको थियो रिक्वेस्ट पठाउला भन्ने तर पनि कस्को रहेछ भनेर हेरेँ । एकछिन त म हेरेको हेरै भए । त्यो रिक्वेस्ट अरु कसैको नभएर उसैको थियो जसको रिक्वेस्टको प्रतिक्षामा म तड्पिरहेकी थिएँ । एकछिन त नाँचे उफ्रिएँ, आफैमा एकदम खुशी भएँ र उसलाई साथी बनाइहाले । उसको नाम थियो अतित ।

हामी साथी त भयौँ तर बोल्ने आँट भने दुवैमा थिएन । उसले बोलाउँ छ कि भनेर उसको हाईको प्रतिक्षामा कतिदिन बिताएँ मैले। एकदिन जे पर्लापर्ला भनेर हाई के छ खबर भनेर सोधेँ । उताबाट उसले हेल्लो ठिक छ, तिम्रो के छ भनेर सोध्यो। मैले हातार हतार ठिक छ भनेँ । बिस्तारै हाम्रो कुरा चलिरह्यो । यसै क्रममा हामीले भेट्ने निधो गर्यौ । मेरो कोठा नजिककै स्तुपा थियो र अर्कोदिन त्यही भेट्ने भयौं। म भोलिको प्रतिक्षामा  बसेकाे थिएँ । उसलाई मात्र सोचिरहेकी म केही घण्टापछि त हामीसँगै बसेर आफ्ना कुराहरु सँगै बदाम र मकै खादै एकआर्काको दुःख सुखका गफहरु साटासाट गर्यौँ ।

हामी एकअर्कालाई मन पराउन थालिसकेका थियौँ । उसले अहिले १२ कक्षा पढिसकेर केही सानोतिनो जागीर गर्दै रहेछ । उ पनि एक्लै बस्दै आएको बतायो । हाम्रो उमेर सानै भएपनि हामी हरेक कुरामा बुझ्ने मान्छेको जस्तो कुराहरु गर्थ्याै । उ भन्दा म अलि चञ्चले स्वभावको थिएँ । लाग्यो कि म रिसाउँदा उसले मलाई मायाले फकाओस् । म जस्तै चञ्चले होस् । तर उ त्यस्तो थिएन । कहिलेकहीँ त लाग्यो कस्तो फकाउन पनि नजान्ने केटासँग लब गरेछु । म पिन्चे स्वरमा बाेल्थेँ । के गर्नु पहिलो प्रेमि हो अनुभव भएन, अलि अनुभविसँग लब गर्ने हो त ? म सहयोग गरू भनेर उल्टै मलाई उल्लु बनाउँथ्यो ।

यस्तै सानासाना कुरामा रमाउने र जिस्किने हाम्रो बानी भइसकेको थियो । मलाई कहिल्यै पनि लागेन कि हामी एकआर्काबाट दुष्मन भएर छुट्टिनुपर्छ । हाम्रो प्रेम सम्बन्ध समुद्र गहिराइभन्दा कमको लाग्दैन थियो मलाई । तर मलाई कहिल्यै पनि लागेन प्रेम विवाहमा परिणत हुनुपर्छ । वर्तमानमा रमाउने हो । दुई दिनको जिन्दगी हो हासेर जिउनुपर्छ । भन्छन् भविष्य कसले देखेको छ र ? आजसम्म उसैको साथ र मायामा छु अनि धेरै खुशी पनि ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

गोपाल पाठक/विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (साेमबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार…

काठमाडौं । सत्तरुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाले मंसिर २९ गते स्थायी कमिटी बैठक बोलाएको छ । सोमबार बसेको सचिवालय…

न्यूजिल्यान्ड । उत्तरपूर्वी भेगको ह्वकारी भनिने ह्वाईट आईल्यान्ड नामक टापुमा ज्वालामुखी विस्फोट हुँदा कम्तीमा पाँचको मृत्यु भएको छ । विस्फोटमा…

हामीले हाम्रा केटाकेटीलाई हिन्दीमै बानी पारिसेका छौं । सानो बच्चाले घरमा कार्टुन हेर्दै हिन्दी सिक्छ भने उता विद्यालयमा अंग्रजी ।

बिहान १० बजे शुरु भएको विद्यार्थी आन्दोलन नियन्त्रणमा नआएपछि अपरान्ह ३ बजेदेखि कोहलपुर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिएको जिल्ला…